बसन्त राज सुब्बा
गत केही महिना देखि मोरङ जिल्लाको मंगलबारेमा रहेको मंगलबारे अस्पताल तथा ट्रमा सेन्टरलाई मदन भण्डारी नामाकरण गरेको भन्दै पुर्ब राजपा हाल जसपा प्रदेश न.०१का युवा अध्यक्ष रोशन लिम्बुले आज अनिश्चितकालीन रिले अनशनमा सहभागि भई समर्थन जनाएका छन।
यस विरोध कार्यक्रममा सबै राजनीतिक दल गाउँ , नगर जिल्ला समेतका उपस्थित थिए ।
नारामा"मङ्गलबारे अस्पताल तथा ट्रमा सेन्टर"
नाम कायम गर!
मदन भन्डारी प्रस्ताबित नाम फिर्ता गर!!
भन्दै एक सुत्रीय मुल नाराका साथ उर्लाबारी स्थानीय नगरबासी तथा सर्बदलिय सयुक्त सङघर्स समितीले आंदोलन गरेका थिए । आन्दोलित भएको करिब साडे एक महिना जति पुगेको छ । यो रिले अनशन भने दोश्रो आन्दोलनको कार्यक्रम रहेको रोशन लिम्बुले बताए।
उनले थप्दै भने हाम्रो मागलाई प्रदेश सरकार मार्फत यथा शिघ्र सम्बोधन गराउनुका लागि तथा हाम्रो आन्दोलन लाई सफल तुल्याउनुका लागि आज मिती २०७७/०३/ २८ गते सोमवार १ न: प्रदेशका राजधानी बाट हाम्रो " अनिशिचतकालिन रिले अनसन" मङ्गलबारे स्थलमा ऐक्यबद्धता जनाउनु उपस्थित भएको बताए।
उनले भने बहुमतको सरकार भएकै कारण दम्भ देखाइ यसरी ईतिहास नै मेटिने गरि नेकपाले नाम परिवर्तन गराउने हो भने त भोलि काङ्ग्रेसको सत्ता आउदा मदन भण्डारी नामाकरण भएको जति सबैलाइ बि.पि, गिरिजा जस्तो नाम राखेर फेर्दा भैहाल्यो नि त्यसरी भोलि जनता समाजबादीको सत्ता आउदा जसपाको सहिदहरुको नामाकरण गर्दा भइ हाल्यो नि हैन र?
यो प्रवृत्ति भने गलत हो। इतिहास,सांस्कृतिक,जातीय पुरातत्वहरुलाइ सम्मान गर्नुपर्छ त्यसो भए मात्र हामी जिबित रहेको महत्त्व रहेने छ। साथै उर्लाबारी नगरपालिकाको मेयर खडग फागो समेत यश अनशनलाई समर्थन गर्न उपस्थित भएका थिए भने अन्य बिभिन्न पार्टीहरु
१) नेपाली काग्रेस पार्टी
२) जनता समाजबादी पार्टी
३) राष्ट्रीय प्रजातन्त्र पार्टी
४) सघीय लिम्बुवान मन्च पार्टी लगायत हरुको एक्कबद्द्ता रहेको थियो ।
हाम्रो आन्दोलन जारी छ भन्दै जसपाकाे अनिश्चित रिले अनसनमा पुर्ण साथ समर्थन र पुर्ण मध्यनजर रहनेछ लिम्बुले बताए
अन्त्यमा माेरङ्ग उर्लाबारिका जसपाका युवा नेता जेनितहाङ्ग लिम्बू र मात्रिका धिमालले लिम्बू संग मंगलबार ३० गते असार जसपा बाट भव्यतासाथ रिले अनसनकाे कार्यक्रममा रहने जानकारी समेत गराए ।