राजेश प्रसाईं `बिद्रोही´- नेपालमा नोभेल कोरोना भाइरस Covid 19 दिन प्रतिदिन व्यापक रूपमा वृद्धि भई रहेको छ ।
विभिन्न राष्ट्रहरूमा कामदारको रूपमा भनौं या पठन,पाठन ब्यावसाय गर्नको निम्ति विश्वका कुना कुनामा नेपाली नागरिकहरू छरिएर बसोवास गरि रहेका अाम जनताहरू माहामारीकै कारण स्वदेश फर्किन इच्छुक भएका छन । मृत्यूवरण गर्नु परे पनि जन्म भूमिमा परिवारको समीप गएर मर्ने इच्छा हरेक नेपालीमन मष्तिकमा ताजै छ ।
हालै नेपाल सरकारद्धारा उद्धारको रूपमा चर्को भाडादर तोकेर विभिन्न देशमा रहेका नेपाली राजदुतावासको सहकार्यमा हिमालयन एयर लायन्स र नेपाल एयर लायन्स मार्फत स्वदेश फिर्ता लैजाने क्रम जारी नै छ । जसको परिणाम नेपाल सरकारले बेलैमा बिचार पुर्याएर ध्यान नदिए राष्ट्रमा ठूलो क्षति ब्यहोर्नु पर्ने प्रष्ट देखिन्छ । बैदेशिक रोजगारबाट उद्धारका रूपमा घर फर्किने दाजुभाई दिदी बहिनिहरुले पनि अाफू लगायत घरपरिवार अाफन्त र छरछिमेकिको भलोको निम्ति नियम पालन गर्न पनि अति अावश्यक देखिन्छ जसका कारण रोग सर्नबाट बचाउँन सकिन्छ ।
नेपाल सरकारको निर्णय बमोजिम बैदेसिक रोजगारीबाट नेपाली राजदुतावास मार्फत गरिएका निर्णय बमोजिम Rapid screening text रिपोर्ट नेगेटिभको मेडिकल प्रमाण पत्र अनिवार्य साथमा लिएर जानेलाई कोरोना संक्रमित नभएको पुष्टि गर्दै स्वदेश फर्काउनु देशमा माहामारी तिब्र रूपमा फैलाउन सहयोग गर्न बाध्य बनाउनु हो । किनकि Rapid screening text नेगेटिभ देखिए पनि तत्काल PCR चेक गराउँदा कोरोना पोजेटिभ देखिएको थुप्रै अनुभवि कोरोना पिडितहरूले जानकारी गराएका छन ।
नेपाल सरकारले विभिन्न देशहरूबाट उद्धार गरेका दाजु भाईहरू तथा दिदी बैनीहरूलाई त्रिभुवन विमान स्थलमा प्रत्येक ब्याक्तिलाई स्वाब जाँच गरेर मात्र बाहिर निस्किने प्रावधान मिलाउन अति अावश्यक देखिन्छ भने स्वाब जाँच रिपोट नअाइन्जेल सम्म सुरक्षित गुप्तवास राख्नु पर्ने हुन्छ । जब रिजल्ट अाउछ त्यसका अाधारमा पोजेटिभ हुनेलाई अस्पताल भर्ना र नेगेटिभ हुनेलाई अा-अाफ्नै प्रदेस सरकारलाई जिम्मा लगाई गाउँपालिका तथा नगरपालिकाले गुप्तबास राखेर नियम पूर्बक छोडेमा संक्रमण न्यून हुने संभावना देखिएको हो ।
विश्व माहामारीलाई जति सक्दो चाँडो न्यूनिकरण गर्न सबै निकायहरूको साथ समर्थनका साथ स्वास्थ्य कर्मीहरूलाई सुरक्षाकोलागि उचित PPEको कमि हुन नदिई विरामीहरूलाई उद्धारणिय काम गर्न नेपाल सरकार स्वास्थ्य मन्त्रालयले व्यावस्ता गरि नेपाल अधिराज्य भर कोरोना लागेका विरामीहरूको सेवा गर्न निडरका साथ चिकित्सकहरूले मृत्युदरलाई कम गराई उचित स्वास्थ्य उपचार अाम जनताले पाउने छन । त्यसैले व्याक्तिगत रुपमा खोलिएका अस्पतालहरूलाई पनि माहामारीको अवधीभर सरकारी करण गरि निशुल्क उपचार गर्न र गराउन अति अावश्यक देखिएको छ ।