मुग्लानी खबर
15 जुलाई 2017-शनिबार
तामाङ जातिको परिवर्तन शैक्षिक तथा आर्थिक सुदृढीकरण को मुल नारा बोकि सन २००५ मा कतारमा स्थापित नेपाल प्रबासी तामाङ समाज कतारको पृष्ठभुमि र नेपालको ब्यापारी क्षेत्रमा फस्टाउदै गएको छिमेकी मार्ट लिमिटेडको परिचयात्मक का साथै सामुहिक लगानी आह्वान कार्यक्रम हिजो दोहामा सम्पन्न भएको छ।
नेपाल प्रबासी तामाङ समाज कतारका अध्यक्ष तिर्थ थिङ तामाङको सभापतित्वमा भएको उक्त कार्यक्रमको प्रमुख अतिथि नेपाल प्रबासी आदीबासी जनजाती महासङ्घ कतार का अध्यक्ष देवराज राई हुनुहुन्थ्यो भने नेपाल प्रबासी तामाङ समाजका सस्थापक अध्यक्ष सुक बहादुर तामाङ,प्रमुख सल्लाहकार थर्च लामा,बिशेष सल्लाहकार कुमार तामाङका साथै कतारमा अवस्थित विभिन्न संघ सस्थाबाट प्रतिनिधित्व गरेर आउने अथितिहरु लगाएत तामाङ तथा गैर तामाङ नेपाली दाजुभाई दिदिबहिनिहरुको बाक्लो उपस्थिति रहेको थियो।
समाजका सचिब धिरेन तामाङद्वारा संचालित उक्त कार्यक्रम दीप प्रज्वलनबाट उद्घाटन गर्दै रास्ट्र सम्मान स्वरुप रास्ट्रीय गान गाईएको थियो भने कार्यक्रमको बारेमा प्रस्ट्याउदै र सस्था सस्थापक र यहाँ सम्म डोर्याएर ल्याउन सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद दिदै उपस्थित ब्यक्तित्वहरुलाई समाजका प्रथम उपाध्यक्ष तेज मोक्तान तामाङले स्वागत गरेका थिए। सस्थाका महासचिब कमल योन्जन तामाङले नेपाल प्रबासी तामाङ समाज कतार आफ्नो जात, धर्म, सस्कृती र रितिरिवाज र रास्ट्रको औधी माया गर्ने सस्था भएको प्रस्ट्याउदै र हरेक नवीन कार्यको थालनीमा भगवानलाई सम्झिने आफ्नो परम्परागत मौलिक सस्कृती भएकोले कार्यक्रमलाई सफल बनाउन १० मिनेट आँखा बन्द गरि सबैले आफ्नो भगवानलाई सम्झेका थिए भने तामाङद्वारा बिच बिचमा दिइएको प्रबचन अत्यन्तै पृथक,सुझाबयुक्त र भावपुर्ण थियो।
आँखा खोल्दै गर्दा आङछिरिङ सेर्पाको "फुलको आखामा फुलै संसार" बोलको गीतले पूरा हल नै सुनौलो रोमन्चित र सान्त देखिन्थ्यो। कमिला र माहुरीको उदाहरण दिदै समाज किन र केका लागी भन्ने कुरा बताउदै नेपाल प्रवासी तामाङ समाज कतारले यसको अवस्यकता र महत्वलाई अंगिकार गर्दै स्थापना कालदेखी नै विभिन्न स्मरणयुक्त योगदान गर्दै आएको बताउनुभयो। तामाङ समाज कतारले स्थापना कालदेखी गरेका केहि कार्यहरु:-
प्रवासमा रहेर पनि तामाङ जातीको मौलिक धर्म सस्कृती,सस्कार,लिपि भेषभुसा,र परम्पराको संरक्षण र विभिन्न सास्कृतिक कार्यक्रमहरु गर्दै २८४२ देखी अहिले सम्म नियमित सोनाम ल्होछार मनाउनुका साथै नेपालका विभिन्न तामाङ समाजमा सोनाम ल्होछार कार्यक्रम मनाउन समर्थन तथा आर्थीक सहयोग ।
# कतारमा रहेका विविन्न सङ्घसस्थाहरुसँग हातेमलो गरी २५५२ औं बुद्धजयन्ती समारोह सम्पन्न गर्दै दोहामा रहेका संघ सस्थाहरु सङ्ग सहकार्य र निरन्तरता।
#एस.एल.सी.मा उत्कृष्ट अङ्कसहित उत्तीर्ण हुने विद्यार्थीहरुलाई शैक्षिक सहयोग तामाङ समुदायको शैक्षिक शुदृढिकरणको लागि शैक्षिक विकास कोषको स्थापना।
# तामाङ तथा गैर तामाङ र जनजाती समुदायमा भैपरिआउने दुर्घटना,प्राकृतिक विपत्तीहरु बाढि पहिरो, भूकम्प पिडित र विभिन्न रोगबाट ग्रसित विरामीहरुका लागी समेत राहत तथा उपचारार्थ लाखौ नगद सहयोग ।
# सार्वजानिक भवन,स्कूल,सडक,गुम्वा जस्ता भौतिक संरचना निर्माण जस्ता शुभकार्यहरुमा आर्थीक सहयोग ।
# तामाङ तथा गैर तामाङ र जनजाती समुदायका विभिन्न व्यक्तीहरु खेलाडी, कलाकार,समाजसेवी, नेता, ब्यबसायी र पत्रकार हरु सङ भेटघाट र नगद पुरस्कारद्वारा सम्मान जस्ता थुप्रै कार्य गर्दै आएको बताउनु भयो।
