काठमाण्डौको सामाखुसी स्थित कान्तिपुर मेन पावर मार्फत साउदी स्थित Alrafga contracting Damam कम्पनीमा गएका करिब १२ जना नेपालीहरु बिगत १७ महिना देखि बिचल्लीमा परेको भन्दै उद्दार गरि नेपाल फिर्ता आउने बाताबरण मिलाईदिन सम्बन्धित सबैमा आग्रह गरेका छन।
दाङ घोराही उपमहानगरपालिका १२ का हुम बहादुर डिसी लगाएत विभिन्न जिल्लाका गरि १२ नेपालीहरु आफुहरुलाई कान्तिपुर मेनपावर र एजेन्टहरुले प्रती ब्यक्ती १ लाख २० हजार लिई जानी जानी फसाएको बताएका छ्न।आफुहरु साउदी पुगेको तीन महिना देखी मेन पावरले भने बमोजिम काम र सेलरी नपाएको उनिहरुको गुनासो रहेको छ।उनिहरुले नेपालबाट जादा १०००+ ३००( खाना) रियाल सम्झौता गरेता पनि गएदेखी नै खानाको पैशा कम्पनीले नदिएको बताएका छन।
तर गत जनवरी देखि भने उनिहरुले बेसिक सेलरी समेत नपाएको,खाना,पिउने पानी,त्यस्तै गरि सुत्ने बेड समेत नभएको आफुहरु मर्नु र बाच्नुको दोसाँधमा रहेकोले मेनपावरलाई त्यहाँबाट निकाल्न बारम्बार अनुरोध गरेता पनि मेन पावरका संचालक धनलाल जैसीले उल्टै धम्काएको बताएका छन।
त्यसैगरी अर्का पिडित दाङ घोराही निवासी हुम लाल डिसीले रुदै भने संचालक धनलाल जैशीले मेरो परिवारले समेत फोन गर्दा उल्टै थर्काएका छन भने एजेन्ट रोल्पा ओत निवासी तथा रोल्पा फुलबारी गेस्टहाउस काठमाण्डौका संचालक सर्बजित बुढाले कान्तिपुर मेनपावरको संचालक धनलाल जैशी नेकपाका अध्यक्ष तथा पुर्ब प्रधानमन्त्री पुष्प कमल दाहालको निकट भएकोले मिडियामा आए तिमिहरु नै उल्टै दुख पाउनेछौ भन्दै जवाफ दिएका थिए।पिडित डीसीले रुदै भने आमा बुढी हुनुहुन्छ श्रीमती बिरामी छिन हामी आफै भोकमरीमा बाच्ने मर्नेको दोसाधमा छौ जसरी पनि हामिलाई यहाँबाट निकाल्नुहोस।
पिडितहरुको नाम नामवली यसप्रकार छ। हुम बहादुर डीसी दाङ घोराही ,श्याम ब,दमाई बाणगंगा 8 कपिलबस्तु,हिरा सींग पुन मगर माडी गाउपालीका 1 जवांग रोल्पा ,छबिलाल चौधरी थारु घोराही 8 बाहुन डाडा , योगेश बि के लुम्ले 7 कास्की , योगेन्द्र किशान मङ्गला गा पा 2म्याग्दी , भुपती जैसी बागलुङ , राकेश कुमार यादव सप्तरी पथरगडा , हर्क बहादुर रोका मङ्गला गा पा 4 बरङजा लगाएतका रहेका छन।
हेर्नुहोस बाकी भिडियोमा ....