मुग्लानी खबर डटम
दोहा कतारबाट ।
तामाङ जातिको परिवर्तन,शैक्षिक तथा आर्थिक सुदृढिकरण भन्ने मुल नारालाई लिएर अगडि बढेको नेपाल प्रवासी तामाङ समाज कतारको एतिहसिक १२ बर्ष पुगेको अवसरमा आयोजना गरेको बृहत संगितिक कार्यक्रम
डम्फु साँझ–२०१६ सेप्टेम्बर १२ तारिख सोमबार दोहा स्थित गल्फ प्याराडाईज होटेलमा बिसाल जनसहभागिताका बिच भव्यताका साथ सम्पन्न भयो ।
समाजका अध्यक्ष थर्चा लामा तामाङको सभापतित्व तथा नेपाल प्रवासी आदिवासी जनजाती महासंघ कतारका अध्यक्ष सियाराम चौधरीको प्रमुख आतिथ्य रहेको सो कार्यक्रममा बिशेष अथितिहरु मात्री संस्थाका प्रमुखहरु क्रमशः नेपाल मगर सघं शाखा कतारका अध्यक्ष महेन्द्र थापा मगर, किराँत यक्थुम चुम्लुङ कतारका प्रतिनिधि, तमु (गुरुङ्ग) समाज कतारका सचिव तेज ब.गुरुङ किराँत राई यायोक्खा शाखा कतारका अध्यक्ष अमृत कुमार राई, थारु कल्याणकारी सभा कतार च्याप्टरका अध्यक्ष सभापति,ई.अन्जनी कुमार चौधरी, नेपाल प्रवासी दराई समाज कतार, सुनुवार सेवा समाज शाखा कतारका अध्यक्ष सोम बहादुर सुनुवार, प्रवासी भुजेल समाज कतारका अध्यक्ष नियम भुजेल, नेवा पुचः कतार, माझी सेवा समाज कतार, तमु प्येल्ह संघ, कतार, नेपाली धानुक सेवा समाज कतार, संरक्षक तथा संस्थापक सुक ब. तामाङ,प्रमुख सल्लाहकार कुमार तामाङ, शंखलाल तामाङ, माइला वाइबा तामाङ, रोशन दोङ तामाङ, सुमन लामा, सुन्दर तामाङ म्हेन्दोमाया परिवार कतारका अध्यक्ष कन्छाराम तामाङ, नेपाली महिला समाज कतारका अध्यक्ष श्रीमती रेखा राई, अध्यक्ष ओखलढुंगा सेवा समाज कतारका अशोक सिङदन, सन्ध्य ग्रुप अलखोर कतारका अध्यक्ष बिरेन्द्र कुमार याक्थुम्बा लगायत कतार स्थित बिभिन्न संघ संस्थाका प्रतिनिधीहरुको आतिथ्य रहेको थियो ।
दुई चरण गरि सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथी तथा बिशिष्ट अतिथीद्वारा व्यानर अनावरण गरि उद्दघाटन गरिएको थियो भने सांगीतिक समुहको प्रत्यक्ष संगीतका साथ नेपाली राष्ट्रिय गित गाइएको थियो । संस्थाको द्धितिय उपाध्याक्ष्य तेज मोक्तान तामाङले सो कार्यक्रम स्वागत मन्तब्य राखेका थिए भने संयोजक उत्तर लामाले कार्यक्रमको बारे बताउनु भएको थियो । त्यस्तै बिशेष तामाङ जातिको मौलिक डम्फुको बारेमा कुमार मोक्तान तामाङले बताउनु भएको थियो । भने त्यस्तै सुन्दर तामाङ, तिर्थ थिङ तामाङ, नेत्र तामाङ, मिना तामाङ आदिले डम्फुबाट उपस्थितहरुलाई स्वागत गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथी सियाराम चौधरीले कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा कार्यक्रम सफलतको शुभकामना मन्तव्य राख्नु भएको थियो ।
पहिलो चरणको कार्यक्रमको समापन गर्दै सभापति सामाजका अध्यक्ष थर्चा लामा तामाङले यसका गतिबिधी शुभकामना र सो कार्यक्रमलाई सहयोग गर्नु हुने सम्पूर्णलाई धन्यवाद दिनुभएको थियो ।
