पुनरुत्थानवादी शक्ति नेपालका प्रमुख नेता शेखर जंग रायमाझीबाट गत असार २३गते पुर्ब राजा ज्ञानेन्द्र शाहको जन्मदिनको अवसरमा शुभकामना ब्यक्त गरेका छन ।उनले "राष्ट्रिय अभिभावक, नेपाली राष्ट्रिय एकताका आधार स्तम्भ श्री ५ महाराजधिराज ज्ञानेन्द्र विर विक्रम शाहदेव सरकारको शुभजन्मोत्सवको पावन अवसरमा मौसुफको गाथमा सुस्वास्थ्य दिर्घायूको मंगलमय शुभकामना अर्पण गरेका हुन।साथै मौसुफको शालिन,धैर्यशील र सदाचारी व्यक्तित्वबाट नेपाली नेपाली बिचमा प्रेम,सद्भाव, समभाव, कायम गर्दै ,हाम्रो मुलुकको सुखद भविष्यको लागि राजा र जनताको एकाकार हुन टेवा पुगेको सबै दाजुभाई तथा दिदी बहिनीहरुले मनन गर्दै आइरहेका छौ" भन्नु भएको छ ।
उनको शुभजन्मोत्सवको उपलक्ष्यमा देशैभर हजारौ कार्यक्रम भएका थिए ।काठमाडौं भोजनगृहमा जम्मा भई नारायण हिटी सम्म बिर गोर्खालीको आयोजनामा "राजतन्त्र पुनर्बहाली र हिन्दू अधिराज्य पुनर्स्थापनाका पक्षमा ब्यापक नाराबाजी गरेका थिए, छातिमा राजारानीको तस्बिर अङ्कित टिसर्ट लगाएका युवा युवतीहरु शिक्षित र निकै संयमित देखिएका थिए।उनिहरुको राष्ट्रिय झण्डा सहितको र्याली डिल्लीबजार देखि नारायणहिटी सम्म अटुट र विशाल देखिन्थ्यो ।
र्यालीमा सन्तोष सिलवाल, सौरभ भण्डारी, नगेन्द्र देउजा, पृथ्वी श्रेष्ठ, अमृत राणा र अनिल थापा जस्ता युवाहरु अग्रपंक्तिमा थिए भने,शेखरजंग रायामाझी, अनिल योगी, बिक्रम झा जस्ता राष्ट्रवादी नेताहरुले साथ र उत्साह थपिरहेका देखिन्थ्यो ।कलाकार सुष्मिता कार्की,र मिना सुवेदी श्रृजना वाग्ले, लता बैध्य ,पुजा राणाहरुको पनि सक्रिय सहभागिता थियो ।