बसन्त राज सुब्बा
झापाको कमल गाउँपालिका वार्ड नं ३ स्थित केराधाप चौकमा युवाहरुले जुनेश हेयर कटिंङ आमा भेराईटीज र गामी साहाकारी पसल संचालन गरेका छन् ।
जुनेश हेयर कटीङका प्रो. जुनेश राउत बगानेटोल स्थानीय बासी हुन । उनी विदेशबाट फर्किएपछि आफ्नै देशमा केहि गर्नु पर्छ, विदेशमा गरेको मेहनत जस्तै आफ्नो देशमा मेहनत गरे परिवार सगै रहेर आफ्नो व्यवसाय संचालन गर्न सकिने र सफल भईने उनले बताए ।
उन्ले आफ्नै ठाऊँमा खोलेको जुनेश हेयर कटिंङमा सफा सुगर सहित सुपत मूल्यमा ग्राहकको रुचि अनुसार कपाल काटीने र सरकारको मापदण्ड अनुसार खोलिएको बताएका छन् ।
त्यस्तै आमा भेराईटीजका प्रो . डिल्ली न्यौपाने हुन उहाँ पनि लामो समय वैदेशिक रोजगारीबाट नेपाल फर्किए पछि आफ्नै देशमा मेहनत गरे विदेशमा भन्दा स्वदेशमै कमाउन र बचाउन सकिने भनी आमा भेराईटीज संचालनमा ल्याएको बताए, आमा भेराईटीज दैनिक उपभोग्य समान, लगायत पशु आहार,पूजा सामग्री तथा चामल ,कोदो होलसेल तथा खुद्दा बिक्री गरिनुका साथै ई- सेवा अंतर्गतका सबै काम गरिन्छ ।
उहाँ यस क्षेत्रमा सामाजिक अभियंताका रूपमा सक्रिय भईरहनु भएको छ । त्यस्तै गरी गामी भेराईटीजका प्रो. नितेश गामी हुन उनले कमल गाउँपालिका वार्ड नं ३ केराधाप चौक मैं सबै प्रकारका प्लाटिकका सामग्री उचित मूल्यमा पाउनुका साथै खाद्यान्यका सामानहरु सुपथ मूल्यमा पाउने र अडर अनुसार बर्थडे केग पनि उपलब्ध हुने पसल संचालनमा ल्याएका छन् ।
यस पसलबाट आवश्यक सामग्रीहरु चाहिएको खण्डमा फोन सम्पर्क गरी उपलब्ध गर्ने व्यवस्था पनि गरीएको छ ।
कमल गा. पा वार्ड नं ३ केराधाप चौकमा अहिले विभिन्न पसल मासु पसल , वार्डवेयर , तरकारी पसल , किराना पसल, मिनी डिपार्टमेंट स्टोर , भेटनरी औषधी लगायतका पसलहरु संचालनमा आएका छन् ।
केराधाप चौक क्याम्पा केर्खा जाने बाटो बीचमा पर्दछ यो अहिले नमुना चौकको रूपमा विस्तार हुदैछ ।