बसन्तराज सुब्बा / भाद्र १ झापा आज झापाको कचनकबल गाउँपालिकामा जसपाको युवा संगठन अध्यक्ष देब राजवंशीको अध्यक्षता कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि पुर्ब समाजबादी पार्टीको प्रदेश न.०१ सदस्य शर्मिला आङ्देम्बे,विशिष्ट अतिथि पुर्ब राजपा हाल जसपा का राष्ट्रिय युवा संघका प्रदेश न.०१ अध्यक्ष रोशन लिम्बू त्यस्तै अतिथिमा
प्रदेश युवा संघका उपाध्यक्ष तेाया नाथ न्यौपाने,झापा जिल्ला युवा अध्यक्ष हेम राज श्रेष्ठ, जिल्ला युवा काेष्यध्यक्ष जीवन गिरी र जिल्ला,क्षेत्र नगर लगायतका स्थानीय नेताहरूको उपस्थित थिए ।
कचनकबल गा.पाका नव निर्वाचित अध्यक्ष देब राजबंशी , उपाध्यक्ष हंस राजबंशी,सचिब अर्जुन राजबंशी,सहसचिव रबिन राजबंशी कोषाध्यक्ष ममता राजबंशी सहित २१ सदस्य समिति गठन भएको छ ।
प्रमुख अतिथिले युवाहरुले राजनैतिक बुझ्नु जरुरी छ र राजनितीमा आउन पनि जरुरी रहेको पुर्ब समाजबादी पार्टीको प्रदेश न.०१ सदस्य शर्मिला आङ्देम्बे बताए ।
त्यस्तै विशिष्ट अतिथिले देशको व्यवस्था फेर्न होस या संसारमा भएको ठुला-ठुला आन्दोलन,ती सबमा युवाहरूको महत्वपुर्ण भुमिका रहेको बताए । निर्वाचित समितिका युवाहरूलाई बधाई तथा शुभकामना प्रदेश न.०१ युवा अध्यक्ष रोशन लिम्बूले दिएका थिए ।
कार्यक्रम अध्यक्षता देब राजबंशीले आफुहरु युवाको पक्षमा सदाबाहार उभिने साथै पार्टीको विधि बिधान भन्दा बाहिर नजाने पनि प्रतिबद्धता जनाएका थिए भने कार्यक्रममा संचालन पुर्ब राजपाको झापा क्षेत्र न.०३ अध्यक्ष कर्ण राजबंशीले गरेका थिए ।