दोहा स्याङ्जा सहयोग समाज कतारको विशेष पहलमा क्यान्सर पीडित मेक बहादुर रोकालाई आर्थिक सहयोग गरिएको छ ।
स्याङ्जा जिल्ला,अर्जुनचौपारी गाउपालिका वार्ड न.१ निवासी रोका गत एक बर्ष देखि भारतको नयाँ दिल्लीमा क्यान्सरको उपचारार्थ रहेका र आर्थिक अवस्था नाजुक भएकोले आर्थिक सहयोग गरिएको हो ।
उपचारमा लाग्ने थप खर्चको लागि सो परिवार असमर्थ रहेको विभिन्न ठाउँबाट जानकारी प्राप्तभए अनुसार देशदेखि बिदेशबाट टुकराज अर्यालको नेतृत्वमा झन्डै ने रु ४००,०००/- चार लाख बराबर सहयाेग संकलन गर्न सफल भएकाे छ भने समाजका उपाध्यक्ष सुर्य अर्यालको संयोजकत्वमा ने. रु :२०४,५०० /- (ने रु : दुई लाख चार हजार पाँच सय) आर्थिक संकलन गरि पठाइयेको छ ।
सो रकम समाजका पुर्व अध्यक्ष एबम बर्तमान सल्लाहकार टुकराज अर्यालको हातबाट पीडित परिवार मा हस्तान्तरण गरिएको छ। उक्त आर्थिक संकलनमा स्याङ्जा सहयोग समाज कतार, स्या.स.स.अर्जुनचौपारी गाउँपालिका इकाई कतार र QRC कम्पनी का सहयोगी व्यक्तित्व हरुको विषेश भुमिका रहेको छ ।
नेपालबाट अति नै सक्रियता साथ देश-बिदेश बाट सहयोग को लागि आव्हान गर्दै अहोरात्र खटेर लागि पर्नु भयेको मा टुकराज अर्याल प्रति हार्दिक आभार प्रकट गरेको छ ।
त्येस्तै आर्थिक संकलनको क्रममा बिशेष भुमिका निभाउने स्या.स.स. अर्जुन चौपारी ईकाईका पदाधिकारीहरु साथै QRC कम्पनीका सहयोगी ब्यक्तित्व राज कुमार जि सि , नगेन्द्र रिमाल लगायत QRC कम्पनी का सम्पुर्ण सहयोगी मन हरु प्रति समाज कतारले धन्यवाद ब्यक्त गरेको छ ।
बिरामीको शिघ्र स्वास्थ्य लाभ को कामना गर्दै उक्त सहयोग संकलन अभियान मा साथ दिने स्याङ्जाबासी एबम गैर स्याङ्जा बासी सामाजिक अभियन्ता हरु प्रति स्याङ्जा सहयोग समाज हार्दिक आभार प्रकट गरेको अध्यक्ष अजमत अलिले बताए ।