दोहा समाज सेवा अभियान रुपन्देही कतार द्वारा सस्थाका पुर्व अध्यक्ष तथा समाजको विभिन्न विशिष्ट पदमा रहेका राम केवल यादव लाई एक कार्यक्रम बीच बिदाई गरेको छ ।
बिगत लामो समय देखी वैदेशिक रोजगारिको सिल सिलामा कतारमा रहेका यादव प्रवासको बसाइलाई बिट मार्दै आज स्वदेश फर्किएका छ्न ।
कतार बसाईको क्रममा उनी समाजको विभिन्न महत्वपूर्ण पदहरु: सस्थापक उपाध्यक्ष,पुर्व अध्यक्ष, व्यबस्थापक समिति सदस्य जस्ता गरिमामय पदिय जिम्मेवारी निस्वार्थ रुपमा पूरा गरि समाज र सस्था प्रती कटिबद्ध रहदै आएका थिए ।
बिदाइ गर्ने क्रममा सस्थाका संरक्षक अर्जुन प्र भट्टराईले बोल्दै सस्थालाई गरेको योगदान सदा सदा याद गरिरहने छ र नेपाल भयपनी सस्थागत सम्बन्ध रहिरहने छ भन्दै मायाको चिनो स्वरुप घडी दोसल्ला ओडाई सम्मान पत्रको साथ सम्मान गरेका थिए । त्येस्तै संस्थाका प्रमुख सल्लाहकार डिल्लीराम भट्टराई,कार्यसमिति सदस्य मुक्तिराम पोखरेल लगायत सस्थाका बरिस्ठ ब्यक्तित्व हरुको उपस्थिति रहेको थियो।
समाजका अध्यक्ष बिष्णु खड्काले बोल्दै पुर्व अध्यक्ष तथा बरिस्ठ ब्यक्तित्व राम केवल यादवले स्थापना काल देखि संस्थाको स्थायित्व र विकासका तथा अग्रणी भुमिका र अतुलनीय योगदानको उच्च मुल्यांकन गर्दै नेपाल बसाई सदैव सुखद,उन्नती प्रगती हओस भन्ने कामना गर्दै आगामी दिनमा पनि सस्था र समाजप्रतिको यहाको उत्तरदायित्व, सुझाब सल्लाह प्रतिक्रिया निरन्तर रहिरहोस भन्ने आशा राखेका थिए ।
"सामाजिक तथा आर्थिक अभियानमा सहकार्य" आत्मनिर्भरता र समृद्ध जीवन सबैका लागि अपिहार्य " भन्ने मुल नाकारा साथ सन : २००९ मा प्रवासी भुमी कतारमा स्थापना गरिएको सामाजिक सस्था समाज सेवा अभियान रुपन्देही कतारले यहाँ रहेका नेपाली समाजको निम्ति हर सुखदुःखमा सारथि बन्दै आएको छ ।