आज जुलाई २ तारिख एक बिश्वभरिका पत्रकारहरुको लागि बिशेष दिन हो।सन १९९४ देखि मनाउदै आएको यो दिवस मुख्यतः आफ्नो ज्यानको बाजि राखेर पनि खेलकुद सम्बन्धि बिश्वभरीका दृश्यहरुलाई जस्ताको तस्तै प्रेषित गर्ने आम खेलकुद पत्रकारहरुको सम्मानमा मनाउन थालिएको हो।कतिपय पत्रकारहरु यो कठिन परिस्थितिमा पनि आफ्नो पत्रकारिताको धर्म निर्बाह गर्दैगर्दा दिबङ्गत हुन पुगेका छन हो तिनै पत्रकारहरुको सम्झनामा समेत यो दिवस मनाईन्छ।
हामीहरु बिश्वभरीका विभिन्न खेलकुद भिडियोहरु हेर्छौ,ताली बजाउछौ रमाउछौ सिटि बजाउछौ सुस्केरा हाल्छौ,कहिलेकाही बाजि लगाउछौ तेरो मेरो पक्ष र विपक्षमा झडप हुन्छन घाईते हुन्छन।हामिले यो पनि देखेका छौ कि आफ्नो पक्षको हार भएपछी टिभी फुटाउने समेत गरेका हर्कत देखेका छौ।
विभिन्न देशका चर्चित र ख्यातिप्राप्त खेलाडीहरुका नाम गर्छौ र ती खेलाडीहरुका फ्यान भएका छौ,उनको नाममा बनाईएका टिसर्ट,जर्सी हरु लगाउछौ,देख्यो भने सजिलै पहिचान गर्छौ त्यसको मुख्य कारण भनेकै खेलकुद पत्रकार हुन।उनिहरुको कठिन परिश्रम र मिहिनेतले नै आम विश्व दुनियाँले चिनेका छन।त्यही देश दुनियाँमा समाचार भिडियो फोटोहरु सम्प्रेषण गरि बिस्वमाझ पुर्याउने आफ्नो ज्यानै जोखिम र हत्केलामा राखेर कठिन कार्य गर्ने ती महान पत्रकारहरुको हक हित,ईमान्दारीता,ब्यबसायिकता र सुरक्षा र आत्मासम्मानका लागि यो दिवस मनाईन्छ।
बिश्वमा हामी सवैको सबैभन्दा ठुला रोचक खेलहरु बिस्वकप फुटबल,क्रीकेट, टेबुल टेनिस , भलिबल, जुडो , कराते लगाएतका खेलका हामी ठुला फ्यान हौ।जुन खेलहरुलाई बिना कमि कमजोरी जस्ताको तस्तै लाईभ प्राशारण यिनै पत्रकारहरुको योगदान हो।जस्ले गर्दा खेलकुदले विश्व ब्यापी रुपा संरक्षण सम्बर्द्धन र प्रबर्द्धन गर्न टेवा पुर्याएको छ।यी पत्रकारहरुका आउँदा दिनको भबिस्य उज्ज्वल रहोस हाम्रो पनि शुभकामना ब्यक्त गर्दछौ।
बिगतका बर्षहरुमा यो दिवस विभिन्न कार्यक्रम गरेर मनाईन्थ्यो तर यो बर्ष भने बिस्वमहामारी कोरोना भाईरसका कारण बिभिन्न दिवस लगाएत यो दिवस पनि सुनसान भएको पाईन्छ।