मुग्लानी खबर
चन्द्र ल्हेंगे तमु २३ जुलाई २०१७ दोहा कतार
बिगत लामो समय देखि कतारलाई आफ्नो कर्मभुमि बनाई रहनु भएका संघको बर्तमान अध्यक्ष श्री लिल कुमार टु क्ल्हेप्री तमु ज्युलाई २१ जुलाई २०१७ शुक्रबारको दिन दोहा स्थित न्यु स्टार फास्ट फुड रेस्टुरेन्टको सभा हलमा दित्तीय उपाध्यक्ष श्री सन्त च्हम्रु तमुको अध्यक्षतामा संघको आकस्मिक बैठक बसि अध्यक्ष लिल कुमार टु क्ल्हेप्री तमु लाई संस्थागत बिधिबत रुपमा उपस्थित संरक्षक युद्द जङ पह्च्यु तमु, प्रमुख सल्लाहकार अमर ल्हेंगे तमु, क्ल्हेप्री चिबा नवीन टु क्ल्हेप्री तमु तथा संघका बिभागिय प्रमुख, उपासाखा प्रमुखहरु बाट आ-आफ्नो सफल यात्राको शुभकामना मन्तव्य संगै स-सम्मानको साथ सम्मान बिदाई सु सप्पन्न गरियो ।
सम्मान बिदाईमा क्ल्हेप्री चिबा नवीन टु क्ल्हेप्री तमु बाट सुभ आशिष र शुभ यात्रको टीका लगाई दिनु भएको अध्यक्ष लिल कुमार टु क्ल्हेप्री तमु लाई संरक्षक युद्दजङ पह्च्यु तमुले र प्रमुख सल्लाहकार अमर ल्हेगें तमु बाट तमु परम्परा अनुसार क्रेगी (फेटा) लगाई दिनु भएको थियो भने संघमा सदस्यता प्राप्त गरे देखि नै मन वचन र कर्मले आर्थिक भौतिक नैतिकले साथ र सहयोग गर्दै आफ्नो कार्य कुसलताले संघको गन्तव्य यात्रामा तदरुप्ताको साथ संघलाई दिनु भएको अतुलनीय योगदानको उच्च कदर गर्दै बरिस्ठ उपाध्यक्ष सान पह्च्यु तमु र दृतिया उपाध्यक्ष सन्त च्हम्रु तमुहरुको संयुक हस्तबहाली बाट कदर पत्र हस्तान्तरण गर्नु भइ सम्मान गर्नु भएको थियो ।
सफल यात्राको कामना साथ मन्तब्य राख्नु हुने वक्ताहरु मा दोहा सनया उपसाखा प्रमुख राम ब. ल्हेगे तमु, उम्सलाल-अलखोर उपासाखाका प्रमुख यम त्होर्जे तमु, संस्थापक महिला संयोजक एबं बर्तमन सल्लाहकार अनिता क्रोम्छे तमुस्यो, सांस्कृतिक संयोजक संग्राम पह्च्यु तमु, खेल्कुद सह-संयोजक आउता पह्च्यु तमु, महिला संयोजक सबिता ल्हेगे तमुस्यो, प्रचार प्रसार सह-संयोजक ईसा पह्च्यु तमुस्यो, का.आ.से.स, का प्रमुख सल्लाहकार एवं संघको सल्लाहकार आश ब योज्मे तमु, मंगोल नेशनल ओर्गाइनेसन प्रबास कतार सभाका अध्यक्ष संजय लिम्बु हुनुहुन्थ्यो । उल्लेखित सम्पुर्ण बक्तहरुले आ-आफ्नो बिभागको प्रतिनिधित्व गर्नु हुँदै अध्यक्ष लिल कुमार टु क्ल्हेप्री तमुको योगदान र कार्यको खुलेर प्रशंसा गर्नु हुँदै एउटा होनहार नेतृत्वको अभाब खड्किएको संघले ब्यहोर्नु पर्दा दुख ब्यक्त गरे, उहाले बनाउनु भएको कार्ययोजना लाई नै आत्मसाथ गर्दै लैजाने प्रतिबद्धता जनाउदै उहाको नेपाल बसाईका दिनहरु र तमु प्ये ताँ ल्हु ताँ प्रतिको उहाको सक्रियता अझै अग्रसरता हुदै फैलिदै जाउन भनी