मान्छे एउटा प्रकृतीको पालक पनि हो र समयको दासी।त्यसैले त हिजो के थियो आज हुदैन,आज के छ त्यो भोलि रहदैन।मान्छेले न त प्रकृतीले दिएका चोट वा अचानक भईपरि आउने हरेक परिस्थितिलाई छेक्न नै सकिन्छ? दिईएका हरेक चोटहरुलाई जबर्जस्ति ग्रहन गर्नु र मुटु मिची मिची सहनु सिवाय अरु कुनै विकल्प भेटिदैन।मान्छे यस्तो प्राणी रहेछ जस्ले हरेक कुराको अनुभव गर्न सक्छ संघर्ष गर्छ बाचुन्जेल त्यतिमात्र होइन काडामा टेकेर पनि आसाको त्यान्द्रोमा जिउने दुस्साहस गरिरहन्छ।कति भावनाहरु आसुको थोपा थोपा बनेर तप तप चुहिएर जान्छन भने कति भावनाहरु मुटुभित्र गाठो परेर कब्जियत बनेर बस्छन र अझै कति त मानसपटलमा सम्झना बनी घुमिरहन्छन पलपल चोट दिई रहन्छ्न न मेटेर मेटिन्छ्न न त अरु कुनै उपाय हुन्छ? हुन्छ त केवल बाचुन्जेल आँसु पलासस्टिकको फुलमा वासनाको आभास गरे झै ओठमा बनाउटी हासो।
झेल्दै भोग्दै र संघर्षसिल जिवनमा हरेक पिडाबाट केही आफ्नो ग्रहङ्गो भएको मनको भारी बिसाउन मान्छेले विभिन्न माध्यम अपनाउछ।अक्सर रोदन र बिछोडका पिडाहरु अश्रुमिश्रीत भावानाहरु सहित्यिक शब्दमा सजिने गर्छ्न कपिका पानाहरुमा कतै गजल कतै मुक्तक,कबिता र अन्य विभिन्न बिधा बनेर।त्यसै शिलशिलामा पोखरा निवासी मनु शर्मा आफुले भोग्दै गरेको यो क्षण र नियतीले ठगेको वा कर्मले हारेको यो पलमा मुटु चुडीएको यो अकल्पनीय घडीमा आफ्नो दुखद भावनाहरु गजल मार्फत यसरी ब्यक्त गर्छिन।।