वसन्त राज सुब्बा - महिला समाबेशी शसक्तिकरण झापा द्वारा ३ महीने निशुल्क गरगहना तालिम दिई प्रशिक्षित २२ जना महिलाहरुलाई संस्थाले प्रमाण पत्र प्रदान गरेको छ।
प्रदेश नं १ झापा निर्वाचन क्षेत्र ५(ख)अन्तगर्त प्रदेश माननीय सांसद इन्दिरा राईको सांसद विकास कोषको आर्थिक सहयोग र कमल गाउँपालिका झापाको संयुक्त आयोजनामा संचालित ३ महिने निशुल्क गरगहना तालिम कार्यक्रम सम्पन्न भएको छ।
तालीम कार्यक्रम विगत ३ महीना देखि महिला समावेशी शसक्तीकरण संस्थाले आयोजना गरेको हो भने उक्त तालिमका प्रशिक्षक प्रतिमा मगरातीले तालिम दिदै आएका थिए भने प्रशिक्षित महिलाहरुलाई कार्यक्रमका प्रमुख अतिथि तथा गाउपालिका अध्यक्ष मेनुका काफ्लेको हातबाट प्रमाणपत्र प्रदान गरिएको थियो।
कार्यक्रमको प्रमुख अतिथि कमल गाउँपालिकाका प्रमुख मेनूका काफ्लेले औपचारिक रुपमा कार्यक्रम उदघाटन गरेकि थिईन।यस संस्थाद्वारा महिलाहरुलाई स्वरोजगार बनाउन विभिन्न तालिमहरु समेत दिएको छ त्यस्तै स्वदेश तथा विदेशी नारीहरुलाई लक्षित गरी नयाँ पुस्ताहरुको चाहना बमोजिम हातैले बनाएको शिर देखि पैतला सम्मका विभिन्न आकर्षक गरगहना समानहरु पनि उत्पादन गर्दै आईंरहेको छ।
कार्यक्रमका विशिष्ट अतिथि कमल गाउँपालिकाका उपाध्यक्ष बेनु सिवकोटी अतिथिमा महिला वालबालिका शाका प्रमुख रेनुका गौतम , वार्ड ३ अध्यक्ष नर प्रसाद दंगाल , वार्ड ३ महिला कार्यपालिका सदस्य तारा बोगटी , वार्ड ३ सदस्य चक्र गुरुङ लगायतला हातबाट समेत प्रमाण पत्र प्रदान गरिएको थियो ।.
त्यस्तै गरी अतिथिहरुमा लालिमा बोडीङका फाउंण्डर गौरी मान फागो, कमल गाउँपालिका वाणिज्य उद्योग संघका वीरेन्द्र अधिकारी ,कमल आदिवासी जनजाति महा संघका अध्यक्ष छत्रमान फागो, सिने क्लिक प्रोडक्सनका बेनु राज लिम्बू लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि मेनुका काफ्लेेले बोल्दै तालीमबाट महिला दीदी बैनीहरु सक्षम, आत्मनिर्भर र उद्यमशील बन्न सीप सिक्नुपर्ने र जस्ले गर्दा मानिसले अरु संग हात जोड़नु नपर्ने बताएकी थिईन ।आफुले गरेको कार्य बाट अरुलाई पनि प्रेरित गर्न सकिन्छ र आफ्नो क्षमताको विकास गर्ने अझ यो कार्यले महिलाहरुमा साहस जगाएको बताएकी थिइन।.
कार्यक्र सहजिकरणसंस्थाका सहसचिब सेलिना राईले गरेकी थिईन।