महिला बालबालिका तथा समाज कल्याण पुर्ब मन्त्री दुर्गा श्रेष्ठले तिज भन्दा अहिलेको विश्व महामारी कोरोनालाई मध्येनजर गर्दै अगाडी बढ्न सम्पुर्ण महिलाहरुलाई आग्रह गरेकी छिन।
बिस्वकै चुनौतीका रुपमा रहेको कोरोना महामारीको संक्रमणलाई नियन्त्रण तथा निर्मुल गर्न सबैको भुमिका अपरिहार्य भएकोले तीज सालै पिच्छे आउने एक मौलिक चाड हो अर्को बर्ष पनि मनाउन सकिने बताएकी छिन। पछिल्लो समयमा नेपालमा कोरोना महामारी अत्यधिक रुपमा वृद्धि भैइरहेकोले सबैको ध्यान त्यतातिर जानुपर्ने समेत बताईन।
अहिलेको अवस्थामा सम्पुर्ण नागरिक सङ्गै देशपनी आर्थिक रुपमा कमजोर हुँदै गैइरहेको हुँदा चाडबाड मनाउनकै लागि तडकभडक देखासिखी नगरी घाँटी हेरि हाड निल्नुपर्दछ उनको भनाई रहेको छ।पुर्बमन्त्री श्रेष्ठले भिडभाड नाचगान नगरी आफ्नै घरमा बसी तिज मनाउन आग्रह गर्दै देश बिदेशमा छरिएर रहेका सम्पुर्ण नेपाली नारीहरुलाई हरितालिका तिज २०७७ को शुभकामना ब्यक्त गरेकी छिन।
अनलाईन मिडिया मुग्लानी खबर सङ कुराकानी गर्दै हाम्रो मौलिक चाडबाड धर्म सस्कार सस्कृतिको संरक्षण गर्न महिलाहरुको ठुलो भुमिका रहेको छ।पुरुषहरुले देश चलाएपनी महिलाहरु घर चलाउन माहिर छन अब हामिले देश चलाउन अगाडि बढ्नुपर्छ।
अहिलेको कोभिड-१९ को बारेमा के बुझ्नु भएको छ भन्ने प्रश्नमा कोभिड -१९ नियन्त्रणको लागि सरकारलाई पुर्बराजा ज्ञानेन्द्र शाह देखि सम्पुर्ण राजनितिक दल आम सर्बसाधारण जनताले आर्थिक नैतिक भौतिक सहयोग गरेको तर सरकारले ब्यवस्थापनमा ब्यवास्था गरेको वा ब्यवस्थापन गर्न नजानेको हो आफू अनभिज्ञ भएको बताईन।यदि दुईतिहाईको सरकारले कोरोना नियन्त्रणको लागि ब्यबस्थापन गर्न सक्दैन भने अन्य दललाई स्पेस दिनुपर्ने समेत उनको सुझाव रहेको छ।
कोरोना संक्रमण नियन्त्रणमा अब सरकारको वा कुनै पार्टी दलको मुख नताकी सम्पुर्ण महिलाहरु नै होम क्वारेन्टाइन ब्यबस्थापन,प्रचार प्रसार,जनचेतनामुखी प्रशिक्षण लगाएतका कार्य गर्दै अहम भुमिका खेल्न अगाडि बढ्नुपर्ने सुझाव दिएकी छिन।