दोहा, कतार
नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारद्धारा “पहिचान सहितको संघियता र स्वायत्तताका लागि संबिधान शंसोधनको आन्दोलन हाम्रो साझा वहस ,स्वनिर्णित बिकास तथा महामारीमा बच्ने र बचाउने पक्षमा २६ औं बिश्व आदिवासी दिवस भन्ने मुल नाराका साथ २६ औं बिश्व आदिवासी दिवस २०२० महासंघ कतारका अध्यक्ष शिव कुमार भुजेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।
नेपाल आदिवासी जनजाति महासंघ संघिय परिषद् अध्यक्ष जगत बरामको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रम दुई चरणमा विभाजन गरी सञ्चलन गरीएको थियो, पहिलो चरणको अन्तरक्रिया कार्यक्रममा अतिथि वक्ताको रुपमा प्रवासी नेपाली एकता मञ्च कतारका अध्यक्ष चानक पोख्रेल,नेपाली जनसम्पर्क समितिका का.वा. सभापति शंकर न्यौपाने, नेपाली समाज कतारका अध्यक्ष हिराधन राई र महासंघ कतारका प्रमुख सल्लाहकार देवराज राई रहेका थिए ।
अतिथिहरु महासंघ कतारमा बिषेश सल्लाहकार सियाराम चौधरी, संस्थापक तथा सल्लाहकार सदस्य दिल किरण खजुम, संस्थापक तथा सल्लाहकार सदस्य बिल गुरुङ, संस्थापक तथा सल्लाहकार सदस्य सुक बा. तामाङ, सल्लाहकार सदस्य धिरज चाम्लिङ राई, सल्लाहकार सदस्य शंखलाल तामाङ, सल्लाहकार सदस्य नियम भुजेल, सल्लाहकार सदस्य रस तमु, मातृसंस्थाहरुबाट किरात याक्थुङ चुम्लुङका अध्यक्ष राजन्द्रे साम्याङखाम लिम्बु, तमु गुरुङ्ग समाजका अध्यक्ष भाई काजि गुरुङ्ग, किरात राई यायोक्खा शाखा कतारका अध्यक्ष बिमल राई, नेपाल प्रवासी तामाङ समाजका अध्यक्ष धिरेन तामाङ, थारु कल्याणकारिणी सभाका का.वा. सभापति हरि महत्तो, सुनुवार सेवा समाज शाखा कतारका अध्यक्ष सामुयल सुनुवार, प्रवासी भुजेल समाजका अध्यक्ष बिनोद भुजेल, नेवा पुच कतारका का–वा अध्यक्ष ओम श्रेष्ठ, नेपाली धानुक सेवा समाजका अध्यक्ष रामकुमार मण्डल, शेर्पा किदुग दोहा कतारका का.वा. अध्यक्ष तेन्जि शेर्पा नेपाली प्रवासी दनुवार संगठन कतारमा का.वा. अध्यक्ष बिक्षु कुमार दनुवार, प्रवासी ताजपुरीया समाज कल्याण परिषदका अध्यक्ष रवि लाल ताजपुरीया सहभागि रहेका थिए ।
महासंघ कतारका उप–महासचिव एकराज राईको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमका प्रमुख अतिथि तथा वक्ता जगत बरामले सम्पुर्ण बिश्वमानव जगतमा २६ औं दिवशको शुभकामना दिदै हिजो आदिवासी जनजातिहरुको एजेण्डलाई राजनीतिक एजेण्डा वनाएर सरकारमा पुगेका राजनितिक दलहरु अहिले त्यहि दलहरु आदिवासी जानजातिलागि बाधक भएको र हामिले संघियता,स्वयात्तता,सस्कृतिक,धार्मिक,भाषिक पहिचान, धर्म निरपेक्क्षता समान्नताको कुरा गर्दा हामिलाई जातिय द्वन्द फैलाएको, धार्मिक सहिष्णुता बिगार्न खोजको,राष्ट्रियता माथि खल्लन गर्न खोजियो जस्तो लालछना र आरोपहरु लगाईदै आएको बताउदै,नेपाली आदिवासीहरुको आन्दोन कुनै जाति, समुदाय, क्षेत्र, लिङ्गको बिरुद्धमा नभएर नितान्त समान्नता लागि, राष्ट्रिय बिकासको लागि, राष्ट्र निमार्ण र समृद्ध वनाउन गरीएको आन्दोलन हो ।
तसर्थ यो आन्दोलनलाई सरकारले हातेमालो गर्न सक्यो भने सम्बोधन गर्न सक्यो भने मात्र यो देश द्रुग गतिमा बिकास हुन सक्छ भन्ने जिक्रि गर्नु भएको थियो, सोहि क्रममा अर्का अतिथि वक्त प्रवासी एकता मञ्च कतारका अध्यक्ष चानक पेख्रेलले आदिवासी जनजातिहरुको मुद्दाहरु केहि आन्तरीक समस्याका कारण पुरा र सम्बोधन नभएका होलान तर चाडैनै यहि सरकारले संविधान संशोधन गर्ने आश्वासन दिन्दै यसको लागि हुन सक्ने सहयोग गर्ने प्रतिवद्धता जाहेर गर्नु भएको थियो !
