राष्ट्रकबि माधवप्रसाद घिमिरेले लेखेको आफ्नै मृत्यु गीत सार्बजनिक भएको छ।
उक्त गीत माधव घिमीरेले करिब ६० बर्ष अघि लेखेका भएपनि उनको इच्छा अनुसार सार्बजनिक नगरिएको बताएको छ। नेपाली साहित्यका धरोहर राष्ट्रकबि स्वर्गीय माधव घिमेरेको २०७७ साल भदौ २ गते १०१ बर्षको उमेरमा स्वर्गारोहण भएको छ। नेपाली साहित्यका चम्किला तारा माधव घिमेरेको निधनले नेपाली साहित्य र संगीत क्षेत्रमा मात्र नभई सिंगो राष्ट्रलाई ठुलो क्षति भएको छ । उनले लेखेको मृत्यु गीत यस प्रकार छ।
माधव घिमिरेको ‘मृत्यु गीत’
त्यसरी होस् मरण
जसरी सुत्छन् तारमा, गीतका चारु चरण
हिमालचुली देशमा, दिनको शान्त भेषमा
जसरी गर्छन् विश्राम, सूर्यका स्वर्ण किरण
त्यसरी होस् मरण ।।
….
सुन्दर सृष्टि निहारी, सुखैले चिम्लुँ नयन
बिहानीपख रातको, कुसुम पारिजातको
जसरी जान्छ झरेर, भुइँमा बिनापवन
त्यसरी होस् मरण ।।
…
मुटुमा चोट नपरी, टुटेर जाओस् बन्धन
बादलको सेतो रासमा, दुईवटा मूर्ति पासमा
जसरी शिर नुहाई, आफैँमा हुन्छन् अर्पण
त्यसरी होस् मरण ।।
…
अमरापुरी सभामा, आफैँलाई गरूँ वरण
त्यसरी होस् मरण ।।