दोहा महामानव बिपी कोइरालाको ३८ औं स्मृति दिवसको अवसर पारेर नेपाली जनसम्पर्क समिति कतारले प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ l नेपाली कांग्रेसका केन्द्रीय सदस्य पुर्ब मन्त्रि एवं संघिय सांसद मिन विश्वकर्मा र नेविसंघका पुर्ब केन्द्रीय उपाध्यक्ष देवराज चालिसे द्वारा कतारमा रहेका क्रियाशील कांग्रेसीहरुलाई भर्चुअल अनलाइन कार्यक्रम मार्फत प्रशिक्षण दिएका हुन l
बिपी कोइरालाको समावेशी संगठन र संबिधानमा समावेशिता बिषयमा प्रशिक्षण दिदै मिन विश्वकर्माले समाबेशीताका सवालमा बिपीले पार्टी स्थापना देखिनै जनजाति मधेशी दलित र महिलाहरुलाइ संगठनमा महत्वपूर्ण जिम्मेवारी दिएर सुरु गरेको उदाहरणहरु दिदै पहिलो समाबेसी पार्टी नेपाली काँग्रेस भएको बताएका थिए l कांग्रेसको समाबेसीतालाइ अहिलेको लोकतान्त्रिक संबिधानमा स्थापित गर्न गिरिजा बाबु र शुशील कोइरालाको योगदान र पार्टीको बिधानमा सभापति शेरबहादुर देउवाको भूमिका महत्वपूर्ण रहेको स्मरण गराउदै यसले काँग्रेस बिपी देखि बर्तमान नेतृत्व सम्म समावेशितामा अव्वल रहेको बताएका थिए l
नेपाली कांग्रेसको समाजवाद र समाजवादी संबिधानका बिषयमा प्रशिक्षण दिदै देवराज चालिसेले नेपाली कांग्रेसको स्थापना राष्ट्रियता लोकतन्त्र र समाजबादकै जगमा भएको हो अहिले अन्य पार्टीहरुले समाजवादलाइ पछ्याउदै गर्दा अन्तत नेपाली कांग्रेसको समाजबाद जुन बीपीले प्रतिपादन गरेका थिए त्यसैलाइ स्वीकार्ने बाटोमा छन भन्दै चालिसेले नेपाली कांग्रेसको समाजबादलाई विभिन्न उदाहरणहरु प्रस्तुत गर्दै आफुले तयार गरेको भिडियो अडियो सहितको स्लाइड स्क्रिन मार्फत प्रशिक्षण दिएका थिए l
प्रशिक्षणका बिषयबस्तुका सन्दर्भमा प्रमुख सल्लाहकार बिमल सुवेदीले प्रकास पारेका थिए l करिब ४ घण्टाको प्रशिक्षण कार्यक्रममा कतारमा रहेका क्रियाशील कांग्रेस लगायत विभिन्न देशका जनसम्पर्क समितिहरुको पनि सहभागिता रहेको थियो प्रशिक्षण कार्यक्रममा प्रशिक्षार्थीहरुले आफ्ना जिज्ञासाहरु पनि राखेका थिए l
कार्यक्रममा संस्थाका संस्थापक सभापति नरेन्द्र भाट, प्रमुख सल्लाहकार बिमल सुवेदी, एनआरएनए आइसीसीका निबर्तमान उपाध्यक्ष कुल आचार्य जनसम्पर्क समितिका सभापति केशब भुसाल लगायतले शुभकामना दिएका थिए l
जनसम्पर्क समितिका पुर्ब कोसाध्यक्ष भूपति भट्टराई महाधिवेशन प्रतिनिधि क्रान्ति सिंह लगायतका संस्थापकहरु पुर्ब पदाधिकारी र सदस्यहरुको समेत सहभागिता रहेको थियो l
अनलाइन प्रशिक्षणको राम्रो व्यवस्थापन सहितको कार्यक्रम राखेर बिपी स्मृति दिवस मनाउने जनसम्पर्क समिति कतारको प्रशंशा गर्दै प्रशिक्षक तथा कांग्रेसका नेताद्वयले प्रबिधिको माध्यमबाट पनि यति राम्रो कार्यक्रम गर्न सकिने रहेछ भन्ने उदाहरण कतारले प्रस्तुत गरेको बताए सहभागीहरुले पनि कार्यक्रमबाट धेरै कुरा सुन्ने सिक्ने बुझ्ने अवसर प्राप्त गरेको प्रतिक्रिया दिएका थिए l
महामन्त्री अजिज अलिले सहजीकरण गरेको उक्त प्रशिक्षण कार्यक्रममा कार्यक्रमका उपस्थितहरुलाई स्वागत मन्तब्य सहमहामन्त्री केदार भुसालले राखेका थिए l कार्यक्रमका सभापति तथा जनसम्पर्क समिति कतारका कार्यबाहक शंकर न्यौपानेले सहभागी सम्पूर्णलाइ धन्यबाद दिएर कार्यक्रम समापन गरेका थिए l