शैक्षिक र आर्थिक सुदृढीकरण गर्न आर्थिक रुपमा बलियो नभए असम्भव हुनेहुदा तामाङ समाजमा आवद्ध बरिस्ठ ब्याक्तित्वहरुबाट नै सन २०१२ मा छिमेकी मार्ट लिमिटेडको सुरुवात गरिएको थियो । आज तामाङ समाजको सुझाब सल्लाह र आबद्धता बिना छिमेकी मार्ट लि.को परियोजना असम्भव थियो भन्दै तामाङ समाजको छिमेकी मार्ट संगको सम्बन्ध सब्दमा वर्णन गर्न नसकिने र साथ सहयोग सदाबहार रहेको र रहने बताउदै अब तेस्रो प्रोजेक्ट मेगा भिजन ल्याउन सम्म सफल भएको मार्टका सन्चालक सदस्य तथा मेगा भिजनका प्रोजेक्ट म्यानेजर नर बहादुर घिसिङले जनाउनुभयो।उहाँले सम्पुर्ण नेपालीहरुमा करोडौंको लगानीमा हुन लागेको यो प्रोजेक्टमा सामुहिक लगानी गरि आर्थिक उन्नतीमा लाग्न आह्वान समेत गर्नुभयो। समाजका विशेष सल्लाहकार कुमार तामाङले समाज र छिमेकी मार्टको सम्बन्ध नङ र मासु रहेकोले अझै सम्बन्धको सहकार्यमा उचाई बढ्ने बताउनुभयो त्यसैगरी छिमेकी मार्टका चेयरमेन शंखलाल तामाङले छिमेकी मार्टको सुरुवात देखि भए गरेका संघर्ष चुनौती भैइरहेका गतिविधि र प्रगति नेपालमा साखा बिस्तार देखि भाबीयोजना सम्मका कुराहरु खुलस्त पार्नुभएको थियो।
सबैले सपना देख्नु पर्ने र देखेपछी मात्र वास्तविक जिवनमा उतार्न सकिने बताउनुभयो । नेपालमा धेरै क्षेत्रमा सम्भावना रहेको र अरुसंग पनि त्यस्ता लाभदायिक भिजन भए सहकार्य साथ सहयोग र सुझाव लागि छिमेकी मार्ट सधै अगाडि रहने बताउनुभयो । नेपाली महिला समाज कतार की महासचिव अम्बिका खत्रीले कतारमा पचास भन्दा बढी सस्था देखेको भएपनी यो सस्था अरुभन्दा फरक रहेको र यसले गर्दा नेपालमा आर्थिक उन्नतिका साथै देशमा स्वरोजगारको अवसर समेत सृजना गर्ने बताउनुभयो । महिला समाज कतारलाई बिगतका दिनमा विभिन्न समयमा गरेको साथ सहयोग र योगदानको लागि धन्यवाद दिदै सामान्य साक्षरले पनि बुझ्ने गरि मेगा भिजनको आह्वानपत्र नेपाली स्क्रीप्टमा समेत प्रीन्ट गर्न सुझाव दिनुभएको थियो।
त्यसैगरी भुजेल समाज कतारका अध्यक्ष नियम भुजेलले तामाङ समाजको नारालाई यो प्रोजेक्टले न्याय दिलाएको र आफू स्वयम पछि परेकोमा पश्चाताप गर्दै अब आउदै गरेको मेगा प्रोजेक्टमा सम्लग्न हुन इच्छुक रहेको बताउनुभयो र नेपाल प्रबासी आदिवासी जनजाती महासङ्घ का प्रमुख सल्लाहकार सियाराम चौधरीले मानिस सर्बश्रेष्ठ प्राणी भएकोले उदेश्य लिएर आफू मात्र होइन अरुकोलागी पनि बाच्नुपर्ने बताउनुभएको थियो।
कार्यक्रमका प्रमुख अतिथी देवराज राईले नेपाल प्रबासी तामाङ समाजका हरेक गतिबिधी प्रति खुसी ब्यक्त गर्दै समाजले समाज निर्माणका लगातार परिकल्पना गर्दै सफलता हासिल गर्दै आएको र अब शिक्षा क्षेत्रमा अलि बढी फोकस गर्नुपर्ने साथ साथै पहिचान प्राप्तीको राजनितिमा अग्रसरता हुन जरुरी रहेको बताउदै अन्य संघ सस्था बिच पनि यस्ता परिचयात्मक कार्यक्रम गरि भाईचारा सम्बन्ध बिस्तार गर्नुपर्ने आवस्यकता रहेको बताउदै आफू पनि मेगा प्रोजेक्टमा सामेल हुने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो।
अन्त्यमा कार्यक्रमका सभापति तिर्थ थिङ तामाङले तामाङ समाज र छिमेकी मार्टको सम्बन्धको बारेमा बताउदै छिमेकी मार्ट पुर्ब मेची देखी पश्चिम् महाकाली सम्मका नेपाली दाजुभाई दिदिबहिनिहरुको साझा सस्था मात्र नभई भेट हुने चौतारी समेत रहेको बताउभयो । कार्यक्रम अत्यन्तै सफ़ल रहेको र सफल पारीदिनको लागि उपस्थित सम्पुर्णमा धेरै धेरै धन्यवाद दिदै कार्यक्रम समाप्त भएको घोषणा गर्नुभएको थियो।
[caption id="attachment_3213" align="alignnone" width="750"]
थप तस्विरहरु [/caption]
[caption id="attachment_3217" align="alignnone" width="768"]
R[/caption]