बसन्त राज सुब्बा / झापा
आज मिति २०७७ असार १६ गते झापाको सदरमुकाम भद्रपुरमा जनता समाजवादी पार्टीले नागरिकता विधेयकको विरोधमा बृहत जुलुस प्रदर्शन गरेको छ ।
आजै नागरिकता विधेयकको विरोधमा राजपाले देशव्यापी रूपमा विरोध प्रदर्शन गरिरहेको छ ।
पार्टीको केन्द्रीय निर्देशन अनुसार जनता समाजवादी पार्टी झापाले विरोध जुलुस प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय झापामार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।
पार्टीमा आवद्ध कार्यकर्ताहरूले भद्रपुर स्थित ट्रेड युनियन चोकमा भेला भएर विरोध जुलुस सहित प्रशासन कार्यालय पुगेर झापा राजपा जिल्ला अध्यक्ष अनुतसिंह राजवंशी र सपा जिल्ला अध्यक्ष देपेनवाला राईले प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरलाई ज्ञापनपत्र बुझाएका थिए ।
ज्ञापनपत्र बुझाए पश्चात् आयोजित कोण सभामा राजपा पार्टीका केन्द्रीय उपाध्यक्ष बिश्वानन्द राजवंशीले कोणसभा लाई सम्बोधन गर्दै उनीहरूले राज्यले नागरिकहरुलाई कुनै पनि बहानामा नागरिकता विहीन बनाउन नहुने बताउँदै यो विभेदकारी नागरिकता विधेयक तुरुन्त फिर्ता गर्न लिन आग्रह गरे, साथै महिला हिंसा बन्द गर , काला बजारी बन्द गर , शिक्षा ,स्वास्थ्य निशुल्क गर , रुकुम हत्याकाण्डको दोषीलाई कार्वाही गर जस्ता नारा समेत लगाएका थिए ।
समाज बादीका केंद्रीय सदस्य भक्त खेवाङ ,राजपा केंद्रीय सदस्य त्रिनारायण राजवंशी,समाजवादी पार्टी प्रदेश १ अध्यक्ष प्रबीन चाम्लिंङ , समाजवादी झापा अध्यक्ष दिपेन बाला राई लगायतले बोलेका थिए । साथै प्रदेश १ राजपा युवा अध्यक्ष रोसन लिम्बु , राजपा झापा युवा अध्यक्ष हेमराज श्रेष्ठ लगायत केंद्रीय देखि नगर , गा.पा सम्ममा जनता समाजवादी पार्टी नेता कार्यकता समेत उपस्थित रहेका थिए ।
राजपा जिल्ला अध्यक्ष अनुतसिंह राजवंशी र सपा जिल्ला अध्यक्ष देपेनवाला राईले संयुक्त रूपमा अध्यक्षता गरेको कार्यक्रममा संचालन राजपा जिल्ला सचिब देवेन्द्र किशोर ढुंगाना गरेका थिए ।