कथा “खोई उत्तर”
अन्तहो फोन चाही उठा न! एकाबिहानै नियमित डिउटी जाने तरखर गर्दै गरेको बेलामा सिक्किम सत्यरुपा गाऊ, निवासी नेपाली पास्पोर्ट बाट कतार छिरेका उदय कार्की को चर्को आवाजले सबै ध्यान उनि तिरै केन्द्रित बनाउछ। हुन त उनको अवस्थाको बारेमा राम्रो सँग जानकार छु, मेरै साथ र सहयोगले नै उनि अहिले सम्म जीवित छन जस्तो लाग्छ। तिन बर्ष पहिला नै परिवारिक कलह सहन नसकेर दुई दुई पटक सम्म आत्माहत्या गर्ने निचोड बनाएका उदय सँग मेरो भावनात्मक सम्बन्ध निकै गहिरो छ। पुनः इमोमा फोन गरे पछि छोराले उठाएछ क्यारे बाबु फोन मम्मीलाई दे!!
श्रीमानः- हेल्लो! अन्त हो त अस्ति गान्तोकमा कस्को बाईकमा घुम्दै थियौ रेन्त को हो ति ब्यक्ति?
श्रीमतीः- अन्त म कस्को बाईकमा कहाँ गए? किन ?थाहा छैन मलाई?
श्रीमानः- अन्त मेरो साथीलाई तोइले त बुवा भनेर चिनाइको होस रेन्त तेरो बुवाले साइकल त चलाउन जान्दैनन, बाइक कहिले देखि चलाउन थाले?
श्रीमतीः- अकमकिदै झर्के थाल भुईमा झरे झै गरी! अन्त हो, ए म त्यसकोमा खुकुरी लिएर जान्छु, मान्छे लिएर जान्छु, गाऊ भेला गर्छु एकै सासमा तिन धम्की पुर्ण शब्द।
श्रीमानः- अन्त हो मैले त्यो सब सोधेको छैन, बस को बुवा हो नाम भन न सक्किगो।
उता बाट भने सहि उत्तर दिन नसक्ने यता बाट उदय सोधिरहन्छन.........
“बाईक वाला बुवा” को हो एक शब्दमा उत्तर दे सकियो, फेरी पनि नानाथरी उफ मैलै औला भाचेर गिन्ति गर्दा पनि “१७ पटक चाहि पुर्याएको “बाईक वाला बुवा” को हो एक शब्दमा उत्तर दे भनेको” दुई तर्फी एकै पटक बोलेको कारण सबै सम्बाद बुझिन, र आवस्यक पनि ठानिन, तर पनि सहि उत्तर नपाए पछि साथीले भन्छ त्यसै मलाई डिप्रेसनमा पुर्याएर आत्माहत्या गर्ने सोच बनाउन बाध्य परेको त होइन हौ भन्दै फोन काट्छ।
पहिला पनि कयौं रात नसुती उदयलाई हेरेर बसेको छु, किन भने मेरो मनमा एउटै कुराको डर थियो कुनै पनि बेला आत्माहत्या गर्न सक्छ। त्यसैले छोडेर म अफिस जान सकिन, छेउमै भए पछि सुन्नै पर्ने बाध्य, विवस भए। कुनै बेला डिभोर्स गरेर अलग अलग बस नभनेको पनि कहाँ होर? तर उदय भन्दथे, साथी! सजिलो कहाँ छर ? ५ करोड डिमाण्ड गरेको छ।
कमाएको सवै बुझाएको छु मेरो नाममा सुक्को छैन,हो सत्य भन्ने हो भने म सुकुम्वासी हो, सिक्किममा जन्मिए पनि भारत सरकारले केहि दिएको छैन, नेपाल ताप्लेजुङ निवासी बनेर नगरिकता लिएर पास्पोर्ट बनाए अनि अरब छिरे। निरन्तर फोन बजिरहयो उदय भने कुरा गर्ने मुडमा देखिन्नन् तैपनि विकल्प नरहे पछि फोन उठाउन बाध्य हुन्छन्।
श्रीमानः- अन्त हो मैले सँगै हिड्ने महिला पुरुष गलत हुन्छन भनेको होईन! “बाईक वाला बुवा” को हो एक शब्दमा उत्तर दे सकियो, फेरी त्यहि शब्द १८ पटक भयो,
श्रीमतीः- म समाज भेला पार्न सक्छु, गाउले बोलाउछु, भन्दै एकोहोरो बोलि रहन्छिन् कति नै, भगवान रामले आगोको ज्वालामा सिताको पवित्रता परिक्षणको लागि पस्न भने झै गरी ठुला आवाजमा धम्की पुर्ण शैलिमा फेरी पनि!
