पोखरा, २८ साउन - समृद्धिको अभियान सहित नेपाली कांग्रेसका पूर्व सभापती स्वर्गिय शुसिल कोईरालाको ८१ औं जन्मजयन्ती पोखरामा मनाईएको छ । शुसिल कोईराला मेमोरियल फाउण्डेशनको आयोजना एवं नेपाली कांग्रेस वडा नं ११ को व्यवस्थापनमा सम्पन्न सो कार्यक्रममा जनतालाई समृद्धि सँग जोडने अभियान सहित फलफुलका बिरुवा रोप्ने कार्यक्रम सम्पन्न गरिएको हो ।
वडा सभापती बोधराज घिमीरेको अध्यक्षतामा भएको सो कार्यक्रमका प्रमुख अतिथी नेपाली कांग्रेस कास्कीका नेता शुक्रराज शर्माले बिपिको समाजबाद उल्मूख अभियानलाई सार्थक तुल्याउनका लागि थालिएको आत्मनिर्भर अभियान प्रशंसनिय भएको बताउँदै स्व. शुसिल कोईरालाको योगदानको चर्चा समेत गर्नुभयो ।
नेपाली कांंग्रेस कास्कीका कोषाध्यक्ष लक्ष्मी पाण्डेले नेपालीहरुको परनिर्भरतालाई ध्यानमा राखी उद्यमशिलता केन्द्रित कार्यक्रम अत्याबश्यक देखिएको र यसको कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभयो ।
नेपाली कांग्रेसका महासमिति सदस्य एवं प्रदेश सभाका प्रत्यासी उम्मेदवार यूवा नेता गुरु बरालले अबको समय नेपाली कांग्रेस समृद्धि, उत्पादन, जनजिवीकासँग जोडिनुपर्दछ भन्ने ध्येयका साथ यो अभियान थालिएको बताउँदै देशका आईपरेको बिषम परिस्थीतीमा मुलुकलाई स्वरोजगार र आत्मनिर्भर अभियानमा अगाडि बढाउन का लागि यस्ता प्रकारका अभियान निरन्तर अगाडि बढ्ने जानकारी दिनुभयो ।
क्षेत्रीय सभापती माधव प्रसाद बाँस्तोला मधुले बिपि स्मृति दिवसदेखि थालिएको अभियानले बर्षभरी नै निरन्तरता पाउनुका साथै यो अभियानमा जोडिन सबैलाई आब्हान गर्नुभयो ।
क्षेत्र नं २ क का सभापती दिपेन्द्र मर्सानीले यस अभियानका अभियन्ता एवं यूवा नेता बरालले ल्याएको अभियान समय सान्र्दभिक भएको बताउँदै प्रत्येक टोल समाजमा फलफुलका बिरुवाहरु रोप्ने कार्यमा क्षेत्रको साथ सहयोग रहने बताउनुभयो ।
महासमिति सदस्य एवं फाउण्डेशनका संस्थापक सदस्य बाबुराम आचार्यले स्वर्गिय शुसिल कोईरालाको सम्झनामा गरिएको कार्यक्रम प्रभावकारी भएको बताउँदै कार्यक्रम सफलताको कामना गर्नुभयो ।
काहुँ ११ घिमीरे टोलका स्थानियहरुको बृहत सहभागीता रहेको सो कार्यक्रममा १०० वटा कागतीका बिरुवा र आँप लिची समेत रोपिएको र यस कार्यले वडावासीलाई निकै उत्साह थपेको कार्यक्रमका सभापती घिमीरेले बताउनुभयो ।
कार्यक्रममा पोखरा ११ का वडा अध्यक्ष मोहन बाँस्तोलाले स्वागत मन्तब्य राख्नुभएको थियो भने संचालन ईकाइ सचिव सूयप्रसाद घिमिरेले गर्नुभएको थियो । उक्त कार्यक्रम सम्पन्न गर्नका लागि वडा सदस्य तिर्थ गुरुगं, जंग बहादुर हमाल, तरुण नेता अब्दुल ईनाम मिया, मदन बस्नेत, क्षेत्रीय सदस्इ दिपक आचार्य लगायतको बिशेष भूमिका रहेको थियो ।