बसन्तराज सुब्बा / साउन २८ झापा: झापाको मध्यभाग झिलझिलेबाट नियमित प्रकाशन भइरहेको सतासी साप्ताहिक खबर पत्रिका आजबाट ९ औँ वर्षमा प्रवेश गरेको छ ।
शिवसताक्षी नगरपालिकाकै एकमात्र छापा सञ्चार माध्यम सतासी साप्ताहिक खबर पत्रिका आजकै दिन अर्थात श्रावण २८ गतेबाट विधिवत प्रकाशनमा आएको थियो । वि.सं. २०६९ श्रावण १ गतेबाट नमूना अंकको रुपमा छापिएको पत्रिकाले निकै लामो फड्को मारेको छ । स्थानीय स्तरमा समाचारको पहुँच पु¥याई नागरिकलाई सूचनाको हक प्रत्याभूत गराउने उद्देश्यका साथ स्थापना भएको पत्रिकाले यो ९ वर्षको अन्तरालमा निकै तिता मिठा अनुभूतिहरु संगालेको छ । संस्था जन्माउनु मात्र ठूलो कुरो होइन त्यसलाई जीवन्तता प्रदान गर्नु प्रमुख विषय हो । यति बेला कोरोना भाइरस (कोभिड १९) का कारण विश्व नै आक्रन्त भइरहेको अवस्थामा नेपाल पनि अछुतो रहन सकेन । नागरिकले सामान्य अवस्थाको जीवन बाँच्न सकिरहेका छैनन् । यहिबेला सूचना सम्प्रेषण गर्नुसँगै पत्रिकालाई विश्वव्यापिकरण गर्नु जरुरी थियो । त्यही भएर सतासी साप्ताहिक खबर पत्रिकाले अनलाइन संस्करण सतासी खबर डटकम सञ्चालनमा ल्याउन सफल भयो । यसले पनि छोटो समयमा लोकप्रियता हासिल गर्दैछ भन्ने हाम्रो आशा रहेको छ । उक्त पत्रिकाले समाजमा भए गरेका सकरात्मक वा नकरात्मक समाचारलाई उच्च प्राथमिकताका साथ प्रकाशन गर्न सफल भएको हो । अझ ठूला छापा सञ्चार माध्यमहरुले कुल्चिएर हिंडेको समाचारलाई स्थानीय स्तरबाट नागारिकको पहुँचसम्म पु¥याएर लोकप्रियता कमाएको छ । “निष्पक्ष समाचारको दृष्टान्त” भन्ने मूल नाराका साथ निरन्तरता पाइरहेको उक्त छापा पत्रिकाले झापामा साप्ताहिक पत्रिकाको राम्रै छाप छोडेको छ । त्यही भएर लगातार ३ पटक नेपाल सरकारको सूचना विभाग (प्रेस काउन्सिलबाट) ख वर्गमा वर्गिकृत हुँदै आएको छ । यसलाई पत्रिकाको निरन्तरताको उपहारको रुपमा लिएका छौं । उक्त पत्रिका दुई रङ्गमा प्रकाशित हुँदै आएको छ ।
हामीले निडर र सधैं निष्पक्ष भएरै समाचार सम्प्रेषण ग¥र्यौ र नै अहिलेसम्म यो पत्रिकाको लोकप्रियतामा आँच आउन सकेको छैन सह–सम्पादक छविलाल दवाडीले भने हामी पत्रकार हौ, हामीले आफ्नो धर्म कहिल्यै छाडेनौ ।
कुनै समुदाय, धर्म न त राजनीति नै भन्यौ त्यसैले हाम्रो निरन्तरता माथि प्रश्न चिन्ह खडा भएको छैन । दवाडीले थपे देशमा साना–ठूला परिवर्तनहरु भए हामीले सोझो हिसावले आफ्नो कर्तव्यलाई निर्वाह गरिरहयौं र साना–ठूला आरोह अवरोह कसरी पार ग¥यौ पत्तै भएन । त्यस्तै प्रकाशन समूहका अध्यक्ष योगेन लावतीले भने मोफसलको पनि मोफसलमा कार्यालय स्थापना गरेर पत्रिकालाई टिकाइ राख्ने इच्छा शक्ति रहनु चानचुने विषय होइन, यो मानेमा हाम्रा पाठक, विज्ञापनदाता, लेखक, सहकर्मी, साहित्यकार तथा पत्रकार शुभेच्छुक शुभचिन्तकहरुलाई धन्यवाद नदिइ रहन सक्दैनौं । सतासी साप्ताहिक खबर पत्रिका आज ९ औ वर्ष टेकेको अवसरमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहान्छौँ ।
यसैबीच पत्रिकाले आफ्नो ९औं वार्षिकोत्सव पारेर आफ्नै कार्यालयमा सानो औपचारिक कार्यक्रम सम्पन्न गरेको छ । विगतका वर्षहरुमा धार्मिक तथा पर्यटकीय स्थलमा विविध कार्यक्रमहरु सञ्चालन गरी कार्यक्रम गरेता पनि संक्रमणकालिन अवस्थाको मध्यनजर गर्दै आफ्नो औपचारिकता पूरा गरेको हो ।