नेपालमा कोरोना जित्नेको संख्या उच्चदरमा वृद्धि भएको देखिन्छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले सनिश्चवार दिएको जानाकारी अनुसार पछिल्लो २४ घण्टामा ४३१ जना डिस्चार्ज भएका छन् भने अहिलेसम्म ८ हजार २३९ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् ।
अरु दिनको तुलनामा सनिश्चवार ७० जना मात्रै संक्रमित थपिएको उन्ले जानकारी दिएका छन् ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १६ हजार नाघेको छ ।अहिलेसम्म नेपालमा कुल संक्रमितको संख्या १६ हजार ७१९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा २५ वटा प्रयोगशालामा गरिएको परिक्षणमा ३ हजार ६४८ नमुनाको पिसिआर परिक्षण गरिएको छ ।
अहिलेसम्म कुल पिसिआर परिक्षणको संख्या २ लाख ७९ हजार ५९९ पुगेको छ ।
त्यस्तै अहिले देशभरमा २४ हजार ९७ जना क्वारेन्टाइनमा रहेका छन् भने ८ हजार ६०३ जना आइसोलेसनमा रहेका छन् ।
अहिलेसम्म नेपालका ७७ वटै जिल्लामा संक्रमण देखिएकोमा छ जिल्ला कोरोना मुक्त भएका छन् । जसमा धनकुटा, भोजपुर, सोलुखुम्बु, मुस्ताङ, मनाङ र हुम्ला रहेका छन् ।