नेपाल र कतार बिचको मित्रता झल्कने गरि आकर्षक रुपमा सजाइएको मञ्चमा पहिलो चरणको कार्यक्रमको समाप्तीसँगै शुरु भएको दोस्रो चरणको सांगीतिक कार्यक्रममा उत्तर लामा, कुमर मोक्तान सुन्दर मोक्तान लगायतको समुहले तथा साथीहरुले स्वागत गीतले उपस्थितहरुलाई सांगीतिक स्वागत गरेका थिए भने परदेशमा बस्ने दाजु भाई परदेशमा बस्ने दिदि बहिनी बोलको गीतमा सबिना तामाङ, समिछेय तामाङ, आरोही सुनुवार, श्री तामाङ, सिर्जन तामाङ, सन्तोष के.सी. लगायतको सामुहिक नृत्यले दर्शकलाई आफु बिदेशी र तामाङ हुनुको गर्वमा चुर्लुम्म डुबाएको थियो । हिरा स्याङतनले फ्याफुल्ला ङेङखोर बोलको गीतमा दर्शकलाई नचाउन सफल भए । त्यसैगरि तामाङ सेलोमा डोल्मा लामा तामाङको नृत्यले अत्यन्तै दर्शकलाई आकर्षक गराइन भने निलम लामा र राज लामाको सामुहिक प्रश्तुतीले बिबिध कला संस्कृतिको समावेसीपन छर्लङ पारेका थिए भने मोइराम तामाङ र पासङ मोक्तान तामाङको गीतले दर्शकलाई भरपूर मनोरन्जन प्रदान गरेको थियो ।
तामाङ समाजको कार्यक्रम भएतापनि उल्लेख्य रुपमा गैह्र तामाङहरुको उपस्थितीलाई मध्यनजर गर्दै केही नेपाली गीत तथा नृत्य समेत प्रश्तुत् गरिएको थियो । सोहि क्रममा तिमी मेरो म तिम्रो माया चोखो छ हाम्रो बोलको गीतमा नृत्य गरेका बिरेन्द्र कुमार याक्थुम्बा र आरोही सुनुवारको यूगल नृत्यले दर्शकलाई कुर्सी छोडेर नाँच्न बाध्य बनाए थिए डम्फुबाट उपस्थितहरुलाई स्वागत गरिएको थियो। कार्यक्रमको आकर्षण रुपमा रहेका सुन्दर तामाङको गायनले दर्शकहरु उत्तिकै झुमे । त्यसैगरि नेपालबाट आउनु भएकी चर्चित अथिति कलाकार टिका मायाले म्हेन्दोमाया गितको प्रश्तुतीबाट नाँच्ने दर्शकहरु लाई सोनमी आइदिएको थियो सम्पुर्ण दर्सक नाँच्न बाध्य भएका थिए । श्री तामाङ र सबिना लामा तामाङले छुट्ठि छोटो छ बोलको गीतमा गरेको नृत्य आकर्षक रहेको थियो । त्यसैगरि नेपालबाट आउनु भएका कार्यक्रमकै आकर्षक बरिस्ठ कलाकार रोज मोक्तानको प्रश्तुतीले दोहामा आगो बालेका थिए साथै दर्शकहरु नाचेर मन्त्रमुग्ध भइ अवलोकन गरेका थिए । तेस्तै कार्यक्रममा सुकमान तामाङले गीतबाट दर्शकलाई भरपूर मनोरन्जन प्रदान गरेका थिए । त्यसैगरि नेपालबाट आउनु भएकि अथिति कलाकार नायिका निशा तामाङको नृत्य प्रश्तुती पनि दर्शकहरुहरुले रुचाएका थिए । कार्यक्रमको अर्को आकर्षण रह्यो खलनायक बिकु थोकारको उनको प्रश्तुती प्रतिको मोह र कलालाई दर्शकले अत्यन्तै रुचाए । यसरी बिबिध गीत, संगीत तथा नृत्यलाई समेटेर डम्फु साँझ २०१६ को रुपमा दर्शकहरुका निम्ति पस्किएको थियो ।
सोहि कार्यक्रमको अवसर पारेर सन्ध्यग्रुप अलखोर कतारको उप समिति मुग्लानी खबर डटकम उदघाटन समारोह समेत गर्यो । कमल योञ्जन तामाङ र गुराँस घ्यलान तामाङले आकर्षक र लोभलाग्दो ढंगमा आफ्नो कला प्रश्तुत् गर्दै दोस्रो चरणको सांगीतिक कार्यक्रम संचालन गरेका थिए । उपस्थित दर्शकहरुले अवलोकन गरेको सो कार्यक्रमका सम्पूर्ण नृत्यहरुको निर्देशन सुरज तामाङ र श्री बहादुर तामाङले गर्नु भएको थियो । बिगतमा प्रवासका कार्यक्रमहरुको अनुभव बटुलेको दर्शकहरुका अनुसार प्रवासमा आयोजना गरिदै आएका नेपाली सांस्कृतिक कार्यक्रमहरुमा हालसम्मकै सफल र उत्कृष्ट कार्यक्रम रहेको बताए । कार्यक्रम अत्यन्तै सौर्हादपूर्ण पारिवारिक वातावरणमा सम्पन्न भएको थियो । परिवार सहित उपस्थित भएका स्वदेशी तथा बिदेशी दर्शकहरुको साथै कतारमा कार्यरत नेपाली चेलीबेटीहरुको समेत अत्यधिक उपस्थीती रहेको थियो । उत्तर लामाको कुसल संयोजकत्मा सम्पन्न सो कार्यक्रम प्रवासमा रहेर पनि नेपाली कला र संस्कृतिको संरक्षणको पक्षमा पूर्णत लगाव सवल देखिएको थियो ।