मुग्लानी खबर
22 जुलाई 2017-शनिबार
सन्ध्या ग्रुप कतार र सोहि अन्तर्गत रहेको साहित्यिक पाटो मुग्लानी सौगातको सयुक्त आयोजनामा अलखोर स्थित सन्ध्याग्रुपको कार्यालयमा गत बिहिबारको साँझ एक कार्यक्रमको आयोजना गरि १४ जुलाई २०१७ सुक्रवारका दिन सपन्न भएको नबोदित साहित्यिक वाचनालय कतारको नवौ अधिबेसनबाट नव निर्बाचित कार्यसमिति लाई बधाई तथा सुभकामना कार्यक्रम सम्पन्न गरेको छ ।
सन्ध्याग्रुप कतारका अध्यक्ष बिरेन्द्र कुमार याक्थुम्वाको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि अ.ने.सा.स कतारका अध्यक्ष तिर्थ संगम राई रहेका थिए भने बिशेष अथितिहरुमा मुग्लानी सौगात साहित्यिक पत्रिका का संरक्षक थर्चा लामा,नबोदित साहित्यिक वाचनालय कतारका अध्यक्ष लेख कार्की रहेका थिए । अथिति हरुमा साहित्यकार,गीतकार तथा संगीतकार प्रेम प्रसाद भट्टराई,ट्रागस युथ ग्रुपका प्रमुख सल्लाहकार सुर्य गुरुङ, पत्रकार तिल बिक्रम थेबे,सितोरिया खेल २०५३ का रास्ट्रिय खेलाडी रोशन तामाङ,नेपाल प्रवासी तामाङ समाज कतारका सदस्य पूर्णसीङ लोप्चन तामाङ, म्हेन्दोमाया समाज कतारका कार्यबाहक सचिव अमृत तामाङ, समाज सेवीहरु नगेन्द्र कुमार बिस्वकर्मा,चन्द्र खत्री,जगत भाट, तामाङ समाज डटकम अनलाइनका सानु घिसिंङ, लगायत बुद्दिजीवी, समाजसेवी, साहित्यिक सर्जक हरुको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रम सभापति,प्रमुख अतिथी बिशेष अतिथिद्वारा सामुहिक व्यानर तथा दिप प्रज्वलन र राष्ट्रिय गान गाउदै सुरु गरिएको थियो । नबोदित साहित्यिक वाचनालय कतारका नव निर्बाचित कार्यसमितिलाई कार्यक्रमका सभापति,प्रमुख अथिति,बिशेस अथिति, अथिति लगायत उपस्थित ब्यक्तित्वहरुले खादा तथा अविर लगाएर सम्मान गरेका थिए ।
कार्यक्रममा चक्र कार्की,दिप प्रदिप,दिप मिलन,दिलिप पराजुली,इश्वोर साही,टिका खड्का राष्ट्रप्रेमी,सुबास सापकोटा,सन्तोष अधिकारी,मणि पौडेल (भिकारी) लगायत साहित्यिक सर्जक हरुले गजल,भावना वाचन गर्दा बधाई तथा सुभकामना कार्यक्रम भएपनि कुनै साहित्यिक कार्यक्रम भन्दा कम थिएन । मन्तब्यको क्रममा संरक्षक थर्चा लामाले १४८औं मोति जयन्तिको अवसरमा मुग्लानी सौगातले गजल प्रतियोगिता कार्यक्रम गर्दा प्रथम भएका व्यक्ति आज नबोदित साहित्यिक वाचनालय कतारको अध्यक्षमा निर्बाचित भएकोमा खुसि लागेको बताउदै मुग्लानी सौगात र नबोदितको सम्बन्ध नङ र मासुको रहोस भन्दै नवनिर्बाचित समितिलाई बधाई तथा सुभकामना दिएका थिए ।
त्यस्तै बिशेष अतिथि लेख कार्कीले सन्ध्याग्रुप कतारले दिएको बधाई तथा सुभकामना प्रति हार्दिक आभार जनाउदै आगामी दिनमा अझै सम्बन्ध गाढा बन्ने कुरामा बिश्वास दिलाउदै नेपालबाट दोहामा आउने हरेक साहित्यकार हरुलाई सन्ध्याग्रुपले आफ्नै कार्यालयमा ल्याएर सम्मान गर्ने परम्पराप्रती खुसी ब्यक्त गरेका थिए।मुग्लानी सौगातले प्रतेक महिनाको पहिलो महिनाको बिहिवार वाचन डबली कार्यक्रममा पनि आफ्नो संस्थाबाट सके सम्म उपस्थित जनाउन प्रयास गर्ने बताएका थिए। सन्ध्याग्रुपको कार्यालयमा आउदा यहाँ भएका विभिन्न फोटोहरु,गौतम बुद्धको र विभिन्न साहित्यकारको अगाडी आएर प्रस्तुती बाचान गर्दा कुनै सुन्दर फूलबारीमा बसेर फोटो खिच्दै गरेको आभास मिल्ने बताए ।
प्रमुख अतिथि तिर्थ संगम राइले २००७ सालमा सनैयाको एउटा सानो कोठाबाट जन्मिएको नबोदित साहित्यिक वाचनालयले आज नवौ अधिबेसन पार गर्दा सामाजिक संजाल बाट बिस्वमा पुगेको बताउदै कतार डायस्पोरामा संगै काम गरेका साथीहरुको नाम लिएका थिए भने आउदो दिनमा तिर्थ संगम राई कतारमा नभएपनि नेपाली साहित्यमा कुनै असर नपर्ने भन्दै नया समितिलाई बधाई तथा सुभकामना दिएका थिए ।
सभापति बिरेन्द्र कुमार याक्थुम्बाले कार्यकममा संस्थाको निमन्त्रणा स्वीकारेर कार्यक्रममा पाल्नुहुने सम्पूर्ण आमन्त्रित अतिथि गण लगायत सम्पुर्णलाई धन्यबाद ब्यक्त गर्दै नबोदित साहित्यिक वाचनालय कतारका निर्बाचित नयाँ कार्यसमितिसंग पनि बिगतका दिनमा जस्तै सहयोग सद्भाव र सहकार्य गर्दै अगाडी बढ्ने कुरामा आफु ढुक्क रहेको बताउदै नयाँ कार्यसमितिलाई पुर्णकाल सफलताको धेरै धेरै सुभकामना दिदै कार्यक्रम धेरै भब्य सभ्य भएको बताउदै कार्यक्रम समाप्तको घोषणा गरेका थिए ।
कार्यक्रम संचालन सस्थाका सचिव गणेश क्षेत्री र आगन्तुकहरुलाई स्वागत महासचिव सन्तोष के.सी ले गरेका थिए ।
थप तस्विरहरु .....