साहित्यकार प्रेम प्रसाद भट्टराईद्वारा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज २०२०-२०२२ कार्यकालको लागि सचिव पदमा आफ्नो उमेद्वारी घोषणा गरेका छन।
खोटाङ निवासी भट्टराईले यहि आउदो जुलाई १७ तारिख देखि सुरुहुने अधिबेशनमा सचिव पदमा उमेद्वारी दिएका हुन ।
साहित्य लेखन,गायनका साथै साङ्गितिक दुनियाँमा समेत नाम कमाउन सफल रहेका उनी बहु प्रतिभाशाली ब्यक्ती मान्निन्छ्न । जस्को प्रमाण ४ कृति दर्जनौं गीत तथा गजल बजारमा ल्याएका छ्न ।
कर्म भुमी कतारमा लामो समय देखी कार्यरत रहेका उनी विभिन्न सामाजिक संघसस्था हरुमा जिम्मेवारी पदमा रहेर आफ्नो कार्यकाल सफल बनाउदै अगाडी बढिरहेका छ्न ।
हाल सन्ध्यागुप अलखोर कतारका संरक्षक,अनेसास कतारका प्रमुख सल्लाहकार,खोटाङ सेवा समाज कतारका सल्लाहकार, नबोदित साहित्यक वाचनलय कतार लगायतका संघसस्थामा आबद्ध रहदै देश र समाजप्रति कटिबद्ध हुँदै आएका छ्न ।
सामाजिक "संजाल फेसबुक मार्फत " आफुले उम्मेद्बारी दिएको सार्बजनिक गर्दै उनले ४ लाईनको गजल यसरी लेखेका छ्न ।
"साहित्यक भेदभाव लाई गर्न खबरदारी
साहित्यको बिकाश गर्ने लिदै जिम्मेवारी
अग्रज अनुज तपाईहरुकै साथमा रहि
अनेसासको सचिव पदमा मेरो उम्मेद्बारी "
भट्टराईले थप लेखेकाछ्न आउने दिनमा मैले अनेसासको केन्द्रिय कार्यसमितिमा रहेर नेपाली भाषा र साहित्यलाई सिरोपर गर्दै साहित्यको बिकाशको निम्ति नयाँ कार्ययोजना बनाएर बढाउन सस्थामा निस्वार्थ भावले सबै नेपाली साहित्यलाई समेटेर काम गर्ने तीब्र इच्छा भएको हुनाले सचिव पदमा उम्मेद्बारी दिएको हु ।
मलाई पुर्ण बिश्वास छ ! तपाईं हरुको साथ सहयोग र सुझाव मिल्नेछ र त्यो मेरो सिरमा सदैव आशिर्वाद बनेर रहने छ । मलाई मतदान गरेर बिजय गराई नेपाली साहित्यमा योगदान दिने मौका दिनुहुन सम्पुर्ण समकालीन आजिवन सदस्य हरुमा विनम्र अनुरोध गर्दछु ।