२३ साउन झापा , केर्खा
बसन्तराज सुब्बा झापा कमल गाउँपालिका जसपा का जुझारु युवा नेता तथा कमल वार्ड ३ का अध्यक्ष देबेन्द लिम्बूकाे अध्यक्षतामा पार्टी तथा युवा संगठनका बिषयमा प्रशिक्षण तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।
उक्त प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथि प्रदेश १ का जसपा युवा अध्यक्ष रोशन लिम्बूले
कार्यक्रममा वर्तमान अवस्था र देशको राजनैतिक उथलपुथल अवस्थाबारे बताउदै भने जबसम्म युवाले हात फैलाउदैन तब सम्म कुनै बिजय सम्भब छैन।
जब युवा अघिबड्छ जब युवाकाे अावज गुन्झिन्छ ,जब युवाकाे साथ रहन्छ तब मात्र असम्भव पनि सम्भव भएको इतिहासमा देखिन्छ । संसारका हरेक ठुला ठुला ईतिहासहरू युवा बाट नै परिबर्तन भएका छन ।
अज बिश्वमा नया बिश्व ,नया बिचार नया साेच अनि परिवर्तन युवाबाट नै पाईएकाे उनले बताए साथै उनले भने युवाहरुको शिक्षा ,रोजगार , राजनीति सहभागिता जस्ता कार्यहरुमा पनि जोड़ दिनुपर्ने र हालको सरकारले युवाहरुलाई कुनै पहल र चासो नदीएको अध्यक्ष लिम्बूले बताए ।
त्यस्तैगरी जिल्ला उपाध्यक्ष कमल गुरुङले देशमा बढ़ी रहेको भष्टाचारको अन्त्य गर्न युवाहरु एक जुट भएर लाग्नु पर्ने बताए ।साथै अबको वैकल्पिक शक्तिको निर्माण युवाहरुको एकता बाटै हुने युवा नेता तोया न्यौपानेले बताए ।
यस कार्यक्रममा , प्रदेश , जिल्ला, नगर, गा.पा र वार्ड लगायतका जसपाका युवा नेताहरुको उपस्थित रहेको थियो । यस कार्यक्रममा युवाहरुको उत्साहजनक सहभागिता रहेको र अन्तमा सधै झै सक्रिय भएर संगठन अघि लैजान भन्दै कार्यक्रम समापन देबेन्द्र लिम्बूले गरे भने संचालन अबिन मेनाङम्बोले गरेका थिए ।