नेपाली काङ्ग्रेस जस्तो पार्टीको विधि र बिधानलाई आत्मसाथ गर्दै हरकदम अग्रसर रहने ठूलो पार्टी भएता पनि रसुवा जिल्लामा भने नेपाली काङ्ग्रेस केन्द्रिय समायोजन समितीले बिधानको ब्यवास्ता गरि अबैधानिक रुपमा निर्णय गरेको पाईएको छ।
नेपाली काङ्ग्रेस पार्टी भित्र स्थानिय स्तर देखि केन्द्रिय स्तर सम्म आफ्नै विभिन्न क्षेत्राधिकार सहित आफ्नै बिधि, बिधान र नियमहरु रहेका छन ।तर नेपाली काङ्ग्रेस समायोजन समितिले यी सबै कुरालाई ब्यवास्ता गर्दै पहुच र पाओरका आधारमा बलमिच्याई गरि अग्रसर रहेको देखिएको छ।
नेपाली कांग्रेसको बिधानको धारा ४ उपधारा १०(ङ) ले अन्य पार्टीबाट प्रवेश भएका सदस्यहरूलाई दिने क्रियाशील र सो समितिमा हैसियत अनुसार दिने पद तथा ज़िम्मेवारी सम्बन्धित कार्य समितिको सिफारिसमा मात्र केन्द्रीय कार्य समितिले पद तथा ज़िम्मेवारी दिन सक्ने वैधानिक प्रावधान रहेता पनि रसुवा कांग्रेसमा केन्द्रको पत्रले महासमिति सदस्य २ , उपसभापति लगायत ज़िल्ला कार्य समितिमा १६ जनाको नाम नै किटान गरी पठाएको नेपाली कांग्रेस ज़िल्ला कार्य समितिले कहिले सिफ़ारिश नगरेको पाईएको छ। प्रदेश कार्य समितिको सभापतिमा मनोनयन गरी पठाएको सदस्यलाई सम्बन्धित प्रदेश कार्य समितिले कहिले सिफारिस नगरेको र यसै गरी गोसाईंकुण्ड गाउँपालिका सभापति र आमाछोदिंमो गाउँपालिकाको सभापतिमा सोही समितिले प्रस्ताव गर्नु पर्ने वैधानिक प्रावधान अनुसार प्रस्ताव नगरेको देखिएको छ।त्यसैगरी वडा सभापतिहरुमा ११ जना नियुक्ति गरी पठाएको पत्र नेपाली कांग्रेसको बिधान विपरीत रहेको छ।
नेपाली कांग्रेस जस्तो विधि र बिधानलाई स्थापित गर्नु पर्छ भन्ने पार्टीले आफनै पार्टी भित्रको वैधानिक बाटो मिचेर व्यक्तिगत पहुँच र स्वार्थको आधारमा व्यक्तिगत निर्णय गरेको भनी रसुवा कांग्रेसमा बिधीको शासन स्थापित गर्नु पर्छ भन्दै बहुसंख्यक नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरु आक्रोसित भएका छ्न। उक्त निर्णय केन्द्रीय समितिले नसच्याए आफुहरु थप वैधानिक बाटोको खोजी गर्नु पर्ने समेत नेपाली कांग्रेस रसुवाका नेता तथा कार्यकर्ताको स्पष्ट धारणा रहेक़ो छ ।
नेपाली काङ्ग्रेस पार्टी रसुवाका बारेमा हामिले जानकारी पाए पश्चात् नेपाली काङ्ग्रेसका प्रभावशाली नेता तथा बागमती प्रदेश,रसुवाका माननीय सांसद प्रभात तामाङलाई सोधेका थियौ।सांसद तामाङका अनुसार पार्टीको बिधान बिपरित केही गतिविधिहरु पाईएको साचो हो तर यस्लाई सुल्झाउन केही दिन देखि आफू समेत विभिन्न माध्यामबाट लागि परेको र छिट्टै बिधान बमोजिम अगाडी बढ्नेमा बिस्वस्त रहेको बताएका छन।
यदि नेतृत्व तहबाट यो गलत निर्णयलाई सच्याई पार्टीको विधि र बिधानको मुलधारमा रहि अगाडि नबढ्ने र नबढाउने हो भने निकट भबिस्यमा " न बज्यो बासुरी न रह्यो बाँस" भने जस्तै नेपाली काङ्ग्रेस भित्र ठूलो बिखन्डन तथा तहसनहस भई पार्टी नै समाप्त नहोला भन्न सकिन्न।जस्ले गर्दा यस्ता गल्ती कमजोरीलाई यथासिघ्र सुल्झाउन नेतृत्व तहबाट कदम चाल्नुपर्ने देखिएको छ।