मुग्लानी खबर
29 जुलाई 2017- शनिबार
नेपाल प्रबासी तामाङ समाज कतार संस्थाकी कलाकार सदस्य सबिना लामा तामाङ कर्मभुमी कतारको बसाइँलाई बिट मार्दै जन्भुमी फर्किने भएपछी संस्थाले दोहा स्थित राजकमल होटेलको सभाहलमा एक कार्यक्रमको आयोजना गरि खादा ओढाएर कदर पत्रले सम्मान गर्दै बिदाई गरेको छ।
सन २०१५ मा कतार आएकी सबिनाले तामाङ समाज कतारका हरेक कार्यक्रममा सक्रियताका साथ आफ्नो प्रस्तुति प्रदर्शन गरि समाजको कलाकारिता क्षेत्रमा महत्वपूर्ण योगदान दिएकी थिईन। संस्थाका प्रथम उपाध्यक्ष तेज तामाङको सभापतित्वमा भएको उक्त कार्यक्रममा तामाङ समाज कतारका अध्यक्ष तिर्थ थिङ तामाङ,संस्थापक अध्यक्ष तथा संरक्षक शुक बहादुर तामाङ, प्रमुख सल्लाहकार थर्चा लामा, छिमेकि मार्टका अध्यक्ष शंखलाल तामाङ, कुमार मोक्तान तामाङ, बिदाई भएर जाने सदस्य सबिना लामा, संस्थाका सल्लाहकार हरु लगायतका बिभिन्न ब्यक्तिहरुको बाक्लो उपस्थिती रहेको थियो । उपस्थित सबैले राष्ट्रिय गित गाउँदै सुरु भएको कार्यक्रममा बिदाइ मन्तब्य राख्ने हरुमा कुुमार मोक्तान तामाङ, रोशन दोङ तामाङ, मिलन तामाङ,शंखलाल तामाङ लगायतले सबिना लामाले संस्थामा दिएको योगदान सदा स्मरणीय रहनेछ र संस्थाले कहिले भुल्न नसक्ने बताउदै उनि जस्तो एक ईमानदार कलाकारलाई बिदाई गर्नुपर्दा दुख लागेको बताए ।
कतार आएदेखि नै समाजका हरेक कार्यक्रम मा सक्रिय पुर्वक लागेको स्मरण गर्दै जन्मभुमि गएर पनि उनको कलाकारिता क्षेत्रमा भविस्य उज्जवल रहने जानकारी गराउँदै कर्मभुमिबाट जुन सोंच र बिचार लिएर गएको भएपनि सबै सफल रहुन भगवानले सधै कल्याण गरुन भन्ने शुभकामना दिएका थिए । प्रमुख सल्लाहकार थर्चा लामाले संस्था स्थापना भएदेखि नै कलाकार लाई बिशेष प्राथमिक्ता दिएको र आज पुनः संस्थाको सक्रिय कलाकार बहिनि बिदाई भएर नेपाल फर्किन लाग्नु भएकोमा दुख र सुख दुवै लागेको भन्दै एउटा कलाकारमा हुनुपर्ने गुण उनिमा रहेको बताए । कुराकानी को क्रममा आफु नेपाल जान लागेको जानकारीमा आफु केहिबेर अनुत्तरित भएको जनाउँदै अव नेपाल बसाई सुखद रहोश भन्ने शुभकामना दिएका थिए । संरक्षक शुक बहादुर तामाङले संस्था स्थापना भएपछिको पहिलो कार्यक्रमको प्रसङ्ग कोट्याउदै जतिबेला केटा "केटि" बनेर नाच्ने स्थिति थियो । तर अहिले त्यो स्थिति नभयपनि कुनैपनि कार्यक्रम सफल पार्न कलाकार हरुको मुख्य भुमिका रहने गर्छ र आज एउटा सक्रिय कलाकार लाई बिदाई गर्दा दुख लागेको बताउँदै नेपालमै रहेर पनि संस्थाका गतिविधि हेर्न सकिने बताउनु भयो।
अझै पनि नेपालमा तामाङ जातिले आफ्नो हक अधिकार नपाएकोले यसको लागि आफ्नो क्षेत्रबाट पनि पहल गर्न आग्रह समेत गर्दै उज्वल भबिस्य सुस्वास्थ्य उत्तरोत्तर प्रगतीको शुभकामना दिएका थिए । अध्यक्ष तिर्थ थिङ तामाङले करिव डेव बर्ष अगाडी मात्र परिचित मेहनेती कलाकार सबिनालाई आज बिदाई गर्नुपर्दा साह्रै दुखी रहेको र आगामी दिनमा कुनै समस्या परे आफू जुनसुकै ठाउँबाट पनि सक्दो सहयोग गर्न तयार रहेको जानकारी गराउदै अग्रीम सफलताको शुभकामना दिएका थिए बिदाई कार्यक्रममा कलाकार सदस्य सबिनाले बिदेशमा आएर सबैकुरा सोंचेजस्तो उपलब्धि हुन नसके पनि संस्थामा लागेर आफुले विभिन्न अमुल्य ज्ञान, साथीभाई र मित्रता प्राप्त गरेको बताईन। विभिन्न समयका बावजुद पनि संस्थाले आफुलाई गरेको यो सम्मानले धेरै खुसी हुनुका साथै तपाईहरुको यो मायाको सधै ऋणी भएको र कार्यक्रममा उपस्थित हुने सम्पुर्ण साथै कतारमा हातमा हात र साथमा साथ दिने सबैलाई आभार प्रकट गरिन । सभापति तेज तामाङले बोल्दै बिछोड दु्खको क्षण भएपनि उनि नेपाल आफ्नै जन्मभुमि जान लागेकी हुँदा चिताएका हरेक कार्यहरुले सफलताको सिखर चुमुउन भन्दै उपस्थित सम्पुर्णमा धन्यवाद दिँदै कार्यक्रम समाप्त भएको घोषणा गरेका थिए भने उन्लाई म्येन्दोमायाँ परिवार कतार र नेपाल प्रबासी तामाङ समाज कतारको तर्फ बाट मायाँको चिनो पनि प्रदान गरिएको थियो कार्यक्रममा उपस्थित सबैलालाई प्रकाश तामाङले मन्तब्य बाट स्वागत गरेका थिए भने संचालन धिरेन तामाङले गरेका थिए ।