मुग्लानी खबर डटकम
28जुलाई 2017 शुक्रबार
"तामाङ कला सस्कृतिको जगेर्ना गरौ,बिश्वभरि छरिएर रहेको नेपाली कलाकार एक हौं "भन्ने मुल नारा लिएर स्थापित नेपाल तामाङ कलाकार संघ दोहा कतारको सनैया स्थित होटेल मामसमा भएको उक्त संस्थाले भब्यताको साथ आफ्नो प्रथम साधारण सभा "कार्यक्रम सम्पन्न गरेको छ । दोहा कतारमा कार्यरत विभिन्न संघ सस्थामा आबद्ध कलाकारहरु विशेष गरि तामाङ जातिहरुको बाक्लो उपस्थिति रहेको यस कार्यक्रम प्रथम उपाध्यक्ष जलजला लामा तामाङको सभापतित्वमा संचालित कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रबासी तामाङ समाजका अध्यक्ष तिर्थ थिङ तामाङ र बिशेष अतिथिमा नेपाल प्रबासी तामाङ समाज कतारका प्रमुख सल्लाहकार थर्चा लामा तामाङ बिशेष सल्लाहकार कुमार मोक्तान तामाङ रहेका थिए भने अन्य सामाजिक सस्थाका थुप्रै अतिथिहरुको उपस्थिति रहेको थियो!
कार्यक्रममा लामा गुरु डह घले तथा प्रतीक्षा तामाङले" साङ सेरगेम" गरेर सुरुवात गरिएको थियो ! भने सस्थाको जोय तामाङले स्वागत मन्तब्य दिसकेपछि राष्ट्रिय गान र मौन धारण गरि बिधिबत रूपमा कार्यक्रम अगाडि बढाएइको थियो !
नेपाल तामाङ कलाकार संघको स्थापनाको उधेश्य परिचय,पृष्ठभुमि,भाबी योजना र कार्यक्रमहरुको बारेमा संघका सचिब राज लोप्चन तामाङले प्रष्ट पारेका थिए भने मन्तव्यको क्रममा तामाङले कलाकार संघ भन्ने बितिकै खालि नाच्ने गाउने र रमाइलो गर्ने मात्र होइन विभिन्न सामाजिक सेवाहरु गर्ने र विभिन्न सामाजिक सस्थाहरु सङ्ग हातेमालो गरेर अघि बढ्ने तथा तामाङ समुदायको हकहितको लागि आवाज उठाउने,प्रवाश मै रहेर पनि आफ्नो भाष,भेषभुशा,धर्म,सस्कारहरुलाई जोगाइराख्ने,छरिएर रहेका कला र गला भएका युबाहरुलाई एकताबद्ध बनाएर सभ्य समाज निर्माणको लागि झकझकाउने प्रतिबद्धता जाहेर गरे ! मन्तव्यको क्रमशः अतिथिहरु नेपाल प्रबासी तामाङ समाजका केन्द्रिय सदस्य गुराँस घ्लान तामाङ,म्हेन्दोमाया समाज कतारका उपाध्यक्ष गणेश ब्लेन्थेन तामाङ,छोर्गे बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष योगेन्द्र तामाङ,नेपाल प्रबासी तामाङ समाज कतारका केन्द्रिय सदस्य तथा कलाकार संघका सल्लाहकार अशोक सिङ्दनले संघको उतरोतर प्रगतिको शुभकामना सहित बिशेष सल्लाह सुझाव हरु सहित शुभकामना मन्तब्य राखेका थिए!
मन्तव्यको क्रममा बिशेष अतिथि कुमार मोक्तान तामाङ तथा थर्चा लामा तामाङ सबै जनाले जुन उधेस्य र लक्ष्य लिएर नेपाल तामाङ कलाकार संघ अगाडि बढेको छ सदैब सबैको साथ,सहयोग र समर्थन रहने प्रतिबद्धता जनाएको थियो ! कार्यक्रममा प्रमुख अतिथि तामाङ समाजका अध्यक्ष तिर्थ थिङ तामाङले जुनसुकै कामकर्तव्य र कार्यक्रमहरुमा तामाङ समाज सङ्गै सहकार्य र समन्वय गर्दै अगाडि बढ्नु पर्ने र तामाङ समाजले सदैब अभिभावकको भुमिका खेल्ने तर ल्होछार बिशेष कार्यक्रम भने मातृ सस्थाले मात्र मनाउने कुरा बताएको थिए भने आगामी कार्यक्रममा आपसी साथ सहयोग र सहकार्य गर्दै कुनै पनि कार्यक्रम गर्दा जुधाउन नहुने हरेक कार्यक्रमको बारे जानकारी गराउनु पर्ने कुराहरु गरेका थिए ! एकमुष्टमा सबै जनाले तामाङ समाज होस या तामाङ कलाकार संघ होस एउटै परिवार हो त्यसैले एक अर्का बिच बैरभाब र आपसी मन मुटाब छोडेर एक भएर अगाडि बढनु पर्ने कुराहरुमा जोड दिइएको थिए ! अन्त्यमा कार्यक्रममा उपस्थित सबै जनालाई धन्यवाद दिदै सभापति जलजला लामा तामाङले छोटो मन्तव्य सहित औपचारिक कार्यक्रम अन्त्य भएको घोषणा गरेकी थिइन!
त्यस्तै निर्बाचन मण्डलीमा संयोजक अशोक सिङ्दन तिन सदस्यहरुमा रहेका थिए ।
नवगठित २०१७/२०१८ कार्यकालका लागि कार्यसमितीको नामावली
अध्यक्ष :- वाङ्जु लामा
प्रथम उपाध्यक्ष :- जलजला लामा
द्वितीय उपाध्यक्ष :- जोहेब लामा
तित्तिय उपाध्यक्ष :- हिरे तामाङ
महासचिव :- राज लोप्चन
सचिन :- कुसुम लोप्चन
सहसचिव :- सोमन तामाङ
कोषाध्यक्ष :- मान ब,तामाङ
सह -कोषाध्यक्ष :-सबिना तामाङ
सदस्य हरु :-
पेमा तामाङ
लिलन तामाङ
अमर तामाङ
अमीत गुरुङ
मनि कुमार तामाङ
कुमारी तामाङ
सुरेन तामाङ
शान्ती तामाङ
सुनिता तामाङ
अन्त्यमा नबनिर्बाचित अध्यक्ष वाङ्जु लामाले सबैको साथ र सहयोग लिएर संस्थालाई अझै चुस्त दुरुस्त ढंगबाट अगी बढाउने प्रतिबद्धता जनाउदै अधिबेशन सम्पन्न भएको बताएका थिए ।