बागमती प्रदेश, रसुवाका माननीय सांसद प्रभात लामा तामाङले ईस्लाम धर्मावलम्बीहरुको दोश्रो महान चाड बकर ईदको पावन अवसरमा देश बिदेशमा रहनु भएका मुस्लिम तथा गैर मुस्लिम नेपाली आमाबुवा, दाजुभाई तथा दिदिबहिनि लगाएत सम्पुर्ण नेपालीहरुमा शुभकामना ब्यक्त गरेका छन।
बकर–इद (इदुल जोहा) ले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व प्रबर्द्धन गरी आफ्नो मौलिक संस्कृति र परम्परा संरक्षण तथा सम्बर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने तथा सास्कृतिक धार्मिक चाड भएको बताएका छन।
इस्लाम धर्मावलम्बीको पर्व बकर–इदका अवसरमा शुभकामना सन्देश दिँदै सांसद लामाले बिश्वमा कित्ताकाटको राजनिती र विभिन्न जातिय,लैङ्गिक विभेद र हिंसाले बिद्द्मान भैइरहेको क्रममा नेपालीहरुको स्थायित्व,मेलमिलाप , भातृत्व, आर्थिक विकास, समृद्धि र जनताको जीवनमा सुख हासिल गर्ने राष्ट्रिय आकाङ्क्षालाई सार्थक बनाउन यस पर्वले प्रेरणा प्रदान गरोस् भन्ने समेत कामना गरेका छन् ।
सांसद लामाले सन्देशमा सम्पुर्ण नेपालीहरुको सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको शुभकामना व्यक्त गर्दै
नेपालमा धार्मिक, सांस्कृतिक र भाषिक लगायतका विविधतालाई संवैधानिक रुपमा सम्मान र संरक्षण गरिएको उल्लेख गर्दै “विविधता बीचको एकता" नै हाम्रो ठूलो मौलिक सम्पत्ती हो। बिश्वकै सास्कृतिक रुपमा धनी सौभाग्यशाली हामी नेपाली हौ।