बसन्त राज सुब्बा
१२ साउन झापा केर्खा - कमल गाउपलिकामा पूर्व राजपा ( हाल जसपा ) युवा नेताहरु बिच चियापान तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।
उक्त भेटघाटमा राजनैतिक शक्ति,देशमा भइरहेको राजनैतिक घटनाहरु, संगठन विस्तार साथै समाजमा युवाहरुको अहम भूमिकाको बिषयमा छलफल भएको थियो।
भेटघाटमा पुर्व रा ज पा ( हाल जसपा) प्रदेश १ का युवा अध्यक्ष राेसन लिम्बू,युवा प्रदेश सदस्य मन कु राई, झापा जिल्ला युवा उपाध्यक्ष कमल गुरूङ्ग, संखुवासभा युवा अध्यक्ष गंगा प्रसाद गुरूङ्ग, दमक नगर युवा अध्यक्ष अादेश पाण्डे, उपाध्यक्ष किरण मगर,कमल गाउँपालिका पार्टी अध्यक्ष महेश राजबंशि,उपाध्यक्ष मनोज धमला,कमल गा पा वार्ड न ३ अध्यक्ष देबेन्द्र मादेन लिम्बू , सदस्य डिडिसन भुजेल, वार्ड नं ४ का अध्यक्ष टंक बुढाथोकी, उपाध्यक्ष अायुश राई र पत्रकार प्रगतिशील बहसका प्रबर्द्धक अबिन मेनाङबो लगायतका युवाहरु बिच भेटघाट सम्पन्न भएको थियो ।
अहिले घटीरहेको समसामयिक घटनाका विषयमा सरकारले कानूनको धज्जा उडाउडै न्यायको विषयमा कसैलाई काखा कसैलाई पाखा गर्ने नेपाल सरकारको निर्णय प्रति गहिरो आपत्ति रहेको प्रदेश १ का युवा अध्यक्ष रोसन लिम्बूले जनाए ।
उनले थप्दै भने अहिले भर्खरै मात्र चेपाङ बस्तीमा राज्यले लगाएको आगो प्रती हाम्रो आपत्ति छ । यश कुरामा सरकारले उचित छानवीन गरी पीड़ितहरुलाई राहत तथा बसोबासको व्यवस्था गरियोस भन्ने माग समेत उनले राखे ।
अन्तमा पार्टी तथा युवा संगठन देशव्यापीरूपमा र प्रदेश १ भरीको जिल्लाहरुमा संगठन विस्तार भईरहेको र अझ बलियो तरीकाले लैजान संगठनका युवाहरुलाई आग्रह तथा शुभकामना युवा नेता लिम्बूले व्यक्त गरे ।