मुग्लानी खबर
५ अगस्त २०17-सनिबार
सन्ध्या ग्रुप कतार अन्तर्गत रहेको मुग्लानी सौगातको नियमित वाचन श्रृङखलाका क्रममा गत बिहिबार बेलुका ५२औ वाचन श्रृङखला आफ्नै सभा हल अलखोरमा सम्पन्न गरेको छ।
सन्ध्या ग्रुप कतारका अध्यक्ष बिरेन्द्र कुमार याक्थुङ्बाको साभापतित्वमा सुरुवात भएको कार्यक्रमका प्रमुख अतिथी अन्तरास्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टरका उपाध्यक्ष प्रेम प्रसाद भट्टराई थिए भने बिशेष अतिथीहरुमा मुग्लानी सौगातका संरक्षक थर्च लामा, टेकेन्डोका रास्ट्रीय खेलाडी रोशन तामाङ,समाजसेबी नगेन्द्र कुमार बिस्वकर्मा रहेका थिए , अतिथि हरुमा जगत भाट क्षेत्री,क्यामरामेन रोशन बुढाथोकी लगायत साहित्यिक अनुरागी सर्जकहरुको उपस्थिति थियो। संस्थाका महासचिव सन्तोष केसी द्वारा संचालित यो कार्यक्रम रास्ट्रीय गीत गाएर सुचारु गरिएको थियो भने स्वागत मन्तब्य सदस्य सन्जिब खातीले राखेका थिए । आफ्ना मन्तब्य भावना गजल र मुक्तक राख्नेहरुमा राज रुजाल, राज कुमार परियार,प्रकाश बोहोरा,नगेन्द्र कुमार बिस्वकर्मा,गणेश क्षेत्री,लगाएतका ब्यक्तित्वहरु हुनुहुन्थ्यो।मुग्लानी सौगातलाई सम्झेर अन्य विभिन्न देशबाट पनि गजलहरु प्राप्त भएका थिए । गजल पठाउने हरुमा पारु बस्नेत दुबई , मनु शर्माले स्वर्गीय छोरा प्रभात सुबेदीमा समर्पित गजल पोखरा नेपाल, सेखर गाैतम कमल गाउँपालीका झापा हाल कतार बाट र मुग्लानी सौगातका बजार ब्यबस्थापक सिनेमा राजेस रेगीस्थान साउदी अरेबियाबाट पठाएका कोशेलीहरु गणेश क्षेत्रीले वाचन गरेका थिए र अमन रेग्मीले सुरिलो स्वरमा गीत गाएर माहोल तताएका थिए।
कार्यक्रममा बोल्दै रोशन तामाङले आफ्ना खेल खेल्दाका अनुभवलाई व्यक्त गर्दै कहिले हरेस खान नहुने जहिले पनि सिखर चुम्ने साहास आट र बिस्वास गरे सिखर चुम्न नसकेपनी आधा सम्म पुग्न सकिने सुझाव दिनुभएको थियो।त्यसैगरी बिशेष अतिथि थर्च लामाले कार्यक्रममा बोल्दै मुग्लानी सौगातका सस्थापक र साहित्यिक मित्रहरुलाई स्मरण गर्नुभएको थियो भने कुनै पनि साहित्यिक सब्द फुर्दै गर्दा मोबाईलमा नभई कपि टिप्नुपर्छ भन्ने सुझाव दिनुभएको थियो।उहाले आफु सास्कृतिक बिधाको मात्र सुभेछुक नभई साहित्यमा पनि उत्तिकै चासो भएको हुँदा आफ्नै शृजनामा "चाडै घर फर्की आउ है साइला" भन्ने गजल पनि बाचन गर्नुभएको थियो। कार्यक्रमका प्रमुख अतिथी प्रेम प्रसाद भट्टराईले बोल्दै यो मुग्लानी सैगातको ५१औं वाचन शृङ्खलामा नेपाल जानू पर्ने भएकोले छुटेकोमा दुख ब्यक्त गर्नुभएको थियो भने आफू कतार रहेसम्म सम्पुर्ण वाचन श्रृङखलामा आफू जसरी पनि उपस्थिती हुने प्रतिबद्धता जाहेर गर्दै अन्तरास्ट्रिय नेपाली साहित्य समाज अहिले बिस्वका ९० ओटा देशमा रहेको र यहाँसम्म आईपुग्दा बिस्वमा नेपाली साहित्यको के कस्तो अबस्था छ ? के कति कार्य प्रगती भयो ? कुन कालमा छ? भन्ने इतिहासको समस्टिगत किताब एक प्रती मुग्लानी सौगातलाई हस्तान्तरण गर्नुभएको थियो।
उहाले "पिरतिमा बाध फुट्यो आँसु झर्यो तप्प तप्प" र "यस्तै छ हजुर प्रदेशी जीवन" भन्ने गीतलाई आफ्नै मुखार्बिन्दबाट सुरिलो स्वरमा सुनाउनुभएको थियो। अनलाईन मिडिया मुग्लानी खबर लाई निरन्तरताको लागि सुभकामना दिदै प्रमुख अतिथीको आसन ग्रहन गर्ने अवसर दिनुभएकोमा धन्यबाद प्रकट गर्नुभएको थियो। कार्यक्रम को अन्त्यमा निमन्त्रणालाई स्वीकारेर आउनुहुने सम्पुर्णलाई धन्यबाद दिदै सभापति बिरेन्द्र कुमार याक्थुम्वाले गित सङ्गीत साहित्यक माहोलमा भिजिसके पछी एक्लोपन महसुस नहुने परिवारबाट टाढा रहदाको पीडा बिसाउने थलो मात्र नभई प्रबासमा रहेर पनि नेपाली भाषा साहित्यको संरक्षण सम्बर्द्धन गर्न सकिने बताउनुभयो।जहाँ पुग्दैन्न रबि त्यहा पुग्छन कवि भन्दै साहित्यकारमा त्यस्तो सामर्थ्य रहने अवगत गराउदै कुनै पनि साहित्यकारले सस्तो लोकप्रियताको लागि रचनाहरु फेसबुक वालमा राख्न नहुने धारणा राखी कार्यक्रम समाप्त भएको घोषणा गर्नुभएको थियो।