टिप्पर तथा ट्रक ब्यबसायीहरुले सरकारले आफुहरुलाई ब्यबसाय संचालन गर्न सहज बाताबरणको सृजना समेत नगरी उल्टै कर तिराएर अन्याय गरेको आरोप लगाएका छन।
टिप्पर तथा ट्रक ब्यबसायी हरुले सरकारले अन्य तह र क्षेत्रका व्यापार ब्यबसाय उधोग कलकारखाना संचालन गर्न उचित ब्यबस्थापन गरेता पनि आफुहरुलाई उपेक्षा गरेको बताएका छन।पिडित ब्यबसायीहरुले बिगत दुई बर्षदेखी धुलिखेल,पनौती,धादिङको झाप्रे खोला देखि भित्र प्रबेश गर्न नपाएको बताएका छन।नेपालको हरेक ब्यबसाय स्वारी साधन हरु दिउँसो गुड्ने, भौतिक बिकासका सम्पुर्ण निर्माणका कार्यहरु दिउँसो हुने तर त्यही बिकास निर्माणका लागि अत्यावश्यक सामाग्री ढुवानी गर्ने सवारी साधनहरु दिउँसो गुड्न नपाउनु कहाँ सम्म न्यायोचित हो?उनिहरुले प्रश्न गरेका छन। सरकारले टिप्पर तथा ट्रकले दुर्घटना निम्त्याएको बहाना गर्दै बेलुका ८ बजे देखि बिहान ६ बजे सम्म मात्र चलाउनुपर्ने निति बनाएपछि ब्यबसायिहरु चर्को मारमा परेको बताएका छन।
यकातिर सरकारले चर्को कर लिएको गाडी दिउँसो चल्न नदिएको,बिहान ६ बजे भित्र गन्तव्य नगई सक्दा उल्टै जरिवाना तिर्नुपर्ने,खानीमा पुग्दा लोड अनलोड हुन अत्यन्तै कठिनाई भएको उनिहरुको भनाई छ।टिप्पर तथा ट्रक ब्यबसायी समिती कलङ्किका अध्यक्ष राम कुमार चापागाईंले आफु पदमा आएको करिब अठार महिना पुगेको तर यो अबधिमा आफुहरुलाई अत्यन्तै दुख सरकारले दिएको बताएका छन।उनले भने आफू यो समस्यालाई लिएर गृह मन्त्रालय ,यातायात मन्त्रालय,प्रदेश सरकार र स्थानिय सरकार लगाएत विभिन्न निकाय पुगे सबैले हुन्छ भन्ने आश्वासन दिएको करिब डेढ बर्ष भयो तर कार्यन्वयन भएन।बैंकले कर पुर्ण रुपमा लिन्छ,यदि नदिए चापी खोसेर साधन नै लिलाम गर्छ,यता गाडी गुड्ने ब्यबस्थापन छैन जस्ले गाँस बाँस कपासको जोहो गर्नै कठिनाई र निरासपन सृजित छ जस्ले गर्दा ब्यबसायी आत्महत्या गर्ने दुस्साहस सम्म गर्न पुग्दछ।सरकारले अफिस समय बाहेक अन्य समयमा चलाउन पाउनुपर्ने आफुहरुको माग रहेको बताएका छन। त्यसैगरी सरकारले करमा पनि असमान गरेको उनिहरुको गुनासो रहेको छ।
त्यसैगरी उपाध्यक्ष सुमन बोगटीले सरकारले टिप्पर र ट्रक चल्न उचित ब्यबस्थापन नगरिदिदा हामी चरम समस्यामा परेका छौ सरकारले अधिकतम बाईक हरुका गल्ती भएता पनी पूरा दोष टिप्पर माथी थुपारिएको छ यो सरासर गलत छ।हामिलाई अफिस समय बाहेक अन्य समयमा चल्न दिनुपर्छ ।क्रसर ढुङ्गा गिट्टी लगाएतका खानीहरु बेलुका ८ बजे सम्म बन्द भैइसकेका हुन्छन अनि कसरी लोड अनलोड् गर्न्नु? उनको भनाई छ।
