मुग्लानी खबर साउन ५ बिहिबार
नेपाल प्रवासी तामाङ समाज कतारको संरक्षकत्वमा स्थापना भएको म्हेन्दोमायाँ समाज कतारले दोहामा पहिलो चोटी बक्री ईदको अवसर पारेर सेक्टेम्वर १ तारिकका दिन दोहा जैदा पुल नजिकै रहेको गल्फ प्याराडाइज होटेलमा बृहत एतिहासिक साँस्कृतिक कार्यक्रम ''म्हेन्दोमायाँ साँझ'' गर्ने भएको छ । उक्त कार्यक्रमलाई आफ्नो उदेस्य अनुरुप कसरी समापन गर्ने भन्ने बारेमा दोहामा संस्थाले बृहत छलफल गरेको छ ।
छलफल कार्यक्रममा संस्थाका अध्यक्ष कान्छाराम तामाङ , कार्यक्रमका संयोजक धिरेन तामाङ र कार्य समितिका सम्पुर्ण पदाधिकारि का साथै नेपाल प्रवासी तामाङ समाज कतारका प्रमुख सल्लाहकार थर्चा लामा लगायतको उपस्थित रहेको थियो । पहिलो चोटी बृहत एतिहासिक साँस्कृतिक ''म्हेन्दोमायाँ साँझ'' कार्यक्रम गर्न लाग्दा यस्को उद्देश्य,भुमिका र बिभिन्न बिषय बस्तुको बारेमा संस्थाका अध्यक्ष कान्छाराम तामाङ र कार्यक्रमका संयोजक धिरेन तामाङ संग मुग्लानी खबर डटकमले लिएको संक्षिप्त कुराकानि ।
कुराकानीमा :-
संस्थाका अध्यक्ष कान्छाराम तामाङ ...
तपाईहरुले पहिलोपटक एतिहासिक रुपमा दोहामा 'म्हेन्दोमायाँ साँझ'' धमाका कार्यक्रम गर्दै हुनुहुन्छ यस्का उद्देश्य र अनुभूतिको बारेमा केहि बताईदिनु हुन्छ कि ? '
म्हेन्दोमायाँ भनेको तामाङ जातिको केहि नेपालका निश्चित जिल्लामा रहेको माैलिक संस्कृति र संस्कार हो र यो तामाङ जातिको आफ्नै बिशेष महत्व बोकेको हुँदाहुदै पनि ओझेल परेको अवस्था छ त्येसैले यस कार्यक्रम मार्फ़त सम्पुर्ण बिश्वभरि छरिएर रहेका तामाङ तथा नेपाली दाजुभाई तथा दिदि बहिनिहरु सम्म पुर्याउनु हो । र आज आएर दोहामा यसरी कार्यक्रम गर्न पाउँदा एकदमै खुसी छाैँ ।
संस्था स्थापना भएको १ बर्षमा के कति चुनाैति र उपलब्धि हरु हाँसिल गर्नुभयो नि ??
'म्हेन्दोमायाँ स्थापना भएको १ बर्ष भित्र खासै चुनाैति महसुस गरेका छैनौ तरपनि रोजगारीको निम्ति प्रवासमा आएका हामी आफ्नो संस्था गठन को सुरुवातमा केहि सामान्य कठिन रहेपनि नेपाल प्रवासी तामाङ समाज कतार तथा अग्रज मित्रहरुको संरक्षकत्वमामा स्थापना भएकोले हरेक कार्यमा हामिलाई सहज भयो र उपलब्धिको रुपमा भन्नु पर्दा बिभिन्न समयमा धेरै कार्यक्रम गर्न सफल रहँदै अव लगत्तै नेपालबाट रास्ट्रिय कलाकार हरुका साथमा कार्यक्रम गर्न गईरहेका छाैँ यो नै ठुलो उपलब्धि हो।
कुराकानीमा :-
कार्यक्रम संयोजक - धिरज तामाङ :
म्हेन्दोमायाँ समाज कतार ले पहिलो चोटि बृहत ''म्हेन्दोमायाँ साँझ '' कार्यक्रम गर्न गैइरहेको छ । यो कार्यक्रम सफल पार्न के कस्ता तयारीहरु भैरहेका छन??
