दोहा ७ अगष्ट २०२०, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, लिम्बुवान मञ्च नेपालको प्रवास समिती संघीय लिम्बुवान सामाजिक मञ्च कतार द्वारा आयोजित तत्कालीन "गोरखा नेपाल र लिम्बुवान राष्ट्र विच भएको १८३१ को लालमोहर सन्धी बिषयक सांगठनिक अन्तरक्रिया" मा बोल्दै संगठनका वरिष्ठ उपाध्यक्ष डम्बर लिवाङ मिसेकले श्रवण २२ लाई लिम्बुवानले सन्धी दिवसका रुपमा मनाउने बताएका हुन।
छैठौं शताब्दीको अनत्य तिरनै बृहत् जनक्रान्ती द्वारा स्थापित लिम्बुवान मा विभिन्न खाले राजनितिक परिवर्तनहरु भए । पृथ्वीनारायण शाहको नेतृत्वमा देशलाई एकात्मकरण गर्दै आउने क्रममा लिम्बुवान माथि १७औं पटक सम्म आक्रमण गर्दा पनि लिम्बुवान लाई आक्रमण गर्न नसके पछि १८३१ सावन २२ गते का दिन आकाशमा सुर्य र चन्द्र रहन्जेल नेपाल अन्तरगतको लिम्बुवान स्वायत्तता रहने सर्तमा गोरखा र लिम्बुवान राष्ट्रबिच सन्धि भयो। उक्त सन्धि लाई १८३१ को लालमोहर पनि भनिन्छ ।
लिम्बुवान संग भएको उक्त सन्धिलाई शाह ,राणा शासनकाल, विक्रम संवत् २००७ साल पछिको प्रजातान्त्रिक सरकार, २०१६ सालपछिको निर्वाचित कांग्रेस सरकार र २०१७ पछिको एकदलीय पंचायत सरकार र २०१७ सालको महेन्द्रीय पंचायत सरकारले समेत १८३१ को सन्धि लाई स्विकार्दै लिम्बुवान को अधिकार निरंतरता का निमित्त २०१७ साल चैत्र १७ गते गोर्खा –लिम्बुवान लालमोहरमा सहि गरेका हुन। तर लिम्बुवान बिरोधि तत्वहरुको उक्साहटमा लागेर राजा महेन्द्र ले, १८३१ को सन्धि पश्चात् १९४ बर्ष सम्म लिम्बुवान ले उपभोग गर्दै आएको स्वायत्तता र आदिवासी जमिन माथिको किपट अधिकार ऎन लादेर २०२५ साल कार्तिक ९ मा लिम्बुवानको अधिकार पुर्णरुपमा खोसिएकोले । केही लिम्बुवान जन्य अभियानता संगठनहरुले श्रावण २२ लाई कालोदिनका रुपमा मानेता पनि ?
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च एवं लिम्बुवान मञ्च ले भने श्रावण २२ को सन्धी लिम्बुवान ईतिहास र आन्दोलन को जिउदो दस्तावेज भएकै कारण आज सम्म लिम्बुवान स्वायत्तता का बिषयहरु उठान गर्न पाएका छौँ ! तसर्थ उत्त दिनलाई कालो दिन मानिनु हुन्न "सन्धी दिवसका रुपमा" मान्नु पर्छ, र २०२५ कार्तिक ९ गते का दिन लिम्बुवानले उपभोग गर्दै आएका विभिन्न अधिकारहरु केन्द्र सरकारले खोसेको हुनाले "कार्तिक ९" लाई कालो दिनका रुपमा मनाउनु पर्ने लिवाङले सो भनेका हुन ।
"१८३१ को गोरखा नेपाल र लिम्बुवान राष्ट्र बिचको सन्धी (लालमोहर) शिर्षक बिषयक अन्तरक्रिया" कार्यक्रम सलिसाम केन्द्र र क्षेत्रीय समिति सदस्य हरु बिच Zoom को माध्यम बाट गरिएको थियो।
उत्त कार्यक्रमको अध्यक्षता रेखा राई खामसामा ले गरेका थिए भने, कार्यवाहक महासचिव देविन मिसाम आङ्देम्बेले संचालन गरेका थिए।