काङ्ग्रेस महामन्त्री शशांक कोइरालाको स्विकारोक्ति यो छ कि गणतन्त्र भन्दा राजतन्त्रको जमात बढ्यो ।उनको यो भनाई आज श्रावण ६गते ३८औ विपि स्मृति दिवसको उपलक्ष्यमा युवाहरुको भर्चुअल माध्यमबाट गरिएको कार्यक्रममा आएको हो।
विपि कोइरालाको महाप्रस्थान अगाडि उनले २०३३ साल देखि अपनाउँदै आएको राष्ट्रिय मेलमिलाप तथा एकताको निति नै नेपालको लागि सर्वाधिक हितकर छ र यो राजा सहितको प्रजातन्त्रको निति म नरहे पनि नेपाली कङ्ग्रेसले अवलम्बन गरोस,यस्मा नेपाल र नेपालीको मात्र होइन काङ्ग्रेस र काङ्ग्रेसीको पनि हित अन्तरनिहित छ।
तर ६२\६३को कथित जनआन्दोलनमा तत्कालीन काङ्ग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले विपिको मार्ग निर्देशन लत्याउँदै गणतन्त्रको बाटो अवलम्बन गरे र साथमा बाह्यशक्तिले भिडाई दिएको तत्कालीन माओवादीको एजेण्डा धर्म निरपेक्ष र संघियता पनि बोक्न पुगे।
नेपाल जस्तो राजा र जनताको एकाकारबाट निर्मित मुलुकमा त्यस्ता एजेण्डा सफल हुने त संभावना थिएन नै,उल्टो राष्ट्रिय अस्तित्व पनि संकटमा पर्न गएको सर्वविदितै छ।
यतिखेर मुलुकमा कोरोना महासंक्रमण, बाढी पहिरो सलह जस्ता प्राकृतिक प्रकोप छ भने देशको अर्थतन्त्र डामाडोल छ।साधारण खर्च धान्न मुस्किल परेको अर्थमन्त्री बताइरहेका छन।बिकास निर्माणमा लगानी हुन सकिरहेको छैनन्, विनियोजित खर्च आधा पनि हुदैन, अन्धाधुन्द किसिमले बजेट रकमान्तर भएका छन।सवारी साधनमा डेढ अरब छुट्याइएकोमा ६ अर्बको खरिद गरेछन।भीआईपीको भ्रमणमा सात करोड राखेकोमा सत्र करोड खर्च गरेछन् ।कृषिमा परामर्श सेवामा मात्र पौने तिन अरब खर्च देखाइयो ,यि र यस्ता हजारौ अनियमितता महालेखापरीक्षकको प्रतिबेदनमा देखिए।बेरुजु त महाप्रलयङ्कारी रुपमा प्रकट भाको छ अर्थात जनताको कर र जनता माथि थोपरिएको ऋणको भारबाट बहन गरिएको राज्यकोषमा ब्रम्हलुट मच्चिएको छ।
गुणस्तरिय शिक्षा र स्वास्थ्यमा जनताको पहुँच नगण्य छ,अधिकांस नागरिक साक्षरताबाट माथि उठ्न सकेका छैनन्, जो उठेका छन तिनिहरु पनि प्राय बेरोजगार छन।स्वास्थ्यमा त हास्यास्पद स्थिति छ,सिटामोल जिवनजल पनि नपाएर कयौ मृत्यु बरण गर्न बाध्य पारिएको छ।
भ्रष्टाचार अनियन्त्रित भयो अख्तियार भन्दैछ ,संस्थागत भ्रष्टाचार, नीतिगत भ्रष्टाचार सबैखाले भ्रष्टाचार चरमोत्कर्षमा पुगेको र भ्रष्टाचारको मुहान नै सिंहदरबारमा छ।हामी तिनलाई कार्वाही गर्न सक्दैनौ र कोसिस गरे हामी नै रहन्नौ।हत्या, हिंसा,अपहरण, बलात्कार र आत्महत्या निकै बढेको छ।सभामुख जस्तो उच्च नैतिकतामा रहनुपर्ने पात्र बलत्कार अभियोगमा थुनिए, प्रहरी प्रमुख जस्ता पात्र अपहरण आरोप बेहोरेको,र अधिकांस मन्त्री प्रशासक नेता हरुको उच्च बिलासी जिबनसैली देखेर जनता छक्क छन।जताततै दलाली, बिचौलिया, तस्कर, माफियाहरुको बिगबिगी छ।
