सरकारले भौतिक निर्माण सामाग्री ढुवानी गर्ने मालबाहक गाडीहरुलाई दिनमा आवतजावत गर्न रोक लगाउनु अब्यबहारिक रहेको बागमती प्रदेशका माननीय सांसद प्रभात लामा बताएका छन।
विगत लामों समय देखी काठमाण्डौ उपत्यकामा गिट्टी , बालुवा,ग्रावल,ढुङगा तथा अन्य निर्माण सामग्री ढुवानी गर्ने टिप्परलाई दिनको समय रोड प्रवेशमा रोक लगाईनु सरकारको अव्यवहारिक र अवैधानिक नीति भएको बागमती प्रदेशका माननीय सांसद लामाको ठम्म्याई छ।
सांसद लामाले अनलाईन मिडिया मुग्लानी खबर सङ्ग कुराकानी गर्दै सरकारले बिगत लामो समय देखी टिपरहरूलाई काठमाण्डौ उपत्यकामा प्रवेश रोक लगाएको छ ! जसले गर्दा टिपर व्यवसायी र मज़दूर प्रत्यक्ष रूपमा प्रभावित पर्नुका साथै भौतिक निर्माण कार्यमा ढिलाई तथा मूल्य वृद्धि समेत हुन पुगेको समेत बताएका छन । सरकारको द्वीचारित्रीक नीति: एकातिर भौतिक निर्माण कार्यलाई समयमा सम्पन्न गर्नुपर्ने र अर्कों तिर सरकारकै नीतिका कारण निर्माण सामग्रीको ढुवानिमा प्रभावित हुने गरी ट्रक तथा टिपर लाई रोक लगाएको छ जसले गर्दा व्यवसायी तथा मजदुरहरु चरम मर्कामा परेका छन।
सड़क जामको समस्या देखाएर सरकारले व्यवसायी,मज़दूर तथा भौतिक विकास नै प्रभावित हुने गरी यस किसिमको निर्णय लागू गर्नु सरकार गाड़ी गुड़ने व्यवस्था सम्म मिलाऊँन नसकनु सरकारको निरीह, अव्यवहारिक र अवैधानिक छ।
|
सरकारले गाड़ी सड़कमा गुडे बापत रोड कर तथा सवारीकर उठाउने गरेको छ र सरकारकै नीति अनुसार नेपालमा काम काजको समय पनि दिनमा तोकिएको छ तर सरकारले दैनिक कामकाजको समयमा ट्रक तथा टिपरलाई चलाऊँन रोक लगाए पछि त्यही व्यवसायी बाट कर उठाउनु नेपालको संबिधानको मर्म विपरीत र अव्यवहारिक भएको सांसद लामाको तर्क रहेको छ ।
सरकारको यस्तो द्वीचारित्रीक नीतिका कारण व्यवसायीले निर्बाध काम गर्न नपाउदा आमदानी गर्न नसके पछि पछिल्लो समयमा बैक तथा बितिय संस्थाको कर्जा तिर्न नसक्दा बैक तथा बितिय संस्थाले व्यवसायीको धेरै गाड़ी लिलाम गरी क़र्जा अशुल गर्नु परेको छ भने बैकको कर्ज़को प्रेसर र नसकी व्यवसायीले आत्मा हत्या समेत गर्न पुगेको उदाहरण छर्लँग छन।
सरकारले उक्त निर्णय सच्याएर ब्यबस्थापन गर्न आग्रह गर्दै यदि यो निर्णय नसच्याएमा आफ़ु व्यवसायी तथा मजदूरहरू पक्षमा लडनको लागी तयार रहेको चेतावनी समेत दिएका छन।
भौतिक संरचना निर्माणका सवारी साधन गुड्ने सडक ब्यबस्थापन गर्न नसक्नु सरकारको नीति निरीह, अव्यवहारिक र अवैधानिक छ।