मुग्लानी खबर
22 जुलाई- 2017- शनिबार
बिगत बाह्र बर्ष देखि कतारमा कार्यरत रहदै बिभिन्न संघ सस्थामा आबद्ध भई समाज सेवा गर्दै आफ्नो जातीको बिकाश,पहिचानको लागि अनबरत संघर्षसील युवा तथा सुनुवार सेवा समाज कतारका प्रथम उपाध्यक्ष सर्बधन सुनुवारको गत ९ जुलाई २०१७ का दिन आफ्नै कोठामा सुतेको अबस्थामा असामहिक दु:खद निधन भएको थियो।उहाको पार्थिब शरिरलाई अस्ति मात्र नेपाल पुर्याई हिजो सुनुवार सेवा समाज नेपालको संलग्नतामा पसुपती आर्यघाटमा अन्त्यस्टी गरिएको छ।त्यसैदिन स्व.सर्बधन सुनुवारको चिर सान्तीको कामना गर्दै उहाँको सम्झनामा सुनुवार सेवा समाज साखा कतारको आयोजनामा श्रदान्जली कार्यक्रम सम्पन्न भएको छ।
सुनुवार समाज कतारका अध्यक्ष सामुयिल सुनुवारको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथी नेपाल प्रबाशी आदिबाशी जनजाती महासङ्घ कतारका अध्यक्ष देवराज राई थिए भने अन्य उपस्थितिहरुमा सस्थाका प्रमुख सल्लाहकार सोम सुनुवार,नेपाल प्रबाशी आदिबासी जनजाती महासङ्घ कतारका प्रमुख सल्लाहकार सियाराम चौधरी,नेपाल मगर संघ कतारका उपाध्यक्ष अभिमत पुन मगर,किरात याक्थुम चुङ्लुङ कतारका हर्क खजुम,तमु गुरुङ समाज कतारका धन बहादुर तमु,किरात राई यायोख्खा साखा दोहाका एकराज राई, नेपाल प्रबाशी तामाङ समाज कतारका उपाध्यक्ष तेज मोक्तान तामाङ,नेवा पुच:कतारका उपेन रत्न शाक्य,तमु प्ये लु संघ कतारका युद्ध जङ तमु,खोटाङ सेवा समाज कतारका तिला ब. खत्री र समाजसेबी किशोर सुनुवार,धिरज चाम्लिङ,चन्द्रशेर राई, साहित्यकार तिर्थ सङ्गम राई,पत्रकार तिलबिक्रम थेबे लगाएत विभिन्न संघ सस्थाका प्रतिनिधिहरु र थुप्रै नेपाली दाजुभाई दिदिबहिनीहरुको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रममा आसनग्रहण पछी दिप प्रज्वलन गरी स्व. सर्बधन सुनुवारलाई सम्झिदै उहाको चीर सान्तिको कामना गर्दै उपस्थित सम्पुर्ण बाट एक मिनेट मौनधारण गरिएको थियो।उनको आत्माको सान्ती र बैकुण्ठको बाँस हओस भन्ने कामना का साथ साथै इस्ट्मित्र र परिवारजनमा गहिरो दुख ब्यक्त गर्दै कार्यक्रमका सभापती,प्रमुख अतिथी लगाएत उपस्थित सम्पुर्णले उनको तस्बीरमा जल अछिता र पुस्पार्पण गरि स्रदान्जली दिएका थिए।सस्थाका प्रमुख सल्लाहकार सोम सुनुवार द्वारा उहाको संक्षिप्त रुपमा जिवनी पढेर सुनाउनु भएको थियो।२०४१ साल श्रावण ४ गते खोटाङमा जन्मनु भएका स्व.सर्बधन सुनुवार परिवारको एक्लो छोरो भएको र उहाको अहिले सम्म सन्तान नभएकोले उपस्थित झन दुखीत भएका थिए।
श्रदान्जली मन्तब्यका क्रममा तिल बिक्रम थेबे,तिर्थ सङ्गम राई,चन्द्रशेर राई,धिरज चाम्लिङ,दिलकिरण खजुम,अमृत राई,तिला ब खत्री,युद्द जङ तमु,तेज मोक्तान,धन ब.भुजेल,एकराज राई,धन ब.तमु,हर्क खजुम,सियाराम चौधरी लगाएतका ब्यक्तित्वहरुले उहाले गरेका योगदान बानी व्यबहार चालचलनको स्मरण गर्दै स्रद्धा सुमनका भावहरु पोखेका थिए।त्यसैगरी कार्यक्रम का प्रमुख अतिथी देबराज राईले पनि उहाँ आफ्नो जाती पहिचान र समाज बिकाश निर्माणमा अत्यन्तै लगनसिल सबैसङ खुल्ला दिलका मात्र नभई परिवार प्रती पनि अति जिम्मेवार ब्यक्ती भएको बताउदै स्व.सर्बधन सुनुवार प्रती हार्दिक स्रद्धा सुमन ब्यक्त गरे।
कार्यक्रम को अन्तिम चरणमा सभापती सामुयिल सुनुवार बोल्दै उहाँको परिवार सङ गरिएका सम्बाद बा -आमाका चाहानाहरुका बारेमा बताउदै उहाको सहारा बिहिन बा आमाको सहयोग स्वरुप केही आर्थिक सहयोग समेत गर्ने बताउनु भयो।बोल्दाबोल्दै भावबिभोर सुनुवारले बा आमाले उनको सम्झनामा मन्दीर निर्माण गर्ने बिचार रहेकोमा सहयोग गर्न तयार रहेको बताउदै उहाँको आफ्नो जाती गाउ समाज र सस्थाप्रति उहाँकै हातबाट केही गर्ने सपनाहरु अधुरा रहेपनी त्यस्लाई सस्थाले पूरा गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो।उहाँका हरेक कार्यको प्रसंसा गर्दै दिबङ्गत आत्माको चीर शान्तिको कामना गर्दै भावपुर्ण श्रदान्जली र परिवारजन प्रती गहिरो समबेदना ब्यक्त गर्दै यो अकल्पनीय घटनामा सबैलाई इस्वरले धैर्यधारण गर्ने शक्ति प्रदान गरून् सर्बधन अल बिदा ..... भन्दै कार्यक्रम समाप्त भएको घोषणा गरेका थिए।सस्थाका सचिव र महासचिवको अनुपस्थितिमा सस्थाका संरक्षक पुरोशक्त सुनुवारले कार्यक्रम सन्चालन गरेका थिए।