मुग्लानी खबर
29 जुलाई 2017-शनिवार
तपाईहरुले बिशेष गरि खाडी मुलुकका विभिन्न देशमा खजुर देख्नु भएको होला साएद सबैलाई सामान्य फल लाग्नु स्वभाबिक हो तर पछिल्लो स्वास्थ्यबर्धक खानाको एक खोज तथा अनुसन्धानले
"खजुर"लाई सबै भन्दा उत्कृष्ट खानाको रुपमा पत्ता लगाएको छ।ब्लड प्रेसर कन्ट्रोल गर्नुका साथै मुटुको सहि सन्चालन गर्नमा मद्दत गर्दछ|
‘खजुर’का दस फाइदा यस प्रकार छन:-
१. यसले मोटो मानिसलाई कोलेस्ट्रोल निकालेर शरीरलाई फिट एण्ड फाइन बनाउँछ। यसले रगतलाई पनि शुद्ध बनाउनुका साथै मुटुसम्बन्धी रोगमा प्रतिरोधात्मक काम गर्दछ।
२. हृदयको लागि उपयुक्त एवं फाइदाकारी मानिन्छ ‘खजुर’। खजुरलाई सफा गरेर पानीमा रातभर भिज्न दिनुस र विहान उठेर नियमित पिउनाले शरीरलाई फुर्ति प्रदान गर्दछ।
३. खजुरले झाडापखाला लागेको विरामीलाई अचुक औषधि हो। किनकी खजुरमा पोटासियमको मात्रा भरपुर हुन्छ जसले झाडापखालामा प्रभावकारी रुपमा काम गर्ने गर्दछ।
४. खजुर कब्जियतमा पनि निक्कै फाइदाजनक मानिन्छ। मानिसलाई कब्जियत भएमा राति एक गिलास पानी खजुर भिज्न दिने र भोलिपल्ट बिहान यसको जुस खाएमा शरीरलाई आराम दिन्छ।
५. नसासम्बन्धी रोगलाई यसले निक्कै फाइदा पुर्याउने गर्दछ। पोटासियमले भरपुर मात्रामा शरीरको नसालाई खतरा हुनबाट जोगाउँछ। यदि प्रत्येक दिन ४ सय मिलिग्राम पोटासियम हाम्रो शरीरलाई प्राप्त भएमा नशा सम्बन्धि ४० प्रतिशत कम हुने गर्दछ।
६. खजुरमा भरपूरमा मात्रामा पोषक तत्व पाइन्छ।यसले शरीरलाई स्वस्थ राख्नुका साथै रोगबाट लड्न प्रतिरक्षा प्रणालीलाई बलियो बनाउने शक्ति प्रदान गर्दछ।
७. खजुरमा आइरनले भरिभराउ रहेको हुन्छ। यसले शरीरलाई चाहिने रगत, गर्भवती महिला तथा बालबालिकाको लागि धेरै लाभकारी हुन्छ। किनकी सय ग्राम खजुरमा ०.९० मिलिग्राम आइरन पाइन्छ। यदि मानिसलाई गरतको कमी भएमा खजुर खाए चाडै रगतको आपूर्ति हुन्छ।
८. यति मात्रै नभएर खजुरले मानिसमा ब्लडप्रेसरको समस्यालाई समाधान गर्ने गर्दछ। यसमा रहेको पोटासियमले ब्लड प्रेसरलाई नियन्त्रित गर्ने गर्दछ। ५-६ खजुरमा करीब ८० मिलिग्राम म्याग्निसियम पाउने गर्दछ। जसले हाम्रो रगतलाई राम्रोसँग सञ्चार गराउँछ र शरीराई फाइदा पुर्याउँछ।
९. यसका साथै खजुरले मानिसलाई सन्तुलित भोजनमा सहायक बन्न मद्दत गर्दछ। यसले कोलेस्ट्रोल कम गराउनुका साथै फ्याट बढ्न नदिइ शरीरलाई सन्तुलित बनाउँछ।
१०. यसका साथै खजुरले शरीरलाई चाहिने भिटामिन ए, बी र सीको मात्रालाइ समेत परिपूर्ति गर्ने गर्दछ। जसले शरीरलाई र आँखालाई चाहिने सबै तत्व पाउने गर्दछ।
Type a message...