मुग्लानी खबर
१५ जुलाई २०१७ कतार
नबोदित साहित्यिक वाचनालय कतारले १४ जुलाई शुक्रबारको दिन सस्थाको नवौ साधारण सभा,२०३ औ भानु जयन्ति ,नबोदित कृति अवार्ड,स्रस्टा सम्मान,नियात्रा संग्रहको सार्वजनिकरण तथा अनेसास नबोदित वाचन डबली को ७१ औ श्रीन्खला गरि एकै मन्च बाट छ वटा कार्यक्रम सम्पन्न गरेको छ !
सस्थाका अध्यक्ष सीताराम थापाको सभापतित्व तथा अनेसास कतार च्याप्टरका अध्यक्ष तिर्थ संगम राईको प्रमुख आतिथ्यमा संचालन भएको उक्त कार्यक्रममा नेपाली भाषाका आदिकबि भानु भक्तको तस्बिरमा माल्यार्पण गर्दै दिप प्रज्वलन गरि उद्घाटन गरिएको थियो !
हरेक दुइ दुइ बर्षमा प्रदान गरिने नबोदित कृति अवार्डका लागि यो पटक छनौटमा परेका ६ वटा कृतिहरु क्रमश ओला,क्रेजी लब , खोटाङका गजल संग्रह,नियमा,पिडा मे परदेश र इन्द्रेणी मध्ये नियात्रा संग्रह “ओला” ले बिजेताको पगरी पाएकोले कृतिका लेखक नियात्राकार बिनोद खड्कालाई अवार्ड सिल्ड र प्रमाण पत्र प्रदान गरिएको थियो !
कतारमा रहेर नेपाली भाषा र साहित्यलाई माया गर्दै नबोदित साहित्यिक वाचनालयका हरेक गतिविधिमा सहयोग गर्दै आउनु भएका सर्जक द्वय प्रेम प्रसाद भट्टराई र भानु सुनुवारलाई सस्थाले सम्मान स्वरूप दोसल्ला र सम्मान पत्र द्वारा सम्मान गरिएको थियो भने नियात्राकार जया राई को “भर्जिनिया उल्फ र आशुका फूल “नामक नियात्रा संग्रहको पनि सार्बजिकरण गरिएको थियो !
त्यस्तै आज भन्दा झन्डै ६ वर्ष अगाडी देखी मासिक रुपमा निरन्तर संचालन हुदै आइरहेको अनेसास नबोदित साहित्यिक वाचन श्रीन्खला को ७१ औ डबली पनि सम्पन भएको छ ! ईश्वर शाही,रुप रसाइली,टिका खड्का,सन्तोष अधिकारी,बिन्दा लामा आदि लगायतका करिब एक दर्जन सर्जकहरुले आफ्ना रचनाहरु वाचन गर्नु भएको थियो !
कार्यक्रमको अन्तमा टि एन बराल निर्वाचन प्रमुख रहेको निर्वाचन टोलीले आगामी दसौ कार्यकालका लागि लेख कार्कीको अध्यक्षता १९ सदस्यीय नया कार्य समितिकीको निर्बिरोध चयन भएको घोषणा गरेको छ जसमा प्रथम उपाध्यक्ष ईश्वर शाही,दितीय उपाध्यक्ष टिका खड्का,मोबाइल पुस्तकालय संयोजक दिप मिलन,महासचिब दिलिप पराजुली,सचिब राजन लामा,कोषाध्यक्ष ईश्वर राई सह कोषाध्यक्ष चक्र कार्की छन् भने सदस्यहरुमा रुप रसाइली,बिन्दा लामा,सन्तोष अधिकारी,बसन्त भुजेल,शेखर बस्नेत,दिप प्रदिप कुमार,लिला नाथ घिमिरे,तिलु शर्मा पौडेल र जनक राज सापकोटा छन् !
कतारको प्रचण्ड गर्मिको बाबजुत पनि निमन्त्रणालाइ स्वीकार गर्दै विभिन्न संघ सस्थाहरुका प्रतिनिधि, महिला, सामजिक अभियन्ता , पत्रकार तथा थुप्रै साहित्यिक सर्जक र स्रोताहरुको उल्लेखनीय उपस्थिति रहेको सो कार्यक्रम दोहाको टपफर्म रेस्टुरेन्टको सभा हलमा संचालित उक्त कार्यकममा सस्थाका प्रथम उपाध्यक्ष लेख कार्कीले स्वागत मन्तब्य , सचिब राजन लामाले सस्थाको प्रगति विवरण , कोषाध्यक्ष दिलिप पराजुलीले आर्थिक प्रतिबेदन प्रस्तुत र कार्यक्रमको संचालन सस्थाका महासचिव दिप मिलनले गरेका थिए !