विश्व जनसंख्या दिवस हरेक वर्ष ११ जुलाईमा मनाईने गर्दछ। विश्वभरि बढ्दो जनसंख्याको बारेमा मानिसहरूलाई सचेत गराउन जरुरी देखिन्छ। जनसंख्या दिवस मनाउनुपर्ने उद्देश्य संसारका प्रत्येक व्यक्तिले बिश्वको बढ्दो जनसंख्या जसको प्रभाव र असरलाई ध्यान राख्नुपर्दछ र जनसंख्याको वृद्धि रोक्न आवस्यक भूमिका खेल्नुपर्दछ। बढ्दो जनसंख्याले विश्वका धेरै देशहरूको अगाडि ठूलो समस्याको रूपमा देखाएको छ। जनसंख्या विस्फोट गम्भीर चिन्ताको विषय हो, विशेष गरी विकासशील देशहरूमा प्रत्यक्ष असर परिरहेको छ। यस दिन मानिसहरूलाई परिवार नियोजन, लैंगिक समानता, मानव अधिकार र मातृ स्वास्थ्य सम्बन्धि उत्प्रेरणा दिईन्छ।
जुलाई ११ मा, संयुक्त जन विकास कार्यक्रमको गभर्निंग काउन्सिलले १९८९ मा विश्व जनसंख्या दिवस सुरू गरेको थियो। त्यसबेला विश्वको जनसंख्या करीव ५०० करोड थियो। प्रत्येक वर्ष ११ जुलाईमा मनाईने विश्व जनसंख्या दिवसले बढ्दो जनसंख्याको खराब प्रभावहरू हाइलाईट गर्दछ र जनसंख्या नियन्त्रण गर्न विश्व मानवहरुलाई सचेत पनि गराउदछ।
पहिलो पटक ११ जुलाई १९९० मा शुरुवात भएको दिवसमा करिब ९० भन्दा बढी देशहरूमा चिन्ह लगाइएको थियो। त्यसबेलादेखि धेरै देशका कार्यालयहरू, अन्य संगठनहरू र संस्थाहरूले सरकार र नागरिक समाजको साझेदारीमा विश्व जनसंख्या दिवस मनाएका थिए। विश्व जनसंख्या दिवसमा विभिन्न कार्यक्रमहरू आयोजना गरिन्छन्, जसमा मानिसहरूलाई जनसंख्या वृद्धिले हुने खतराहरू विरूद्ध चेतावनी दिइन्छ।
विश्व जनसंख्या दिवसमा सचेतना फैलाउन विभिन्न सामाजिक कार्यक्रमहरू र भेलाहरू आयोजना गरिन्छ प्रतियोगिताहरू, रोड शोहरू, सडक नाटकहरू लगाएत लोक दोहोरी गीत मार्फत पनि कलाकारहरुले जनसंख्या न्यूनीकरणमा अहम भुमिका खेल्दछन । हाल चीन र भारत विश्वमा सब भन्दा बढी जनसंख्या भएको देशहरू मानिएका छन।
यस वर्ष विशेष गरी कोरोना महामारीको समयमा महिला र केटीहरूको स्वास्थ्य र अधिकारको संरक्षणमा आधारित छ। कामका महिलाहरू प्राय: असुरक्षित वातावरणमा काम गर्न बाध्य भएका छन।श्रम बजारमा पनि महिलाहरुलाई सुरक्षित वातावरणमा काम गर्ने अवसर प्राप्त छैनन। कोरोना महामारीको समयमा पनि महिलाहरु आर्थिक प्रभावबाट धेरै प्रभावित रहेका छन्। विश्वव्यापी ६० प्रतिशत महिला अनौपचारिक रूपमा श्रमको माध्यमबाट अर्थव्यवस्थामा योगदान पुर्याईरहेका छन।
वर्तमान परिप्रेक्ष्यमा बिस्वमा सबैभन्दा तिब्र रुपमा जनसंख्या वृद्धि भैइरहेको मुलुक नाइजेरिया हो, जुन २०५० सम्ममा अमेरिकालाई पछाडि पारेर तेस्रो स्थानमा पुग्ने अनुमान गरिएको छ। संसारभरि वृद्धहरूको संख्यामा निरन्तर वृद्धि भइरहेको छ। सन् १९५० मा बृद्धहरुको भन्दा युवाहरुको संख्या धेरै थियो।