त्यसतै अर्का वक्ता नेपाली जन सम्पर्क समितिका का वा सभापति शंकर न्यौपानेले नेपालका आदिबासी समुदायहरुको प्रथाजनित कानुनमा अडिएका सस्थाहरु भएको त्यी आफैमा आत्मा निर्णयका अधिकारहरु देखि स्वयात्तता र सुशासन पनि भएको र आत्मा निर्णयका अधिकारमा प्राकृति स्रोत,साधन, भुमि र भु–भाग पनि पर्ने भएकोले यी सबै आदिवासीको मानव अधिकार हो, मानव अधिकार अविभाजित, सर्वभौमिक, नैसर्गिक र प्राकृतिक अधिकार हुन l
यी अधिकारहरु कसैले आदिबासीलाई दिईने वा खोसिने अधिकार नभएको भन्दै नेपाल आदिवासी जनजाति महासंघ नेपाल आदिवासी जनजातिहरुको हक, हित, पहिचान, र गौरवमय ईतिहास, सस्कृतिको सरक्षण र संवर्धन गर्न खेलेको आबस्यक भुमिका सराहनीय रहेको बताउनु भयो त्यसतै अर्का वक्त नेपाली समाज कतारका अध्यक्ष हिराधन राईले हरेक परिवर्तनका आन्दोलनहरुमा आदिवासी जनजातिहरुको त्याग र योगदान घाम जस्तै छर्लग भएको बताउदै जन–आन्दोलन र जव युद्धबाट स्थापित मुल्य र मान्यताहरुलाई कुल्चिएर वर्तमान दुई तिहाईको सरकार प्रतिगमन तिर गएको जिक्रि गर्दै आदिवासी जनजाति आन्दोर्न निक्रिय र आजको रक्षात्मक रुपमा पुगको महसुस गरेको र उचाईमा ल्याउन केन्द्रिय अध्यक्षलाई आग्रह गर्दे आन्दोलनमा सदैव जनता समाज पार्टि सहयोर र समर्थन गर्ने छ भन्दै जनता समाजवादि पार्टिको १०+१ अवधारणा ल्याएर आएको छौ, ११ प्रदेश नभए सम्मन सडक, सदन र सत्ता प्रयोग गर्दै अगाडि निरन्तर लड्ने बताउनु भएको थियो ।
त्यस्तै महासंघ कतारका प्रमुख सल्लाहकार देवराज राईले बिषयको शुक्ष्म रुपमा सरकारले गरेको परिभाषा र हामिले आदिवासी जनजातिले गरेका परिभाषाको टिप्पणि गनु भएको थियो । वक्ताहरुले आफ्ना धारणा राखे सँगै उठेका पश्नहरुको वक्ताहरुबाट उत्तर दिनु भएको थियो । यसरि पहिलो चरणको अन्तरक्रिया कार्यक्रम समापन संगै दोस्रो चरणको कार्यक्रम शुभकामना आदान प्रदान कार्यक्रममा प्रवेस गरीएको थियो ।
शुभकामना दिनेहरुमा बिषेश सल्लाहकार सियाराम चौधरी, सस्थापक सदस्य तथा सल्लाहकार बिल ब. गुरुङ, सल्लाहकार धिरज चाम्लिङ राई र उपस्थित मातृसंस्थहरुका अध्यक्ष तथा प्रतिनिधिहरु द्धारा २६ औँ बिश्व आदिवासी दिवसको शुभकामना राखेका थिए । कार्यक्रम महासंघका महासचिव सागर तुम्बाहाङफे लिम्बुले सञ्चालन गरेका थिए ।
कार्यक्रमको अन्त्यमा महासंघ कतारका अध्यक्ष शिव कुमार भुजेलले कार्यक्रमलाई सफल वनाउन सहभागि सबैलाई धन्यवाद दिन्दै औपचारीक कार्यक्रम समापन भएको घोषणा गर्नु भएको थियो ।