अध्यक्ष चापागाईंले खानीमा गएर लोड गर्न पनि कठिनाई भएको बताएपछि हामिले बज्र बाराही ढुङ्गा गिट्टी खानी संचालक हर्क बहादुर तामाङलाई प्रश्न राखेका थियौ।संचालक तामाङले बेलुका सामाग्री लोड गर्न अत्यन्तै कठिनाई भएको बताएका छन।अप्रेटरले बेलुका ८ बजे पछि लोड गर्न मान्दै नमान्ने,दुर्घटना चोटपटक लाग्न सक्ने प्रवल सम्भावना समेत रहेको बताए। सरकारले टिप्पर तथा ट्रक चल्ने समयको उचित ब्यबस्थापन नगर्दा खानी संचालकलाई समेत असर परेको बताए।त्यति मात्र नभई बेलुका लोड गर्दा स्थानिय बासिन्दाहरु सुत्नमा डिस्ट्रब भयो भन्दै रुष्ट हुन समेत थालेको बताएका छन।
यसै क्रममा हामिले प्रश्न र सम्भाबित समाधान के हुन सक्छ भन्ने प्रश्न बागमती प्रदेश,रसुवाका माननीय सांसद प्रभात लामालाई राखेका थियौ।सांसद लामाले सरकारले बिकास निर्माणका सामाग्री बोक्ने सवारी साधन टिप्पर तथा ट्रक ब्यबसायी प्रतिको लागू गरिएको नीति अत्यन्तै गलत अब्यबहारिक र अबैधानिक भएको बताएका छन।उनले सरकारले जुन किसिमको ब्यबसायीबाट ट्याक्स लिएर साधन चल्न नदिनु कहाँको न्यायोचित हो? सरकारले चौबीसै घन्टा चल्ने अनुमति दिईसके पछि दुर्घटना हुन्छ भनेर रोक्नु के जायज हो? गाडी निर्बाध चल्न पाउनु पर्छ।असम्भव भन्ने केही छैन सरकारको यो श्रमिक र ब्यबसायी प्रतिको गलत निर्णय सच्याईनु पर्छ होईन भने म स्वयं पनि श्रमिक ब्यबसायी र मजदुरका पक्षमा लड्न समेत आफू तयार रहेको बताएका छन।
अहिलेको अबस्थामा टिप्पर र ट्रकलाई सहज रुपमा चल्न दिन पुर्ण रुपमा निर्माण भैइसकेका सडकहरुमा चल्न दिनुपर्छ र आफुले यो सदनमा राखिसकेको बताएका छन।दुर्घटना हुन्छ भनेर गाडी चल्न नदिनु यो अत्यन्तै अब्यबहारिक हो ।ब्यबसायीले कर तिरेर अनुमती दिइसकेपछि त्यसको ब्यबस्थापन गर्ने सरकारको जिम्मा हो,सांसद लामाले यो गलत नितिले ब्यबसायी मात्र मर्कामा छैनन बिकास निर्माणका कामहरु समेत ढिलो भएका छन जस्ले सरकारलाई पनि नोक्सान परेको छ।ब्यबसायीले ब्याज कर किस्ता तिर्न नसक्दा आत्महत्या समेत गरेका खबर बाहिरिएपछी आफुले यस बिषयमा गम्भीर रुपमा अध्ययन समेत गरेको बताए।उनले यदि किस्ता तिर्न नसकेर ब्यबसायिले आत्महत्या गर्छ भने त्यसको जिम्मा सरकारले लिनु पर्ने बताएका छन।ब्यबसायीहरु वास्तविक अन्यायमा परेकोले उनिहरुले न्याय पाउने र सरकारले सहज बाताबरण बनाउने प्रति आफू बिस्वस्त रहेको बताएका छन।
भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला.......