विश्व कोरोना भाइरसका कारण शुन्य थियो । सवै क्षेत्र प्रायः बन्द थियो । कलेज पनि बन्द भयो । कलेज बन्द भएका कारण घर जाने निधो गरी म घरतर्फ लागे । जताततै लकडाउनको कारण सवै घरमा वन्द अवस्थामै थिए । लकडाउनको समयमा म पनि घरभित्र थुनिएको थिए ।
एक्कासी कानमा एउटा आवाज ठोक्कियो । ‘भिन्डी पन्ध्रमा, बोडी दश’ ।
जुरुक्क उठेर हेरे । एउटा दाइ साइकल डो-याउदै पछाडी दुइवटा बोरा झुन्डाउदै भिन्डी पन्ध्रमा, बोडी दश’ भन्दै हिडेका रहेछन ।
त्यो आवाजले किन किन मेरो ध्यान तान्यो । म एकहोरो हेरीरहे ।
यो कुरा रौतहटको चन्द्रपर ९ मा लकडाउनको समयको हो । लकडाउन सुरु हुनुभन्दा अघि म आफैले बजारबाट भिन्डी ६० देखि ९० रुपैया किलोमा खुसी खुसी किन्थे । मैले झ्याल खोलेर हेरे । मान्छेहरु सस्तोमा भन्दै किनिरहेका थिए । त्यसबिच मेरो नजर उक्त किसानको अनुहारमा पर्न गयो । जहाँ उसको वाध्यता स्पष्ट पढ्न सकिन्थ्यो ।
खाली समयले मलाई यस विषयमा सोच्न अग्रसर ग-यो । दिमागमा अनेकन कुराहरुले डेरा जमाउन थाले । मलाई त्यस किसान प्रति दया, सद्भाव संगसंगै बजार व्यवस्थापनको असक्ष्यमताको रिसलगायत अन्य मिश्रित सोचहरु आउन थाल्यो ।
नेपालमा खेती किसानी अवस्था कस्तो छ, खेती किसानी गर्न कति गाह्रो रहेछ भन्ने मलाई बोध भयो । मुलुकले चालु आर्थिक वर्षमा कृषिले पाउने प्राथमिकता, नेपालको योजना र बजेटले अहिलेसम्म पनि किसानको दुःखलाई राम्रोसँग व्यवस्थापन गर्न कहिल्यै सकेन ।
खेती गर्न सुरु गर्दा ५० प्रतिशत भन्दा बढि किसानसँग आधा हेक्टर पनि जमिन छैन । त्यसमाथि न समयमा विउ पाइन्छ , न त मलखाद नै । आजको सयममा पनि आधा क्षेत्रफलसम्म सिचाइ पु-याउन सकेका छैनौ । बालीमा नयाँ रोग लागेमा न त सक्षम प्राविधिकको व्यवस्था छ न त कुनै निकाय ।
सरकारले कृषी उपदानको कुरा नगरेको पनी कहाँ हो र ? तर सम्बन्धित किसानलाई उपदान को त कुरा छोडौ, उपदान पाउने ठाउसमेत पत्तो पाउन सकेका छैनन । त्यसमा पनि सरकारी प्रकृयाको झन्झट ।
जसोतसो किसान आफैले व्यवस्थापन गरी बाली उब्जाउछ, अनि देखिन्छ प्रकृतिक विपत्ती । कहिले हावाले त कहिले असिनाले पिट्छ । कहिले सुख्खापन रुवाउछ त कहिले पानीले डुवाउँछ ।
अमेरिका तथा युरोप मुलुकहरुमा गरिने कृषी प्रविधिबारे किसानलाई कसले जानकारी दिने ? हुन त किसानलाई कृषी प्रविधिबारे जानकारी दिन कृषी अनुसन्धान केन्द्र र सेवा केन्द्र नखुलेको पनी कहाँ हो र ? तर, त्यसमा पहुँच पुग्न किसानले कति समय कुर्नु पर्ने हो ?
एउटा किसानले १ किलो भिन्डी फलाउन कति वीउ प्रयोग गरे होलान ? खाद्य, विषादी कति लाग्योे होला ? कहाँबाट व्यवस्था गरे होलान ? दुःख पसिनाको त मुल्य नै छैन । अनि बेच्नु परेको छ १५ रुपैँयामा ।
त्यतिनै खेर मेरो सोेच्ने तरिका फेरियो । यदी कृषि ६६ प्रतिशत नेपालीको जीवन चलाउने माध्यम हो भने, किन मल खाद बनाउने उधोग नेपालमा खोलिन्न ?
कृषि आधुनिकीकरण किन साना किसानसँग उनिहरुको आर्थिक पहुँचको हिसावमा पु-याइन्न ? किन सिचाइ पहिलो प्राथमिकतामा राखिन्न ? किसानको बाली सरकारको उचित मुल्यमा किनेर उपभोक्ता माझ पु-याउने निकाएको विकास किन गरिन्न ? खाद्य बालीको उचित मुल्य र संरक्षणका लागि पोष्टहार्भेक्ट प्रविधि र संरचनाको विकास किन गरिन्न ? उनीहरुकै वीउ खाद्य र अरु सबै बस्तु बढि मुल्यमा ल्याएर भारतसँग खुल्ला बजारमा कहिले प्रतिस्पर्धा गर्न सक्छौ ? कुरा सोचनिय छ ।
विचौलियाहरु मोटाउने र किसानहरु मारमा पर्ने आखिर कहिलेसम्म ? सायद पोष्टहार्भेष्ट प्रविधिको मात्र उपलब्धि भएको भए आज साइकलवाला दाइको विवशता देख्नु पर्देनथ्यो होला । वाली व्यवस्थापन गर्ने निकाय भएको भए आज दाई घरमा पैसा गन्दै मुस्कुराइरहेका हुन्थे होला ।
यी र यस्ता कुरा सोच्दै, अमिलो मन मान्दै म फेरी फेसबुकको भित्ता घोटिन थाले ।
सन्दिप देवकोटा
कृषी स्नातक
८औं समेस्टर
क्याम्पस अफ लाइफ साइन्स