संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (सलिराम), लिम्वुवान मञ्च नेपाल अन्तरगतको प्रवास समिती "संघीय लिम्बुवान सामाजिक मञ्च" (सलिसाम) इजरायल को दोश्रो ऎतिहासिक अधिवेशन सम्पन्न भएको छ।
विश्वनै कोरोना भाइरस द्वारा आन्क्रन्त भएको अवस्थामा प्रविधिको विकासलाई उपयोग गर्दै Zoom को माध्यम द्वारा अधिवेशन गरिएको हो।
अधिवेशन लाई संबोधन गर्नका लागि सलोराम, सलिम नेपालका केन्द्रिय अध्यक्ष कुमार लिङ्देन मिराक प्रमुख अतिथिका रुपमा उपस्थित थिए भने, प्रदेश नम्बर एक का माननीय तथा पार्टिका उपाध्यक्ष बिष्णु कुमारी तुम्बाहाङ्फे राई लगायत पार्टिका अन्य पदाधिकारी, विभिन्न प्रान्तिय समितिका प्रमुखहरु, प्रवास समितिका प्रमुख एवं प्रतिनिधिहरु, इजरायल मा स्थापित विविभिन्न बैचारिक एवं सामाजिक संघ संस्थाका प्रमुखहरुको उपस्थितिमा सम्पन्न सो अधिवेशन द्वारा प्रकाश पहिमको अध्यक्षतामा १३ सदस्यीय समिती निर्वाचित भएका छन।
पाहिमको अध्यक्षतामा निर्वाचित नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष प्रताप मादेन, उपाध्यक्षदय दुर्गा चाेङबाङ, इन्दु लावती, महासचिव गीता तुम्बाहाङफे, सचिव संगीता आङथुपो, अर्थसचिव धनु देवान रहेकाछन। यसैगरी सदस्यहरु प्रविन आङबुङ, बसन वनेम , सुदिप आङबुहाङ, खुमा मगर लिम्बु र रोजी मगर रहेका छन।
अधिवेशन लाई संबोधन गर्दै पार्टी अध्यक्ष लिङ्देन ले भने, हामी नेपालको राष्ट्रिय अखण्डता लाई प्राथमिकतामा राखेर शान्तिपुर्ण अनि शसक्त आन्दोलनको पक्षमा रहेको छौं। शासक वर्गले नेपालका उत्पीडित जाती, वर्ग, क्षेत्र र लिङ्ग माथी सादा शासन गरि रहने सोचमा छन् । उत्पीडित जनताका माग अनि आन्दोलन लाई जसरिपनी दबाएर राख्ने पक्षमा छन् । शासकहरु देश र जनताको भावना बिरुद्धमा छन । तसर्थ देशका उत्पीडित समुदायहरु एक भइ एकात्मक राज्य सत्ताको बिरुद्धमा एक ठाउमा आउन आवस्यक रहेको बताउदै । निर्वार्चित नयाँ समियिलाई शुभकामना एवं सफत गराएका थिए ।
कार्यक्रमको अध्यक्षता निवर्तमान अध्यक्ष माया चेम्जोङ आङ्देम्बे ले गरेका थिए भने, गिता तुम्बाहाङ्फे फुदोङ ले कार्यक्रम संचालन गरेका थिए ।