वसन्त राज सुब्बा / झापा
दमक पब्लिक लाइब्रेरी युथ टिमको प्रथम शाखाको रुपमा पठन संस्कृतिको बिकास गर्दै ,उधमशिल विकास , व्यक्तित्व तथा नेतृत्व बिकास , समतामूलक समाज निर्माणका लागि सामाजिक कार्यक्रम गर्ने उदेश्यले डिपिएल कमल युथ टिम कमल गाउँ पालिका मा १९ सदस्य तदर्थ समिति राजन चापागाईंको अध्यक्षतामा गठन गरिएको छ ।
उपाध्यक्ष सञ्जु निराैला र आशिष लेछर्वो, सचिव अर्जुन गुरुङ , सह सचिव पुजा राई,कोषाध्यक्ष सुशील पोख्रेल , सहकोषाध्यक्ष देबु चापागाईं , अनुशासन विभाग प्रमुख जितेन साम्पाङ , महिला विभाग प्रमुख रुबिना बिष्ट तथा संगठन विभाग प्रमुख निविन बस्नेत लगायतको तदर्थ समिति कमल गाउँपालिकामा बसोबास गर्ने ४५ जना युवाहरुकाे उपस्थितिमा सम्पन्न गरिएको छ ।
कोरोना भाईरस जोखिम मूल्यांकन गर्दै सामाजिक दुरी कायम गरी कमल ३ केर्खा स्थित वण्डरलेण्ड मा. वि. मा एक भेला बिच टिपिएल अध्यक्ष विनोद उप्रेती को प्रमुख आतिथ्य , विशिष्ट आतिथी वण्डरलेण्ड प्रिंसिपल अग्नि कोइराला , अतिथिहरु समाजसेवी मोहनराज श्रेष्ठ , पत्रकार बसन्तराज सुब्बा , सागर सहयात्री , कृषा दाहाल , दिवाकर पाँचकोटी , सन्दीब लिम्बू ,भोला राजवंशी लगायतको उपस्थित रहेको थियो ।
भने यस कार्यक्रमलाई औपचारिक रूपमा सहजकर्ता टिपिएल युथ बोर्ड टिम सचिव आशिष न्याैपाने ले गरेका थिए भने कार्यक्रम संचालन जितेन साम्पाङ राईले गरेका थिए ।