बसन्त राज सुब्बा/ कमल गाउँपालिका वार्ड नं २ स्थित क्याम्पा बजारमा ऐतिहासिक स्थलको रुपमा रहेको तोपगाछीलाई आज मिति २०७७साउन ११ गते कमल गाउँपालिका प्रमुख मेनुका काफ्ले, उपाध्यक्ष बेनु सिवाकोटी ल्स्थितीमा तोप + गाछीको स्थल निर्माण गरी चौकको रूपमा उद्घघाटन गरीएको छ ।
स्थानीय बासी तथा युवाहरुको सक्रियतामा यस स्थललाई पूर्णता दिनेकाम गरिएको छ ।
स्थानीय बासीको भनाईमा ऐतिहासिक तोपगाछी नामलाई स्मरण गरी रहन तोप र गाछीको निर्माण गरी चौक रूपमा राखिएको छ ।
यसै तोपगाछी नाम बाट पहिले गा. वि. स स्थापना गरिएको थियो । हाल यस क्षेत्रको नाम कमल गाउँपालिका रहेको छ ।
यस कमल गाउँपालिका प्रमुख मेनुका काफ्लेका अनुसार ऐतिहासिक तोपगाछी नामकरण २०१८ साल बाट राखिएको हो ।
यसको छूटै इतिहास रहेको बताएका छन् । अहिले त्यस ऐतिहासिक नामलाई स्थानीय बासी तथा युवाहरुको सक्रियतामा पार्कको रूपमा क्याम्पा बजारमा स्थापना गरिएकोमा सबैलाई धन्यवाद दिएका छन् । र कार्यलाई युवाहरुको आफ्नै सक्रियतामा लगानी जुटाई यस निर्माण कार्य पुरा गर्न सफल भएकोमा प्रशंसा गर्नु भयो ।
यस तोपगाछी पार्कको निर्माण कार्यमा रहेको अध्यक्ष अशोक सुब्बा लिम्बूको सक्रियतामा सम्पन्न भएको छ । यो २ महीना अघि देखि बनाउन सुरुवात गरेको थियो । यस तोपगाछी नामकरण इतिहासको बारेमा अन्य अतिथिले पनि आफ्ना राय व्यक्त गरेका थिए ।
यस कार्यक्रममा कमल गाउँपालिका उपाध्यक्ष बेनु सिवाकोटी , वार्ड नं २ का अध्यक्ष तारा नाथ न्यौपाने , नेकपा गाउँपालिका साबिक तोपगाछी सभापति भीम राई , कांगेसका पूर्व सभापति पूर्णमान खाकी , कमल मदन आश्रित स्कूलका प्रिंसिपल हेम दहाल लगायतका उपस्थित थिए ।