शुभकामना र सफल यात्राको कामना ब्यक्त गर्नु भएको थियो । त्यसै गरि प्रमुख सल्लाहकार र संरक्षक बाट पनि क्रमशः आ-आफ्नो धारण राखी शुभकामना ब्यक्त गर्दै सफल यात्राको कामना गर्नु भएको थियो भने सम्मान र बिदाई ग्रहण गर्नु हुने बर्तमान अध्यक्ष लिल कुमार टु क्ल्हेप्री तमु भावुक हुँदै मेरो आफ्नो ब्यक्तिगत परिस्थिति एबं अस्वस्थाको कारणले आज हजुरहरु र संस्थालाई यसरी बिचमा छोडेर जानू पर्दा र आफुले आफ्नो कार्यकाल पनि पूरा गर्न नसकेकोमा दुख ब्यक्त गर्दै, संस्थाको कार्यप्रती हर तरहमा साथ दिनु हुने सम्पुर्ण लाई धन्यवाद आभर प्रकट गर्दै यस दौरनमा भुल गल्ति भएमा माफ माग्दै संघको सदा भलो रहोस दोहामा छरिएर रहेका सम्पुर्ण तमु तमुस्योहरुलाई एक सुत्रीय मालामा पहिराई आफ्नो मौलिक भाषा, पहिचान र तमु प्ये ता ल्हु ता को जगेर्ना सम्बन्धी जागरण अभियानमा लागि संख्यात्मक भन्दा गुणात्मक रुपमा आगमी दिनहरुमा सफल रहोस भनी सुझाव दिनु हुदै शुभकामना ब्यक्त गर्नु भयो ।र आफ्नो पदिया दायित्वको सम्पुर्ण कार्यभार र माइनट बुक बरिस्ठ उपाध्यक्ष सान प्ह्च्यु तमु लाई हस्तान्तरण गर्नु भयो ।
कार्यक्रमको संचलान सचिब चन्द्र ल्हेगें तमुले गर्नु भएको थियो ।
साथै आकस्मिक बैठकले सांस्कृतिक बिभागका संयोजक संग्राम पह्च्यु तमुको संयोजकत्वमा थप महिला कलाकारहरुको नेतृत्व गर्ने गरि दुई जना महिला सदस्यको रुपमा, सारा लेम तमुस्यो र सबिता लेम तमुस्यो नियुक्त गर्ने भनी निर्णय पारित गरियो । आउदै गरेको मुस्लिम धर्मलम्बीहरुको दोश्रो महान चार्ड ईद उल अधा को छुट्टिको अबसर पारी ईदको दोश्रो दिन तमु प्ये ल्हु संघ कतारको आयोजनामा "लम्जुङ जिल्ला बेसिशहर स्थित तमु सामुदायिक भवन तथा क्होइबो निर्माणाधिन सहयोगार्थ स्वरुप" नेपाली भाषाको गुरुङ्ग चलचित्र" भेडी गोठालो" प्रदर्शन गर्ने भनी चलचित्र प्रदर्शन समितिमा संयोजकमा संग्राम पह्च्यु तमु र ब्यबस्थापकमा रबिन्द्र प्ल्हेमे तमु र लालकाजी प्ल्हेमे तमु लाई सर्बसमिती बाट समिती गठन गरियो र यस सम्बन्धी सम्पुर्ण जानकारी उक्त समितिले उपलब्ध गराउने छ ।
अन्त्यमा आकस्मिक बैठक तथा सम्मान बिदाइको अध्यक्षता गर्नु हुने दृतिया उपाध्यक्ष सन्त च्हम्रु तमुले, कर्मभुमि कतारलाई बिट मारी जन्मभुमी नेपाल जान लाग्नु भएको अध्यक्ष ज्युको सफल यात्रा एबं सफल जिवनको उत्तोरत्तर प्रगतिको शुभकामना ब्यक्त गर्दै , उपस्थित सम्पूर्ण पदाधिकारी सदस्यज्युहरुलाई आफ्नो अमुल्य समय दिई उपस्थित भई आकस्मिक बैठक तथा अध्यक्ष ज्युको सम्मान र बिदाई कार्यक्रम सफल बनाइ दिनु भएकोमा हार्दिक धन्यबाद दिदै कार्यक्रम समापन गर्नु भयो ।
धन्यबाद !