श्रीमानः- बढि केहि नबोल केवल “बाईक वाला बुवा” को हो एक शब्दमा उत्तर दे सकियो, फोन काट्छन,
अब त १९ पटक भो मैले मनमनै सोच्छु, यदी मन सफा भए सिधै भनिदिए भैगो त फलाना बुवा हो यस्तो कामले गएको बेला भेटेको आदरणिय ब्यक्ति हुन् एकै स्थानमा जान परेको ले सँगै गयौ। सानो कुरालाई लिएर किन, केका लागी गलफन्दी गरेको होलान। मैले उदयलाई राम्रो सँग चिन्दछु, उनि आफैमा सकरात्मक सोच मात्रै लिएर हिड्ने मानिस हुन, तर कहिले काहिँ समाजले जन्माईदिएको प्रश्नको उत्तर खोज्ने प्रयास मात्रै गरेको हुन् , फेरि निरन्तर फोन बज्यो नउठाई सुख्खै भएन फोन उठाए, यस पटक भने अनौठो भयो, उदय बोल्नै पाएनन् ।
श्रीमतीः- अन्त हो म ईन्दिरा वाईपास रोडको डिसी कार्यलयको अगाडी बाट बसमा चढे अनि, सदर पुलिस चौकीको अगाडी होटेल जोर्डेनको मोडमा झरे त्यहा बाट मलाई स्टेर्लिङ रिसोर्टको छेउमा १५ मिनेट हिडेर जान पर्ने थियो, जादै गर्दा...............बिचैमा रोकेर
श्रीमानः- अन्त हो यो सब मैले सोधेको छैन नि हो कहाँ बाट कुन बस नम्बर कहाँ झरेको भनेर सिधा भन “बाईक वाला बुवा” को हो एक शब्दमा उत्तर दे सकियो, उफ अब त अति भो एउटा कुराको उत्तर खोज्न २० पटक सोध्न पर्ने ?
उदयले बारम्बर सोधेका छन एक शब्दमा उत्तर देऊ “बाईक वाला बुवा” को हो भनेर तर किन कुरा यसरी घुमाउदै छन? नौलो भने होईन सधै यस्तै हो, उता बाट बोल्दै थिइन, मैले घडि देखाएर भने अफिस जान ढिला भयो, उदयले फोन काटेर हतार हतार कपडा लगाए अनि संगै अफिस लाग्यौ। म बाटो भरी सोच मग्न बने आखिर एक शब्दको प्रश्नको उत्तर एकै शब्दमा दिनु पर्ने होईन र?
नोट:यो नितान्त ब्यक्तिगत मनोभावना बाट उब्जेको काल्पनिक कथा हो, यदी कहि कसैको जीवनमा मेल हुन गए संयोग मात्र हुने छ। मेरो साथी उदय र उनको श्रीमतीको सम्बादको कथा सुनेपछि वास्तविक समस्या के होला? कस्को कमजोरी होला?
यस्ता सामान्य प्रश्नको उत्तर नपाउदा ठुला घटनाहरु हाम्रो समाजमा ब्याप्त छन यस्ता समस्या र समाधानका उपायहरु के हुन सक्छन? उचित सुझाब, सल्लाह र प्रतिक्रिया सभ्य भाषामा दिन नभुल्नुहोला।