बसन्त राज सुब्बा / झापा
प्रदेश न.१ आन्तरिक मामिला तथा कानून मन्त्री हिक्कमत कार्कीले पेश गर्नु भएकाे निर्बाचन क्षेत्र न.५ ( क) काे लागि 0७६/0७७ बिनियाेजित सांसद बिकास काेषकाे बजेटमा कमल गाउपालिकाकाे संयोजनमा कमल महिला उपभोक्ता समितिकाे याेजनामा कलम गाउँपालिका वार्ड नं ४ ज्योति आधारभूत स्कूलमा आज मिति २०७७ असार १२ गते सो कार्यक्रम लक्ष्मी कुमारी अधिकारीको अध्यक्षता महिला लैगिक हिंसा विरुद्धको सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि कमल गाउँपालिकाका प्रमुख मेनुका काफ्ले विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष बेनु सिवकोटी,कमल गाउँपालिका कार्यपालिका का सदस्य सीता निरौला र ज्योति आधारभूत स्कूलका पूर्व प्र.अ. याम नाथ दंगाल लगायतको उपस्थित रहेको थियो ।
भने प्रमुख अतिथि मेनुका काफ्लेले बोल्दै कमल महिला उपभोक्ता जून समितिले ल्याएको कार्यक्रमहरु धेरै राम्रो रहेको बताइन । उन्ले काम गर्दै जादा कुनै कुराहरु कमीकमजोरी भएमा प्ररष्ट पार्नु पर्नेमा जोड दिइन ।
महिलाहरु अघि बढ़नु पर्दछ पुरुष र महिला बीच बिभेद हुनु हुदैन , महिला पनि अवसर पाएको खण्डमा आफ्नो जिम्मेवारी बहन गर्न सक्दछन् । सामाजिक, आर्थिक राजनीतिक रूपमा महिलालाई पनि अवसरहरु प्रदान गर्नु पर्दछ र यो अवसरलाई चिनेर अघि बढ़नु पर्दछ भन्ने कुराहरु पनि गाउँपालिकाका अध्यक्षले बताएइन ।
यस महिला उपभोक्ता समितिमा ९ सदस्य रहेका छन र पिछडीएको महिलाहरुलाई घरेलु हिंसा नहोस भनि कानूनी परामर्शको लागि कमल गाउँपालिका का ७ वटै वार्डमा समिति बनाउदै हाल ३ वटा समिति गठन गरी कार्यक्रम गर्दै आएको छ ।
यस कार्यक्रममा प्रशिक्षक देबेन्द्र भण्डारी र देवि निरौलाले महिला लैगिक हिंसा विरुद्ध बारे पनि आफ्ना भनाई राखेका थिए ।
कार्यक्रम संचालन कमल उपभोक्ता समितिका सचिब शान्ता उप्रेती दाहालले गरेका थिए ।