गोकर्णेश्वर नगरपालिका काठमाण्डौका मेयर सन्तोष चालिसेले विश्व कोरोना महामारीले गोकर्णेश्वर नगरपालिका भित्र भएको हलचलबाट बिचलित नभई संयमित रहन आग्रह गरेका छन।
मेयर सन्तोस चालिसेले विश्व कोरोना माहामारीको संक्रमण उपत्यकामा अत्यधिक रुपमा वृद्धि हुन थालेपछी उपत्यकाका अठार वटा नगरपालिकाले शसक्त रुपमा निषेधाज्ञा जारी गरि अगाडी बढिरहेको छ भने १० गते सम्म तोकिएको निषेधाज्ञालाई बढाएर भदौ १५ गते सम्म गरिने निर्णय भएको छ।अत्यावश्यक काम बाहेक कुनै प्रयोजनका लागि बाहिर हिडडुल गर्न नदिईएको अबस्था छ भने जस्ले बिभिन्न,अफिसहरु, ब्यापार, ब्यबसायी ,बस व्यावसायिहरु, ज्याला मजदुरी गरेर खानेहरु,साना व्यापार गरेर छाक टार्ने नेपालीहरुको अबस्था अत्यन्तै धरायसी भैइरहेको अबस्थालाई नगरपालिकाले समेत महसुस गरेको छ तर बिचलित नभई संयमित हुनु पर्ने बताएका छन।
त्यसैगरी मेयर चालिसेले गोकर्णेश्वर नगरपालिकाको मेरुदण्डको रुपमा रहेको पर्यटकीय क्षेत्र समेत पुर्ण रुपमा ध्वस्त भएको अवस्था छ।कोरोना भाईरसले देशैभरी तिब्र रुपमा वृद्धि हुँदै जादा करिब ४२/४३ जना ब्यक्तिहरु कोरोना पोजिटिभ देखिएको हुँदा उहाँहरुको कन्ट्याक्ट् ट्रेसिङ गर्न सयौ मान्छेहरुलाई स्वाब संकलन गरि परिक्षणलाई तिब्र पारिएको बताएका छन।आज मात्र सयौ भन्दा बढि ब्यक्तिहरुको शंकरापुर अस्पतालमा स्वाब संकलन गरि परिक्षणका क्रममा रहेको र धेरैजसो ब्यक्तिहरुको स्वाब लिने काम धमाधम भैईरहेको बताएका छन भने जतिजना कन्ट्याक्ट ट्रेसिङमा आउछन उनिहरुको स्वाब रिजल्टको आधारमा निकट भबिस्यमा मार्ग दर्शन कायम गरिने मेयर चालिसेले मुग्लानी खबर लाई बताएका छन। आफू पनि बाचौ अरुलाई नि बचाउ भन्ने भावनाका साथ गोकर्णेश्वर नगरपालिकाले ११ जनाको एक विशेष टोलि गठन गरिएको छ।जस्मा नेपाल प्रहरी,नेपाल आर्मी ,डक्टर लगाएतका ब्यक्तित्वहरुको सहभागितामा गठन गरिएको छ भने उहाहरुकै सुझाव सल्लाह बमोजिम चेकिङ ,कन्ट्याक्ट् ट्रेसिङ, बिरामी भर्ना लगाएत कोरोना पोजिटिभ बिरामीलाई उपचार/ हेरचाहको लागि पुर्याउने गरिएको छ।
प्रत्येक आईतबार नगरपालिकाले कोरोना शङ्का लागेका तथा अन्य ब्यक्तिहरुको स्वाब परिक्षण गोकर्ण अस्पतालमा गरिदै छ।बिचमा कन्ट्याक्ट् ट्रेसिङ परिवार मेडिकल कलेजमा कोरोना पोजिटिभ लाई राख्ने १०० बेड को निर्माण भएको छ भने अहिले २० जना कोरोना संक्रमित त्यहा रहेका छन ।
आज नगरपालिका अन्तर्गतका दुई जना थपिएका छन। ४० बेडको आइसोलेसन कक्ष तयार पारिएको छ वडा न ४ अन्तर्गत उच्चस्तरीय सहिद पार्क सामुदायिक भवन मा तयार पारिएको छ।घरमा कमाई धन्दा बन्द भएका ब्यबसाय बन्द भएका सम्पुर्ण ब्यक्तिहरु नेपाली दाजुभाई तथा दिदिबहिनिहरु यो विषम परिस्थितिमा धैर्य तथा संयम रहन अनुरोध गर्दै कुनै पनि समस्या परे गोकर्णेश्वर नगरपालिकामा सम्पर्क गर्न समेत मेयर सन्तोष चालिसेले अनुरोध गरेका छ्न।