नेपाली गीत सङ्गीतलाई धेरै माया गर्ने र नेपाली साहित्यमा गजल मुक्तक र मिठा भवाना लेख्ने लेखक पनि हुन पोखरा निबासी मनु शर्मा।जिवनका हरेक आरोह अबरोह पार गर्दै जिवनको संघर्ष के हो र सफल बन्न के गर्नुपर्छ भन्ने कुरा नजिकबाट बुझेकी एक अब्बल साहासी
नारी पनि हुन उनी।हर रात दिन खटेर जिवनका पुर्बार्द्धमा दुख भोगेर उत्तराद्धमा खुसी अनि परिवारको सुखका खातिर उनिले के गरिनन?
हरेक कष्टका बाबजुद पनि उनिले कहिले हारिनन हर रात हर प्रहरमा उनिलाई सपनाहरुले सुत्न दिदिनथे तर पनि काडामा टेकेर पनि सफलताको खुड्किलो चढ्दैथिइन।सोचेका सपनाहरु पूरा हुदै गर्दा उनको जिवनमा गत असार ५ गते अकल्पनीय घटना घट्यो।आकाश खस्यो धर्ती फाट्यो सबै सपना र संघर्ष सिसासरी चक्नाचुर भए।प्याराग्लाईडिङ सिक्दै गरेका २४बर्षे जेष्ठ सुपुत्र प्रभात सुवेदी दुर्घटना परे बिहान आमाको न्यानो काखबाट उठेर गएका प्रभात कहिले नफर्किने गरी गए।अब केवल सम्झना मात्र छोडेर गएका प्रभातको सम्झनामा हार्दिक स्रदान्जली स्वरुप एउटा मुक्तक आमा मनु शर्माको।
मेरो मुटु चुडी लागिस नफर्किने कस्तो बाटो!
मलाई लगे हुन्थ्यो बरु पापी दैब उस्को साटो!!
निस्टुरी दैब अर्को जुनि त मान्छे बन्नु म भाबी तेरो..
बुझ्नेछस कस्तो हुन्छ तैले सन्तान बियोगको पाटो!!!