सर्वप्रथम 'म्हेन्दोमायाँ'' तामङहरुको बिशेष महत्व बोकेको यो सस्कृतीलाई संरक्षण सम्बर्द्धन प्रबर्द्धन र बिस्वब्यापी रुपमा बिस्तारका लागी नै कतारमा कार्यक्रम गर्नुको मुख्य उदेश्य हो।यसको लागि विभिन्न सस्था ब्यक्तीहरुको सहयोग सल्लाह र प्रचार प्रसारको औधी खाचो हुने भएकोले नेपाल प्रबासी तामाङ समाज कतार,सन्ध्याग्रुप कतार,नुवाकोट सेवा समाज लगायतका अन्य सक्रिय संस्थाहरुको सपोर्ट रहनेछ र संस्थामा आवद्ध हुनुभएका र नहुनुभएका म्हेन्दोमाया वा मौलिक सस्कृतिप्रेमी तामाङ गैर तामाङ ब्यक्तित्व हरुले विभिन्न सामाजिक सन्जाल,नेपाल देखि tv बाट पनि दुई महिना अगाडीबाट नै प्रचार प्रसार कार्यलाई निरन्तरता दिनुभएको छ।
कतारको हकमा भन्नुपर्दा बिभिन्न सस्थाहरुले रास्ट्रिय कलाकारहरु ल्याएर कार्यक्रम गर्दा असफल र आयोजक लाई घाटा भएको देखिन्छ।के म्हेन्दोमायाँ जस्तो नवगठित सस्थाले सफल पार्ला त??
सबैभन्दा पहिला कतारका जुन संस्थाले नेपाल बाट रास्ट्रिय स्तरका कलाकार हरु लिएर कार्यक्रम गर्दा घाटामा जानुको मुख्य कारण आयोजक टीमको लापरबाही तथा पारदर्शी नहुनु हो सस्थाको उदेश्य भन्दा पर रहेर नाताबाद कृपाबाद्लाई प्रषय दिनु हो तर यो कार्यप्रती हाम्रो म्हेन्दोमायाँ समाज स्पस्ट छ पारदर्शी छ सकृय छ । सबैलाई आ आफ्ना जिम्मेवारी पूरा गर्नुहुनेछ,र अर्को कुरा हामीले यस कार्यक्रममा म्हेन्दोमायाँका गीत सङ्गीत मात्रै नराखी चर्चित तामाङ सेलो साथै नेपाली गित संगित पनि राख्नेछौ यसले गर्दा तामाङ तथा गैर तामाङ सम्पुर्ण नेपाली दाजुभाई दिदी बहिनी हरुको उपस्थिति रहनेछ र भरपुर मनोरञ्जन लिई कार्यक्रम सफल पारीदिनुहुनेछ।
अन्त्यमा मुग्लानी खबर डट कम मार्फत 'म्हेन्दोमायाँ" साझ र सस्थाको बारेमा बिस्वभरी छरिएर बस्नु भएका तामाङ तथा गैर तामाङ नेपाली दाजुभाई दिदिबहिनि हरुलाई केहि सन्देश दिन चाहानु हुन्छ कि ?
सर्बप्रथम मुग्लानी खबर डट कम लाई मेरो ब्यक्तिगत तथा हाम्रो म्हेन्दोमाया समाज कतारको तर्फबाट धन्यबाद। म्हेन्दोमाया नेपालका निश्चित जिल्लाहरु(नुवाकोट ,धादिङ र रसुवा)मा भएको तामाङ हरुको एकदमै मौलिक पहिचान बोकेको लोक सस्कृती हुदाहुदै पनि अन्य सस्कृती जस्तै तामाङ सेलो जस्तो समान स्तर ओगट्न नसकेकोले यसलाई रास्ट्र तथा अन्तराष्ट्रीय ब्यापी रुपमा प्रचार प्रसार गरि संरक्षण सम्बर्द्धन बिस्तार गर्दै यो म्हेन्दोमाया लोक सस्कृतीको उत्थान गरि नेपालाई नै सास्कृतिक धरोहरको देश बनाउनु पर्दछ भन्ने उदेश्यले हामीले म्हेन्दोमाया समाज कतार सस्थाको गठन गरेका छौ ।
यसलाई निरन्तरता दिनको लागि बिस्वभरी छरिएर बस्नु भएका विभिन्न संघ सस्था बुद्धिजीवी र सुभेछुक बर्गहरुको सुझाव सल्लाहको अपिल गर्दछौ भने जति पनि कतारमा रहनु भएका संघ सस्था व्यापारी बुद्धिजीवी त सम्पुर्ण तामाङ तथा गैर तामाङ नेपाली आमा बुवा दाजुभाई दिदिबहिनीहरु हुनुहुन्छ पहिलो चोटि हुँदै गएको यो बृहत म्हेन्दोमाया साझ कार्यक्रममा पाल्नु भई भरपुर मनोरञ्जन लिएर यो एतिहासिक कार्यक्रमलाई सभ्य तथा भब्य रूपमा सफल पारिदिन हार्दिक अनुरोध गर्दछु।