जनता समाजवादी पार्टीका प्रदेश नं १ का युवा अध्यक्ष रोसन लिम्बु संग बसन्तराज सुब्बाले अहिलेको जल्दो बल्दो विषयलाई मध्यनजर गर्दै लिएको अन्तरबार्ता ।
प्र.१) तपाईको राजनीतिक यात्रा कसरी सुरुवात भएको थियो ?
■ मेरो घर परिवार राजनैतिक क्षेत्र कै भएकोले सानै देखि नै राजनीति क्षेत्रमा चासो बड्दै गएको ,६२/६३ जनआन्दोलन तथा लिम्बुवान आन्दोलन बाट अझ सक्रियतामा भएको हो ।
प्र.२ ) प्रदेश नं १ को युवा अध्यक्षको जिम्मेवारी पाउनु भएको छ तपाईले युवाको अवस्थालाई कसरी नियाल्नु भएको छ ?
■ विगतदेखि हाल सम्मको सरकारले नेपाली जनता तथा युवाहरुमा शिक्षा, स्वास्थ्य ,रोजगार जस्ता विषयहरुमा चासो नदिएको विविध कारणले गर्दा नेपाली युवाहरु समाजमा माथि उठन नसकेको अवस्था आजको मूल समस्या रहेको छ ।
प्र.३) राजपा र समाजवादीको एकता भएर जसपा (जनता समाजवादी पार्टी )भएको छ ।हाल यो पार्टीले के गरिरहेको छ ?
■ दुई पार्टी बीच एकता पछि अहिले केंद्रीय स्तर को बैठक भइरहेको छ हाल देश व्यापीरुपमा शक्ति निर्माणको लागि हाम्रो पाटीले संगठन विस्तारको लागि छलपल भईरहेको छ कति समय लकडाउनले गर्दा पाटीको निर्णयहरु गर्न ढिलाईभईरहेको छ तर यो चाडै सकिएर देशव्यापी रूपमा जसपाका कामहरु अघि बढाउने छौ ।
प्र.४) जसपामा युवाहरुको भूमिका कस्तो रहने छ ?
■ हामीले हिमाल , पहाड़ तराई तथा मधेशका युवाहरु तथा सबै धर्म संस्कृति लाई एक ढिक्का बनाई अघि बढ़ने छौ देशका विभिन्न समस्या सगै हाम्रो युवा संगठनले सबैमा समावेशी , पहिचानका आधारमा एकता भई पाटीलाई वैकल्पिक शक्तिको रुपमा स्थापित गर्न युवाहरुको सक्रिय भूमिका रहने छ ।
प्र.५) अहिलेको राजनीतिकलाई कसरी नियाल्नु भएको छ ?
■ जनताले भारी मतदिई दुईतिहाईको सरकार बनाएको हालको सरकार जनताले सोचे जस्तो नभएको देशमा भ्रष्टाचार मात्र बढेको विकासका बजेटहरु भ्रष्टाचार मै हराएको युवाहरु वेरोजगारीको अवस्था सगै विदेशीनु पर्ने वाध्यता बनेको छ । देशमा शिक्षा , स्वास्थ विकास , रोजगार जस्ताकुराहरुमा कुनै परिवर्तन तथा सुधार नदेखिएको ,सरकार काम भन्दा बढ़ी प्रचार , र भ्रष्टाचारमा लिप्त रहेको छ ।
प्र.६) तपाईको पार्टीलाई मधेशवादी पार्टी भन्छन् तपाई के भन्नु हुन्छ ?
■ विगतमा विभिन्न पाटीहरु कही न कहि बाट सुरुवात भएका छन् त्यस्तै हाम्रो पाटी पनि मधेश आन्दोलनबाट स्थापित भएको हो। पाटी भूभाग / क्षेत्रले भन्दा विचारले चल्ने हो । हाल हाम्रो पाटी सबै जातजाती ,धर्म संस्कृति संग जोडीएर हिमाल , पहाड़ , तराई मधेश एक भई देशव्यापी रूपमा संगठिन भई सबै जातजाति ,भाषा , धर्म ,संस्कृति संग जोडीएको कुनै विभेद वीना एकताबद्ध भई देश कै वैकल्पिक शक्तिको रूपमा स्थापित जनता समाजवादी पार्टी भन्न रुचाउछु ।
प्र.७) तपाई युवाको नेतृत्व सगै सामाजिक कार्यहरुमा सक्रियरूपमा देखिनु हुन्छ कतिको गारो हुन्छ ?
■ सामाजिक कार्यहरु गाहै हुन्छ समाजमा विभिन्न जातजाति साथै फरक - फरक विचार बोकेका मानिसहरु हुन्छन् सबैलाई मिलाएर लान सजिलो छैन । बारम्बार भन्दै आएको छु युवाहरु भविष्यका कर्णधार मात्र हैन आजको साझेदारी सगै सहभागिता तथा आवश्यकता हो I
प्र.८)वेरोजगार युवाहरु विदेश पलायन भईरहेको छन् तपाई के भन्नु हुन्छ ?
■ हाल देशको विडम्बना नै यै हो विगतदेखि हालका सरकारले युवाहरुलाई कुनै पनि वैकल्पिक बाटो दिन सकेन न शिक्षामा न रोजगारमा सरकारले नेपालमा उद्योगधन्दाहरु निर्माण गर्न सकेन त्यसको परिणाम लाखौ युवाहरु विदेश पलायन हुन वाध्य छन । हालको हाम्रो पाटीले यो विषयलाई मध्यनजर गरी युवाहरुको निम्ति केहि नयाँ सोचहरु बनाएका छन् ।
प्र.९) अन्तमा के भन्नु हुन्छ ?
■ देशमा कोरोना दिन दिनै अत्यधिक रुपमा बढिरहेको छ सरकारले यसको नियंत्रणको लागि उचित कदम चालोस सबै जना यस रोगबाट सचेत हौ , सावधानी अपनाऔ । आफू बाचौ अरुलाई पनि बचाऊ !!