कुशेऔशीलाई बिशेष गरि बुवाको मुख हेर्ने दिन भनेर बुझ्ने गरिन्छ।
जुनसुकै धर्म वा सम्प्रदाय, बर्ग क्षेत्रको भए पनि सन्तानको भबिस्यको लागि एक बुवाको अहम भुमिका रहन्छ।प्रत्येक सन्तानको भबिस्य निर्माणको लागि एक बुवाको त्याग तपस्या शब्दमा उल्लेख गर्न सकिन्न।बुवा एक अविभाबक मात्र होईनन जिउदो भगवान पनि हुन ।बुवा हुने सन्तानहरुले भौतिक रुपमा उपस्थित भैई तिनै जिउदो भगवान तथा बाबाको मुख हेर्ने, मिठा परिकार खुवाउने,कपडा फुलहरु उपहार दिएर आजको दिन मनाईन्छ।
आजको दिन बुवा हुने हरुले बिहानै उठि स्नान गरि मिठो खाना,नयाँ कपडा दिई श्रद्धा पुर्बक सम्मान गरिन्छ पुजाआजा गरि रमाईलो गरिन्छ। बुवा नहुनेले भने बुवाको फोटोमा फुलमाला तथा माल्यार्पण गरि श्रद्धाञ्जली दिदै सम्झिने गरिन्छ ।
हरेक धर्ममा आ- आफ्नै चलन छ तर चलन जे सुकै भएपनी बुवाप्रतिको आदर सम्मान स्रद्धा सामिप्यताको गुणगान हरेक आयामबाट नियाल्ने हो भने अटुट रहन्छ।प्रत्येक सन्तान एक अशल बुवाका लागि मन मुटु,हो उस्को भबिस्यको लागि उस्ले आफ्ना हरेक सपनाहरुलाई मारेको हुन्छ।जित्न चाहेर पनि हारेको हुन्छ।उस्को त्याग तपस्या र बलिदानको मापन गर्न सकिँदैन।
एउटा बुवाले एउटा सन्तानका लागि जस्तोसुकै कठिनाइलाई पनि छिचोल्न सक्छ उस्ले आफुलाई बिर्सिन सक्छ आफ्नो सारा खुशी र भबिस्य सन्तानमा देख्न थाल्दछ।सन्तानको खुसीका खातिर एक बुवाले के गर्दैन? यति मात्र होईन सन्तानको भबिस्य कोर्दा कोर्दै दिन रात होईन सारा जिन्दगी खर्चिन सक्ने महान ब्यक्ति बुवा हुन।
एउटा बुवा प्रती यस्तो झिनो आशा हुन्छ सन्तानले ठूलो बनोस सबैको पृय अनि समाजको उत्प्रेरक बनोस।ठूलो घर बनाओस ,सान मान रहोस धनवान् बलवान् पराक्रमी बनोस बुढेसकालमा जसरी सानो रहदा बुवाको हात समाई तातेताते बनाई हिडाल्ने ती हातका महान औला समाई बुढेसकालमा त्यही सन्तान सहारा बनोस सुख शान्ती समृद्धि देओस आफु मरेर गएपनी पुर्खाको नाम साकार गरोस।सम्पुर्ण बुवाप्रती सम्मान प्रकट गर्दछौ सबैलाई कुशे औशीको शुभकामना ब्यक्त गर्दछौ।