परराष्ट्र निति चौपट छ,चिनियाँ राजदूत सत्ता समिकरण मिलाउन लागेकि छिन भन्दै पर्यटन मन्त्री योगेश गर्व गर्दै टुइटेको देखियो, एमसिसिको हर्कतले अमेरिका पजल छ,सबभन्दा नजिकको छिमेकी मित्रराष्ट्र भारत इतिहास मै सत्रुराष्ट्र बनाइएको छ।झन अयोध्या उटपट्याङले त जनता जनता बिचको सम्बन्धमा पनि फाटो ल्याउँने प्रयत्न गरियो ।सार्क,बिमिस्टेकको हालत पनि शिथिल परेको छ,समग्रमा परराष्ट्र मामला असफल छ।
राज्यका बिभिन्न संस्थाहरु कमजोर पारिएका छन।न्यायालयमा पार्टी कार्यकर्ता भरेका छन,संबैधानिक परिषद भागबण्डाको थलो भाको छ,न्याय परिषद अपाङ्ग बनाइयो।संबैधानिक आयोगमा योग्य राम्रा होइनन हाम्रा भर्ने प्रपञ्च छ। मुलुकमा योग्य, दक्ष,बिद्वानको कदर छैन।दण्ड र पुरस्कारमा बिवेक सुन्य छ ।
यस्तोमा राष्ट्रपतिय संस्थालाई सर्वाधिक विवादास्पद बनाइयो ।प्रथम राष्ट्रपति रामबरण यादब हुन या प्रथम महिला राष्ट्रपति बिध्या देवी भण्डारी दुबै मुलुकको राष्ट्रपतिको रुपमा नबसेर आआफ्ना पार्टीका सल्लाहकार जस्ता भुमिकामा देखा परेका छन्, यि भण्डारी त पटक पटक चाहे तत्कालीन प्रधानमन्त्री शेरबहादुरको शिफारिस लत्याएर होस,पार्टी फुटाउने अध्यादेश होस,सभामुख लाई जानकारी नदिई संसंदको अधिबेसन अन्त्य र नेकपाका आन्तरिक मामलामा जसरी लतारिएको छिन।यसले गणतन्त्रको औचित्य छैन् भन्ने प्रमाणित गर्दछ।
अब हिजोका गणतन्त्रको वकालत गर्ने नागरिक समाज, प्राज्ञ कहलिएका बिद्वान कहाँ छन?नेता पार्टी लाई जनताको प्रश्न छ किन लोकतन्त्र कालमा देश कङ्गाल र जनता बेहाल भयो?निषेध र बिभेद ज्यूकात्यू किन?बेथिति बिसंगति बिकृति हटाउन के ले रोक्यो?घृणा, द्वेष, असमानता, अन्याय,गरिवी किन? राष्ट्र,राष्ट्रियता, राष्ट्रिय एकता कमजोर किन भयो?
हो जननायक विपि कोइराला अनुभवी, त्यागी राजनेता हुनुहुन्थ्यो ।वाहाले प्रजातन्त्रकोलागि निरन्तर संघर्ष गर्नुभयो । सधैं राष्ट्र प्रथम हो राष्ट्र नरहे के को प्रजातन्त्र?तसर्थ राष्ट्रियताको लागि राजसंस्था अनिवार्य छ भन्ने निष्कर्ष थियो ।उनै जननेता महामानवको स्मृति दिवसमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु र काङ्ग्रेसजनहरुलाई बिपीले देखाएको बाटो स्मरण गराउँदै, समस्त दाजुभाई दिदीबहिनीहरुलाई राष्ट्रिय झण्डामा गोलबद्ध हुन आग्रह गर्दछु ।